मिश्रित माछा पालन गर्दा माछा भुरा स्टकिङ्ग प्रकृया ( पोखरीमा माछा भुरा राख्ने ) पोखरीमा उत्पादन हुने विभिन्न किसिमका प्राकृतिक आहाराहरुको अधिकतम उपयोग गर्ने गरि विदेशी माछाहरु (कमन कार्प, सिल्भर कार्प, विगहेड कार्प, ग्रास कार्प) तथा स्थानीय माछाहरु (रहु, नैनी, र भाकुर) मिसाएर पालन गर्दा बढि माछा उत्पादन लिन सकिन्छ ।
माछाको आहारा
माछा भुराको साईज
सानो भुराहरुलाई प्रतिपक्षिहरुले (सर्प, भ्यागुता, किरा, मांसाहारि माछा, आदी) बढि नोक्सान गर्ने भएकोले माछा उत्पादन प्रभावित हुन जान्छ । साथै सानो साईज भन्दा ठुलो साईजको भुराको बृद्धि बढि हुने भएकोले ठुलो (२५ ग्राम) माछा भुरा पोखरिमा स्टक गर्नु उत्तम हुन्छ भने रहु, नैनी जातको माछाको बृद्धि दोश्रो बर्षमा राम्रो हुने हुंदा एक बर्ष पुरानो भुरा स्ुटक गर्नु उत्तम हुन्छ ।
माछा भुराको संख्या
थोरै भुरा राख्दा ठूलो साईजको माछा तर कम तौल उत्पादन हुन्छ भने धेरै माछा भुरा राख्दा सानो साईजको माछा धेरै तौलमा उत्पादन हुन्छ । जति धेरै भुरा राखिन्छ वातावरण त्यति बढि प्रभावित हुन्छ| र रोग व्याधिहरु लाग्ने सम्भावना पनि बढि हुन्छ । त्यसकारण ठूलो साईजको (२५ ग्राम) भुरा ३०० देखि ५०० गोटा प्रति रोपनी जलाशयमा राख्नु उत्तम हुन्छ ।
माछा भुराको जातिय अनुपात
पोखरीमा उपलब्ध हुने प्रकृतिक आहाराहरुको अधिकतम उपयोग गर्नको लागी विभिन्न जातका माछाहरु राख्नु पर्छ । सबै माछाले एकै किसिमको आहार नखाने तथा सबै किसिमको आहाराको उत्पादन एकै नासको नहुने हुँदा पोखरीमा उत्पादन हुने प्राकृतिक आहारा एवं अन्य व्यस्थापन पक्षलाई विचार गरि निम्न अनुसार माछाको अनुपात मिलाएर राख्नु पर्छ ।
जातीय अनुपात
माछा भुरा व्यवस्थापन
सकभर समयमै नर्सरी पोखरीमा भुरा राख्नु पर्दछ । फाल्गुण चैत्रमा कमनकार्प, बैशाख जेष्ठ र आषाढमा ग्रासकार्प, सिल्भरकार्प र विगहेडकार्प, श्रावण भाद्रमा रहु, नैनी र भाकुर जातका माछाका भुराहरु मत्स्य विकास केन्द्र र नीजि मत्स्य ह्याचरी नर्सरीहरुमा उपलव्ध हुन्छ । भुरा खरिद गर्दा भरपर्दो श्रोतबाट मात्र खरिद गर्नु पर्दछ । स्वस्थ माछा मात्र पोखरीमा छाड्नु पर्दछ । सावधानीको लागि १ लि. पानीमा ५० ग्राम नुन घोली माछालाई डुबाई पोखरीमा छाड्नु पर्दछ । माछा भुरा सकभर एकैनासको हुनु पर्दछ । ठूलो भन्दा ठूलो भुरा राख्ने प्रयास गर्नु पर्छ ।