बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

ब्रोइलर कुखुरा पालन व्यवस्थापनमा ध्यान दिनुपर्ने प्राविधिक पक्ष

बुधबार, माघ १० २०८०
106 views
ब्रोइलर कुखुरा पालन व्यवस्थापनमा ध्यान दिनुपर्ने प्राविधिक पक्ष

समाचार शेयर गर्नुहोस्

Share this news

पन्छीपालन व्यवसाय विगत तीन दशकदेखि व्यवसायीकरणतर्फ उन्मुख हुँदै गइरहेको छ । यस व्यवसायले बजार, बिजुली, यातायात जस्ता पूर्वाधार विकास भएको क्षेत्रहरूमा उद्योगको रूप लिइसकेको छ, तर नेपाल कुखुरा व्यवसाय विभिन्न चुनौती र अप्ठ्यारोको सामना गर्दै अगाडि बढी रहेको छ । यथार्थ, हामीसामु विद्यमान छ र नेपाल सरकारबाट पोल्ट्री क्षेत्रको विकासका लागि स्पष्ट नीति र कार्यान्वयन नहुँदा व्यावसायीहरू चिन्तित बनेको देखिन्छ ।

समय समयमा कुखुरामा देखापर्ने रोगहरू, आइपर्ने समस्याहरूको उचित सम्बोधन नहुँदा यस व्यवसायको भविष्य अन्यौल हुने विश्लेषण पनि गरिन्छ । कुखुरापालन व्यवसायबाट मनग्य आम्दानी पनि गर्न सकिन्छ तर कमजोर व्यवस्थापन, गुणस्तरीय दाना उपलब्ध नहुँदा, कुखुुरापालनसम्बन्धी उचित पर्याप्त जानकारी नहुँदा थप चुुनौतीको सामना कृषकले गर्नु परेको छ । यहाँ कुखुुरापालन गर्दा आवश्यक पर्ने व्यवस्थापन र पोषणसम्बन्धी प्राविधिक पक्षलाई बुँदागत रूपमा चर्चा गर्ने जर्मर्को गरेको छु ।

१. खोरको व्यवस्थापन

– कुखुरापालनको लागि खोरको छनोट जनघनत्व भएको भन्दा कम्तिमा ३ कि.मि. टाढा, बिजुली, बाटो, पानीको उपलब्धता, पानी नजम्ने ठाउँ रोज्नुपर्छ ।

– खोरको लम्बाइ पूर्व पश्चिम र मोहडा उत्तर दक्षिण गर्ने गरी बनाउनुपर्छ ।

– खोरको निर्माण प्राविधिकको सरसल्लाह बमोजिम बनाउनु पर्दछ । कुखुराको सङ्ख्याको आधारमा लम्बाई बनाए पनि चौडाइ भने ३२–३४ फिट भन्दा बढी हुनु हुँदैन ।

ब्रोइलर कुखुराको खोप

चल्लाको उमेर खोपको नाम खोप लगाउने तरिका
१ दिनमा मेरेक्स छालामा
२ दिनमा क्ष्द्यज्ज्ञद्दण् आँखामा
७ दिनमा ँज्ञरद्यज्ञ आँखामा
१४ दिनमा गम्वारो इन्टरमिडियट आँखामा
२१ दिनमा गम्वारो इन्टरमिडियट प्लस पानीमा
२८ दिनमा लासोटा पानीमा
– जैविक सुरक्षाको उपायहरू अपनाउनुपर्छ ।
– सापेक्षित आद्रता बढी भएमा श्वास प्रश्वास सम्बन्धी
समस्या हुन सक्छ त्यसैले कुखुरा खोरको आद्रता ६०–८०
प्रतिशत बिचमा कायम गर्नुपर्छ ।
२. पानीको व्यवस्थापन
– पानीको आवश्यकता र बाहिरी वातावरणको तापक्रम
अन्तर सम्बन्धित छ ।
– पानी फोहोर वा जिवाणुको मात्रा बढी भएमा औषधी
जस्तै सो क्रेना, किलिन ट्यावबाट पानी उपचार गर्दा
रोगको सङ्क्रमण गर्ने काम गर्दछ ।
– पानीको गुणस्तर नियमित रूपमा कल्चर गरेर चेक
गर्नुपर्दछ ।
– पानीको शुद्धिकरण नियमित रूपमा गर्नुपर्दछ । पानीमा
भ्याक्सिन दिँदा पानी शुद्धिकरण गर्नहुँदैन ।
– २४ सै घण्टा सफा पानीको व्यवस्था हुनुपर्दछ । सकेसम्म
एक हप्ता पानी उमालेर खान दिए अति उत्तम हुन्छ ।
३. दानाको व्यवस्थापन
मासु उत्पादन गर्ने कुल लागतको ६०–७० प्रतिशत हिस्सा
दानाले ओगटेको छ । त्यसैले दानाको उचित व्यवस्थापन
गर्न जरूरी छ ।
– यदि दानामा क्यालोरीको मात्रा बढि भएमा मासुमा बोसो
लाग्ने र शारीरिक वृद्घिदर पनि कम हुन्छ ।
– दानाको भण्डारण गर्दा सुख्खा र घाम पानी नपने ठाउँमा
गर्नुपर्दछ ।
– गर्मी समयमा दाना कम खाने भएकाले पौष्टिक तत्व पुग्ने
गरी बनाइएको दाना दिनुपर्दछ ।
– दाना एकचोटी सिद्धिसकेपछि अर्कोचोटी हाल्दा दानाको
भाँडो सफा गरेर मात्र हाल्नुपर्दछ ।
– एक दिनदेखि १४ दिनसम्म, द्यय दाना १४ देखि २८ दिन
सम्म, द्यज्ञ दाना २८ दिनदेखि ४२ दिनसम्म, द्यद्द दाना
४२ दिन पश्चात् द्यघ दाना खुवाउनु पर्दछ ।
– कुखुराको दाना बनाएको ३ दिनदेखि ५ दिन सम्म स्टोर
गर्न सकिन्छ तर लामो समयसम्म स्टोर गर्दा ढुसी लाग्ने
हुनाले कुखुरालाई ऋग क्य द्ध ज्ञनm प्रति ५ लिटर पानीमा
राखेर ५ दिनसम्म दिन सकिन्छ ।
४. सोत्तरको व्यवस्थापन
– सोत्तर सुकेको, ढुसी, किरा, कमिला नलागेको हुनुपर्दछ ।
– सोत्तर ८ इन्च भन्दा बाक्लो हुनुहँुदैन ।
– कुखुराको सोत्तर राम्रो बनाउनको लागि समय समयमा
चुना र विलिचिङ्ग पाउडरलाई ५ः१ को अनुपातमा
चलाउनु पर्दछ ।
– हप्ता हप्तामा सोत्तरलाई निसङ्क्रमणको औषधी प्रयोग
गर्नुपर्दछ ।
५. भेन्टिलेसनको व्यवस्थापन
– कुखुरालाई सफा र ताजा हावा उपलब्ध गराउनको लागि
भेन्टिलेसनको उचित व्यवस्था मिलाउनुपर्छ ।
– एउटा २ के.जी. तौल भएको स्वस्थ पोथीले २४
घण्टामा ५२ लिटर कार्बनडाइअक्साइड फाल्दछ । त्यसै
ले कुखुरा खोरभित्र सजिलैसँग हावा ओहोरदोहोर हुने
ठाउँ बनाउनुपर्दछ ।
– कुखुरा खोरको पर्दा खोल्दा उत्तर, दक्षिण दिशाको दुवैतर्फ
समान उचाइमा खोल्नुपर्दछ ।
– हुरी बतास लाग्दा खोरको पर्दा लगाउनु पर्दछ ।
प्रकाशको व्यवस्थापन
– दिनमा २२÷२३ घण्टा खोरभित्र उज्यालोको व्यवस्था
मिलाउनु पर्दछ ।
– प्रकाश दिँदा खोरको जुनसुकै कुनामा बसेर पनि पत्रिका
पढ्न सक्ने उज्यालो हुनुपर्दछ । जानकारीको लागि
४० वाटको बल्भ भुईँको सतहबाट ६ देखी ७ फिटको
उच्चाइमा राखी १० फिटको फरकमा राखी आवश्यक
प्रकाश हुनुपर्दछ ।
७. कुखुराको व्यवस्थापन
– चल्ला खोरमा ल्याउने बित्तिकै चिकगार्ड राखी गोलो
बनाएको ठाउँमा राख्ने र चिनी वा इलेक्ट्रोकेयर १ ग्राम
प्रतिलिटर पानीमा राखेर दिने ।
– दोस्रो दिनदेखि हल्का औषधी र भिटामिन दिनुपर्दछ ।
– चल्ला र ग्रोअरको दानामा रातो छेर्ने रोग ऋयअअष्मष्यकष्क
विरुद्ध औषधी राख्ने र नियन्त्रण हुन नसकेमा पानीमा औ
षधी दिनुपर्दछ ।
– कुखुरा एकैनासको बनाउनको लागि कुखुराको वजन
लिनुपर्दछ । वजन कम वा बढी भएकोलाई ग्रेडिङ्ग गरी
कम वजन भएको लाई वजन बढाउने औषधि र धेरै
मात्रामा दाना खुवाउनुपर्दछ ।
– कुखुरालाई समय समयमा कलिङ्ग वा छनौट गदैर्
 जानुपर्दछ ।

थप समाचार