परम्परागत खेती प्रणाली मा गोठेमल वा कम्पोष्ट मात्र प्रयोग गरी खेती गर्दा पनि राम्रै उत्पादन हुन्थ्यो । तर हाल बाली सघनता बढनु, बढी उत्पादन दिने जातको खेती गर्नु, उन्नत कृषि प्रबिधि को प्रयोग आदि कारणले गर्दा माटोमा भएको खाद्यतत्व को भण्डार रितिदैं गएको छ । अर्को तर्फ गोठेमल को उत्पादन र प्रयोगमापनि कमी आइरहेको छ । तसर्थ बाली उत्पादन बिगतको तुलनामा कम हुर्दै गइरहेको छ ।
रासायनिक मलको प्रयोगबाट बिरुवाको आवश्यकता पुरा गर्न केहि प्रयास गरिएता पनि सन्तुलित रुपमा प्रयोग नभएका कारण आशातित प्रतिफल प्राप्त हुन सकिरहेको छैन । तसर्थ आज हाम्रो सामु दुइवटा चुनौतीहरु छन् प्रथम ः सन्तुलित मलखादको प्रयोग गरी उत्पादनमा बृद्धि गर्ने दोश्रो ः माटोको प्रांगारिक पदार्थ र खाद्यतत्वहरुको भण्डार घटन नदिइ माटोको उर्वराशक्ति लाई कायम राख्नु ।
गोठेमलको उत्पादन र प्रयोगमा कमी आएको कारण सघन बाली प्रणालीमा प्चलित कृषि प्रणालीमा बाली बिरुवाको आवश्यकता पनि पुरा नहुने र रासायनिक मलको बढ्दो प्रयोग वाट पनि माटो बिग्रन गई दिगो कृषि उत्पादन नहुने कारण कोठेमल, कम्पोष्ट वा हरियो मल र अन्य स्थानीय श्रोत, साधनको अधिकतम प्रयोग गर्नुको साथै समुचित माामा रासायनिक मलको पनि प्रयोग गरी दिगो माटो व्यवस्थापनको साथै कृषि उत्पादनमा बृद्धि गर्नु आजको आवश्यकता भएको छ ।
यसरी गाउंघरमा उपलव्ध हुने गोठेमल, कम्पोष्ट वा अन्य प्रांगारिक मलको साथै रासायनिक मलको सन्तुलित मात्रामा एकीकृत प्रयोग गरी दिगो माटो व्यवस्थापन र बढी कृषि उत्पादनको साथै वातावरणमा पनि प्रतिकुल असर पर्न नदिई बचाई राख्ने पद्धतिलाई एकीकृत खाद्यतत्व व्यवस्थापन भनिन्छ ।
एकीकृत खाद्यतत्व व्यवस्थापनको उद्देश्यहरु :
क) स्थानीय श्रोत साधनको बढी उपयोग
ख) बाली बिरुवाको आवश्यकता अनुसार खाद्यतत्व प्रदान गर्ने ।
ग) माटोको उर्बराशक्ति – भौतिक, रासायनिक र जैबिक गुण ) कायम राख्ने ।
घ) बाताबरण प्रदुषण कम गराई मानब तथा पशु स्वास्थमा प्रतिकुल असर पर्न नदिने ।
एकीकृत खाद्यतत्व व्यवस्थापन कसरी गर्ने ?
क) बालीको उत्पादन स्थितिको अनुमान गरेर वा माटो परिक्षण गराई माटोको उर्बराशक्ति र उपल खाद्यतत्वहरुको बारेमा जानकारी लिनुहोस ।
ख) आंफूूले लगाउने बालीको कीसीम, उत्पादन क्षमता र बालीलाई आवश्यक खाद्यतत्वको जानकारी लिनु होस्।
ग) के तपाई को माटोले बालीको आवश्यकता पुरा हुन्छ त ?
घ) हुदैन भने बालीको आवश्यकता पुरा गर्न तपाईसंग के के श्रोत साधन छन्विचार गर्नुहोस ्।
१) गोठेमल । कम्पोष्ट
२) हरियो मल
३) गोबर ग्यांस वाट निस्केको मल
४) पिना
ङ) माथिका वस्तुहरुवाट पनि बालीको आवश्यकता पुरा हुदैन । भने मात्र आवश्यक मात्रामा रासायनिक मलको प्रयोग गर्नु होस्।
च) मलखादको प्रयोग उचित समयमा , उचित तरिकाले प्रयोग गर्नुहोस ता कि मलखादबाट बढी भन्दा बढी फाइदा लिन सकियोस् । तलको चित्रबाट एकीकृत खाद्यतत्व व्यवस्थापन र माटो ब्यबस्थापन स्पष्ट हुन्छ ।