बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

बिना खनजोत गहुँ खेती लगाउने प्रविधि

शुक्रबार, माघ ५ २०८०
29 views
बिना खनजोत गहुँ खेती लगाउने प्रविधि

समाचार शेयर गर्नुहोस्

Share this news

बिना खनजोत गहुँ खेती भन्नाले धान काटिसकेपछि जग्गा नजोति कुनै ट्याक्टरबाट चल्ने जिरो टिलेज मेसिनबाट (चित्रमा जस्तै) सिधैँ लाइनमा गहँु छर्ने प्रविधि हो । यस प्रविधिबाट गहुँ लगाउँदा जिरो टिलेज मेसिनसँगै जोडिएको फालीले माटोमा चिरा पादै उक्त मेसिनसँगै बाक्सामा राखिएको मल तथा बीउ तथा मलको मात्रा मिलाउन सक्ने हुनाले आवश्यक मात्रामा मल बिउ लाइनमा खसाउन सकिन्छ । जसले गर्दा मल, बिउ खेर जाँदैन र बाली एकनाशले उम्रन्छ ।

बिना खनजोत गहुँ लगाउँदा फाइदाहरू

 जमिन तयारी गर्दा लाग्ने खर्चको बचत साथै मलखाद र बीउको पनि राम्रो सदुपयोग हुन्छ ।

 बढी चिसो भईसमय मै जोत्ने नसकी गहुँ ढिलो लगाउनुपर्ने जग्गामा यस प्रविधिबाट समयमै गँहु लगाउन सकिन्छ । जसले गर्दा उत्पादनमा वृद्धि हुन्छ ।

 पहिलो सिंचाईको बेला जोतेर छरेको खेतमा भन्दा बिना खनजोत गरिएको खेतमा कम पानी लाग्छ । साथै चिम्टा्यारइलो माटोमा पानी लगाइसकेपछि गहुँको पात पहेँलिने समस्या कम हुन्छ ।

 गहुँ समयमै छन सकिने हुँदा , गहुँ पाक्ने समयमा पश्चिामी तातो हावाको असरले दाना चाउरिनबाट जोगिन्छ र उत्पादन बढ्छ ।

 कम जोताई हुने र इन्धन कम लाग्ने हुनाले वातावरण कम प्रदुषण हुन्छ ।

विना खनजोत गहुँ खेती गर्दा ध्यान दिनुपर्ने कुराहरु 

जग्गाको छनोट : यस प्रविधिबाट गहुँ लगाउँदा जमिनमा प्रशस्त चिस्यान हुनुपर्दछ । ट्रयाक्टरको पांग्रा नचिप्लने वा नधसिने भएमा बढी चिस्यान भएपनि गहुँ लगाउन सकिन्छ । खेत सम्म परेको र झारपातरहित हुनपर्दछ ।

बीउको छनोट : सकेसम्म उन्नछत जातको सिफारिस बीउ भरपर्दो निकायबाट किनेको हुनुपर्दछ । बीउ एकनाशको, झारपातको बीउ नमिसिएको, रोगकिराबाट मुक्त हुनुपर्दछ । उपचार गरिएको बीउ मात्र प्रयोग गर्नुपर्दछ ।

मलको छनोट : जिरो टिलेज मेसिनबाट डि.ए. पी. मल मात्र छर्न सकिन्छ । धुलो भएको डि.ए.पि मल मेसिनमा प्रयोग गर्नु हुदैन । अन्यथा खेतमा मल एकनाशले पदैन र उत्पादनमा असर पुग्छ । अन्य मलहरु जस्तै गोठेमल, युरिया र पोटास हातले छर्नुपर्दछ ।

बीउ र डि.ए.पी. को दर मिलाउने ( क्यालिबे्रशन ) : जिरो टिलेज मेसिनबाट गहुँ तथा डि.ए.पी मल झार्ने दर मिलाउने सिडड्रिलबाट पहिले बीउ र मल झारेर हेर्नु पर्दछ । सामान्यतया एक कठामा ५ किलो बीउ ,३ – ३.५ किलो डि.ए.पि पर्ने गरि मेसिनलाई सेट गर्नुपर्दछ । ठूलो दाना हुने गुहँको जातमा भने ५ – ६ किलो प्रति कठामा बीउ आवश्यक पर्दछ ।

बीउको गहिराई तथा लाइनको दूरी : माटोमा बीउ उम्रनका लागि आवश्यक चिस्यान हुनुपर्दछ । खेतमा प्रशस्त चिस्यान भएमा (टेक्दा पाइलाको डाम बस्ने हुुनुपर्दछ) करिब १ इन्च र कम चिस्यान छ भने २ इन्चसम्म गहिराइमा बीउ छर्नुपर्छ । धेरै गहिरोमा गहुँ छरेमा बोट मसिनो हुने र गाँज कम लाग्छ । एक लाइन देखि अर्को लाइनको दूरी २० सेमि हुनुपर्दछ ।

नोट : गहुँ छरिसकेपछि पाटा लगाउनु हुदैन ।

मलखाद व्यवस्थापन : एक विघामा ७ किलो डि.ए.पी १२० किलो यूरिया र ५५ किलो पोटास मल छर्नु पर्दछ । बिना खनजोत गरिएको खेतमा गुहँ छर्ने बेलामा यूरिया छर्दा नोक्सान हुने भएकाले गहुँ छरेकोे २० देखि २५ दिनमा दोश्रो पटक प्रति कठा ३÷३ किलोका दरले छर्नुपर्दछ । पोटासको पुरे मात्रा गहुँ जर्ने समयमा खेतमा छर्नु पर्दछ । प्रांगारिक मल प्रशस्त मात्रामा हालेको भए रासायनिक मलको मात्रा घटाउन सकिन्छ ।

झारपात व्यवस्थापन : विना खनजोत छरिएको गहुँमा बढी मात्रामा झारको समस्या देखिएमा झारको किसिम हेरी विषादी प्रयोग गर्न सकिन्छ । चौडापाते झार जस्तैः बेथे, सत्यानाशी बढि देखिएमा २, ४ डी सोडिएमा साल्ट (१० प्रतिशत ) २० लिटर पानीमा ४० ग्राम विषादि मिसाई धोल तयार पार्ने र गँहु छरेको ३० देखि ३५ दिनभित्र एकनाशले विषादि छर्नु पर्दछ ।

करिब २० लिटरको घोलले १ कठ्ठालाई पुग्दछ । साँघुरो पाते झार जस्तै गहुँको मामा (रगते झार) र जंगली जै नियन्त्रणका लागि लिडर (सल्फोसल्फयूरान ७५ डव्लु जी) विषादि प्याकेटमा दिएको निर्देशन बमोजिम छर्नुपर्दछ । मामा झारको समस्या बढी देखिने ठाँउमा सट्टा अन्य बालीहरु जस्तै मुुसरो, आलु, तोरी सस्यूँ आदि फेरेर लगाउँदा अर्को सिजनमा समस्या कम भएर जान्छ ।

नोट : यस प्रविधिबाट गहुँ लगाउँदा गहुँको मामा र बेये झारको प्रकोप कम हुन्छ ।

सिंचाई व्यवस्थापन : सामान्यतया गहुँ २० – २२ दिनमा पहिलो सिंचाई गर्नुपर्दछ । तर बिना खनजोत गरिएको जमिनमा पर्याप्त छ चिस्यान छ भने २० – २२ दिनमा पानी दिनु पदैन । चिस्यान भएको बेला सिंचाई गर्दा मल गहुँ पहेलिन्छ । सिचाई नगरे पनि यूरिया मल भने छर्नु पर्दछ ।

सिंचाई सुविधा उपलब्ध भएसम्म हलुका माटो भएको खेतमा गहुँ छरेको ४० – ४५ दिनमा दोश्रोपटक र बाला पसाउनु भन्दा तेश्रो पटक सिंचाई गर्नुपर्दछ । मुल जरा आउने समय, गाँज हाल्ने बेला, फूल फूल्ने समयमा, माटोमा चिस्यानको कमि भएमा उत्पादनमा हा्रस आउँछ ।

बाली काट्ने र झार्ने : गहुँको बाला पहेँलो भएको अवस्थामा दाना टोक्दा कुटुक्कअ आवाज आएमा गहुँ काट्न तयार भएको बुझिन्छ । बाली काट्न ढिलो भएमा खेतमा झर्छ र उत्पादनमा कमी आँउछ । गहुँ काट्ने मेसिन अर्थात रिपरको प्रयोग गरेमा समय , जनशक्ति र खर्चको बचत हुन्छ ।

थप समाचार