परिचय:
-
यो एक कोषिय, प्रायजसो ठुलो, शिलिया हुने protozoan हो ।
-
यसले माछा मा " ICH" अथवा " White spot disease" लगाउदछ ।
-
यो एक Fresh water Aquarist and commercial fish producers हरुको मुख्य समस्या हो ।
-
यो रोग निकै सङ्क्रामक र एकदमै छिटो एक माछाबाट अर्को माछा मा सर्न सक्दछ, यो परजीबी कुनै माध्यम बिनानै सर्न सक्दछ (Direct life cycle) ।
-
यसको outbreaks जुन सुकै समयमा पनि हुन सक्छ, प्रायजसो भने जतिबेला पानीको तापक्रम अधिक्तम हुन्छ त्यसबेला यो परिजीबीको life cycle छिटो अगाडी बढ्छ ।
-
यो प्रायजसो त्येस्तो पोखरीमा खतरनाक हुन्छ जसमा माछा को घनत्व धेरै हुन्छ।
-
यो एक Obligate Parasite हो ।
-
यदि यो रोगको समयमा उपचार भएन भने यसले १००% माछा समेत मार्न सक्छ ।
रोगका लक्षणहरु:
-
छाला, पखेटा र गिल्सहरुमा ससाना White Spot र गिर्खाहरु देखा पर्छन ।
-
जतिबेला सम्म त्यो White Spot अथवा गिर्खा हरु नाङ्गो आखाँले देखिने गर्छन तेतिबेला सम्म भने माछा एकदमै कमजोर भइसकेको हुन्छ ।
-
White spot हरु देखिनु भन्दा पहिले माछाले विभिन्न लक्षण हरु देखाउछ, जस्तै, Irritation. उफ्रिने , increased mucus, कमजोर हुने, दाना प्रति रुची कम र माछा एकठाउमा झोक्रएर बस्छ ।
-
एउटा राम्रो संग तालिम प्राप्त किसानले भने यी परिबर्तन हरु सबै थाहा पाउन सक्छ ।
-
यदि यो परजीवी गिल्समा छ भने माछा को मृत्युदर पनि बढी हुने गर्दछ।
-
यसको जाचको लागि छाला र गिल्सको जब पहिलोपटक रोगको लक्षण देखाउछ त्यसपछि जम्मा गरी light microscope को मद्दतले biopsies गर्नु पर्दछ ।
रोगको निधान (Diagnosis of disease)
-
यो रोगको निधान भने Compound Microscope बाट गर्न सकिन्छ।
-
जति बेला सेतो धब्बाहरु देखिन्छ त्यतिबेला संक्रमित भागमा कोतरेर (टाउको देखि पुछर तिर) छाला र mucos हटाउने ।
-
त्यसपछि भने धारिलो कैची प्रयोग गरेर संक्रमित भागबाट tissue लिने र स-साना भागहरुमा टुक्र्याउने यसो गर्दा परिक्षण गर्न सहज हुन्छ।
-
यसरी प्रत्येक tissue फरक फरक Glass slide मा राख्ने र ग्लास स्लिप प्रयोग गरेर Compound Microscope मा हेर्ने ।
-
Compound Microscope मा हेर्दा परिपक्क Trophont ( Life cycle को एउटा चारण ) देखा पर्दछ, जो हेर्दा ठुलो गोलाकार र खैरो रंग को हुन्छ ( Due to cilia covering the entire cell) ।
-
यसको साइज ०.५- १ एम.एम. सम्म हुन्छ ।
-
यो चरणमा परिजीबीको आकार भने Horseshoe- or C- shaped जस्तो हुन्छ।र् बिस्तारै एक्सिसको वरिपरी घुमिरहेर्को हुन्छ।कहीलेकाही Amoebia को जस्तो चाल देखाउदछ ।
-
एदि एउटा मात्र पनि ICH परजीवी छ भने उपचार गर्नु उपयुक्त मानिन्छ किनभने रोग बिस्तारै बढ्दै गएमा माछा लाई निको पर्न निकै कठिन हुन्छ।
रोगथामका उपायहरु (Preventive measures )
-
यो परजीबी धेरै तापक्रममा सक्रिय देखिने भएकाले पोखरी को तापक्रमलाई निकै नै ध्यान दिने ।
-
माछाका भुराहरु पैठारी गरेर ल्याईसकेपछि उक्त माछालाई कम्तिमा ३० दिन जति क्वारेनटाइनमा राख्न पर्दछ। यसो किन गर्ने भन्दा ICH परिजीबी लागेको १-३ हप्तामा अलि बढी देखिने भएकाले क्वारेनटाइन गर्नु उपयुक्त मानिन्छ।
-
माछाका जालहरु disinfection गरेर मात्र प्रयोग गर्ने ।
-
यो परिजीबीको Tomont चरण Aerosolization बाट पनि सर्ने भएकाले निकै सावधानी अपनाउनु पर्दछ ।
सामान्य उपचार ( General Treatment):
-
यो रोगको निधान भैसकेपछि तुरुन्तै उपचार सुरु गर्न अति आवस्वक हुन्छ ।
-
हुनत यो परजीबीलाई नियन्त्रण गर्न निकै गारो हुन्छ किनभने एसको जिबन चक्र निकै Complex, Multiple Protected Stages र एउटा परिजीबीले नै धेरै संख्यामा सन्तान उत्पादन गर्न सक्छ ।
-
एकचोटीको रसायन को प्रयोगले भर्खरै बाहिर आएका Theronts चरण हरुलाई मात्र मार्दछ । जुन Theront हरु छाला र गिल्स भित्र छिरेका हुदैनन् त्यसकारण पटक पटक उपचार गर्नुपर्दछ ।
-
यसको पोखरीमा उपचार गर्दा पोखरीमा भएको झारपातलाई सकेसम्म हटाई दिनुपर्दछ, यसो गर्दा जुन TOMONT चरणको परजीबीको संक्रमण कम हुन्छ, यो चरणको परजीबी त्यही झारपातमा टासिन सक्छ ।
-
जुन पोखरीको उपचार भैरहेको हुन्छ त्यहाँको पानी भने अन्त कतै फाल्न हुदैन यसो गर्दा परिजीबी एक पोखरी देखि अर्कोमा जान पाउदैन ।
-
यदी ICH भएर मरेको कुनै माछा छ भने पोखरी बाट हटाउन पर्दछ, नत्र भने परिपक्क भएको Trophont मरेको माछालाई छोडेर बाताबरणमा बच्चा उत्पादन गर्दछ ।
-
पोखरीको तापक्रम संग यो परिजीबीको निकै नै सम्बन्ध हुने भएकाले पोखरी को तापक्रमलाइ पटक पटक जाच गरिरहने र सोहि अनुरुप उपचार गर्दै जानुपर्दछ ।
-
यो परिजीबी बाट निको हुदै गर्दा माछा निकै कमजोर हुने भएकाले माछालाई निकै निगरानीमा राख्ने गर्नु पर्दछ नत्र भने अरु कुनै Bacteria र Viruses हरु ले आक्रमण गर्न सक्दछ ।
रसायनद्वारा उपचार ( Chemical treatment)
-
रसायनको प्रयोग प्राय जसो पोखरीको पानीको गुणस्तर अनुसार, माछाको जात, माछा पालनको पद्दति आदि कुराले निर्धारण गरिन्छ ।
-
कपर सल्फेट र फर्मालिन दुवै एकदमै प्रभाबकारी हुन्छ । यदि सहि डोज मा पटक पटक उपचार गरियो भने माछा मर्न बाट बच्ने सम्भावना हुन्छ ।
कपर सल्फेट
-
यसको प्रयोग भने पोखरीको क्षारियपनमा भर पर्दछ, प्रयोग गर्नु भन्दा पहिले पोखरीको क्षारियपन मापन गर्ने यदि यो मापन ५० एम.जी./लि. भन्दा कम छ भने यो रसायन प्रयोग गर्नुहुदैन ।
-
यसको प्रयोग गर्ने तरिका यदि मानौ पोखरीको क्षारियपन १०० एम.जी./लि. छ भने त्यसलाई १०० ले भाग गरि गर्ने लगभग १ एम.जी /लि. प्रयोग गर्ने ।
फर्मालिन
-
यसको प्रयोग भने ट्यांकहरुमा बढी गरिन्छ पोखरीको तुलनामा र उपयुक्त पनि ट्यांकहरुमा नै मानिन्छ ।
-
यसको प्रयोग गर्नुभन्दा पहिले एकदम धेरै अक्सिजन प्रभाह गर्नु पर्दछ ।
-
यसको प्रयोग भने २५ एम.जी./ लि. जुन १ एम.एल फर्मालिन संग बराबर हुन्छ र त्यस्मा १० ग्यालन कल्चर गरिएको पानी मिसाएर गर्नु पर्दछ । स्रोत: Nepal Veterinary Education |