मत्स्य प्रजननको लागि माउ माछाको व्यवस्थापन अति आवश्यक छ । करिब ३ वर्ष सम्मको उमेर पुगेका माउ माछाहरू सरदर ३ केजी भन्दा ठुलो साइजका हुने गर्दछन । यी माछाहरूको राम्रो छनोट गरी भुरा उत्पादन गर्न आवश्यक छ । माउ माछाहरू परिपक्क भए नभएको थाहा पाउन निम्न तालिकामा उल्लेख गरिएको विषयमा जानकारी हुनु आवश्यक छ ।
परिपक्व भाले र पोथी कार्प माछाको पहिचान गर्ने तरिका
परिपक्व भाले र पोथी कार्प माछाको पहिचान गर्ने तरिका
१. कमन कार्प माछाको प्रजनन
परिचय प्राकृतिक प्रजनन् भनेको माछाले आँपैm अण्डा पानीमा छोडेर पोखरीमा नै बच्चा खसेका हुँदा यसलाई नै प्राकृतिक प्रजनन् भनिन्छ । प्रजनन् भनेको प्रसुती गराउने कार्यलाई प्रजनन् भनिन्छ ।
माउ माछा पहिलो कार्य माउ माछाको व्यवस्थापन गर्नु पर्छ र माउको व्यवस्थापनको लागि दाना पानीको व्यवस्था राम्रो मिलाउनु पर्दछ । व्यवस्थापन राम्रो भएमा फुलको गर्भाधान फुलबाट बच्चा बनाउने कार्य लगायत ह्याचलिंगको बाँच्ने प्रतिशतमा समेत अनुकुल प्रभाव पर्दछ । यसैले माउ माछाको व्यवस्थापन राम्रो हुन अति आवश्यक पर्दछ । माउ माछा संग भाले माउ माछा छोड्ने । एवम् प्रकारले प्रजनन् पोखरीमा भाले पोथी माउहरु छोडिन्छ।
प्रजनन विधि कमन कार्पको फुल छोडेको करीब ७२ घण्टा पछि काकावान माथि ह्याचलिंग देखिन्छ । ह्याचलिंगको अनुपातमा कुखुराको फुल टुट वटाको दरले प्रति घण्टामा २ वटा फुललाई पानीमा घोलेर पोखरीको नचारैतिर छर्कने र ७ दिन वा १ हप्ता सम्म दिने । त्यसपछि भुटेको भटमास पिठो र गहुँ पिठो घोल १ अण्डा समेत मिलाएर २०० ग्राम गहुँ पिठो १ ग्राम २ पटक बनाएर दिने । तेश्रो हप्तामा भटमास पिठो गहुँ पिठो, खली राईस मिलाएर १ किलो प्रति दुई पटक दिने । जति भुराको बृद्धि हुँदै जान्छ एव्म प्रकारले दाना पनि बढाउँदै जाने गर्नु पर्दछ ।
कमन कार्प माछाको अर्ध प्राकृतिक प्रजनन् तरिका
२.चाइनिज कार्प माछाको प्रजनन्
– प्रजननका लागि तयार भएका भाले र पोथी चाइनिज कार्प माछाका गुणहरु वताउन सक्ने – प्रजनन पुर्व गर्नुपर्ने तयारी तथा ब्यवस्थापकिय कार्यका वारेमा वताउन सक्ने – कृतिम मत्स्य प्रजनन प्रविधी तापक्रम तथा हर्मोनको भुमिका र प्रमुख हर्मोनको नामहरु वताउन सक्ने चाइनिज कार्पको प्रजनन नेपालमा २०३१÷०३२ साल देखी शुरु भएको पाइन्छ । कृत्रिम प्रजनन्को सफलता पश्चात हाल नेपालको सरकारी तथा निजी क्षेत्रमा संचालित मत्स्य ह्याचरिहरुमा यसको प्रजनन् गराई भुरा उत्पादन तथा विक्री वितरण गरिन्छ । चाइनिज कार्पहरुको कृत्रिम प्रजनन् नेपालमा चैत्रको पहिलो हप्ता देखी शुरु हुन्छ र आषाढ सम्म लम्बिन्छ । चाइनिज कार्पको सफल प्रजनन् गराउन २२–२८० से. पानीको तापक्रम आबश्यकता पर्दछ । कृत्रिम प्रजननको लागि फाल्गुनमा आवश्यक तयारी गर्नु पर्दछ । जस्तै हार्मोन, नर्मस सलाइन, सिरिंज, प्लास्टिीकको बाटा, स्कुप नेट, माछा तौल्ने ब्यालेन्स, तौलिया, फिल्टर आदी । साथै स्पाउनिङ्ग र इन्कुवेसन टैक, ह्याचरीमा पानीको सप्लाई प्रणाली आदि ठीक छ वा छैन भन्ने बिषयमा पुर्व तयारी गर्नु पर्दछ ।
माउ माछा छनौट
प्रजनन्को लागि तयार भएको माउ माछा छनौट गर्नु पर्दछ । समान्यता एउटा पोथीमा १.५ गोटा भालेको दरले छनौट गर्नु पर्दछ । तर जम्मा पोथीको वजन बराबरको जम्मा भालेको वजन हुनु पर्दछ । पोथी माछा छनौट गर्दा पेट फुलेको, नरम, जनेन्द्रीय केही सुन्निएको र गुलाबी रंगको हुन्छ । माछालाई उत्तानो पारेर राख्दा ओमटीको विच भाग खाल्डो परेको प्रष्ट देखिन्छ । भालेको गिल रातो हुन्छ र पेटलाई हल्का थिच्दा पातलो मिल्ट निस्किन्छ । यस्तो छनौट गरेको माउ माछालाई ह्याचरीको छुट्टा छुट्टै टंकीमा भाले पोथी राख्नु पर्दछ । चाईनिज कार्यहरुको सफल प्रजनन एल.आर.एच.ए.हर्माेन बाट हुन्छ । पोथी माउलाई २० माइक्रोग्राम/किलोको दरले दिईन्छ र भालेलाई त्यसको आधा अर्थात १० माइक्रोग्राम/ किलोको दरले दिईन्छ । पोथीको पुरा डोजको २५% अर्थात ५ माइक्रोग्राम प्रति किलोको दरले पहिलो इन्जेक्सन र ७५% अर्थात १५ माइक्रोग्राम/किलोको दरले १०–१२ घण्टा पछि दिईन्छ । विहान ९–१० बजे पोथीलाई पहिलो इन्जेक्सन दिईन्छ र पुनः त्यसै टंकीमा राखिन्छ । फेरि १०–१२ घण्टा पछि अर्थात राती ८–९ बजे पोथीलाई दोश्रो इन्जेक्सन दिईन्छ र स्पनिंग टैंकमा राखिन्छ । त्यस पछि भाले माछा पनि हार्मोन इन्जेक्सन दिइ स्पनिङ्ग टैंकमा राखिन्छ । माउ माछालाई इन्जेक्सन दिंदा कान निरको पखेटाको फेदमा अलि आफुतिर झुकाएर ४५० मा दिनु पर्दछ । यसरी इन्जेकक्सन पछि स्पनिङ्ग टैंकमा राखिएको माउ ८–१० घण्टामा\ पोथीले फुल छाड्छ र त्यही वेला भालेले पनि मिल्ट तथा अण्डा आफै छोड्दैन । त्यस्तो अवस्थामा कृत्रिम तरिकाले पोथीको पेटबाट अण्डा र भालेको पेटबाट मिल्ट निचोर्नु पर्दछ । जसलाई स्ट्रिपिंग गर्ने भनिन्छ। यसको लागि सही समयमा गर्नु पर्दछ । जब भाले र पोथी चल्न थाल्छ अर्थात भाले पोथीलाई लखेटी लछार पछार गर्छ तब छापाले तानेर पोथीको पेटा छामी हुर्नु पर्दछ ।
स्रोत: व्यावसायिक माछा पालन प्रविधि पुस्तिका, PMAMP, Bara |