बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

माछा पालनको खर्चको लेखाजोखा

सोमबार, असार १८ २०८१
10 views
माछा पालनको खर्चको लेखाजोखा

समाचार शेयर गर्नुहोस्

Share this news

मत्स्य पालनमा गरिएका गतिविधिहरुको जस्तै माछा भुरा, दाना, मलखाद खरिद तथा ढुवानी खर्च, ज्यामी खर्च आदिको प्रष्ट लिखित रुपमा विवरण राखेको खण्डमा निम्न कुराहरु थाहा पाउन सकिन्छ|

- प्रति हेक्टर जलासयमा वार्षिक कति खर्च भएको र कति माछा उत्पादन भयो ।
- एक किलो माछा उत्पादन गर्न कति खर्च पर्दछ, सोहि अनुसार माछाको विक्री दर कायम गर्न सजिलो हुन्छ ।
- वार्षिक भुरा, दाना, मलखाद आदीका कति कति खर्च पर्दो रहेछ ।
- दाना तथा मलखाद प्रयोग गरे अनुसारको माछाको बृद्धि भएको छ वा छैन ।
- माछा पालनबाट बार्षिक कति फाईदा वा वेफाईदा भयो ।
- यदि कुनै किसिमको त्रुटि भएको रहेछ भने आउने वर्षमा सुधार गरि फाईदा गर्न सकिन्छ ।

Capture.JPG
आम्दानि खर्चको विवरण 

आथिक विश्र्लेषण

मत्स्य पालन अन्य परम्परागत खेती प्रणाली भन्दा निकै फाइदाजनक छ । हुनत पोखरी निर्माण गर्दा ठूलो रकम पूँजीगत खर्चको रुपमा लाग्ने गर्दछ तर यान्त्रीकरणको मद्दतले (एक्साभेटर, डोजर, ट्याक्टर, आदि) निर्माण खर्च समेत निकै कम हुन गएको छ । व्यवसायिक मत्स्य पालनमा हुने अनुमानित आम्दानी खर्चको लेखा जोखा निम्नानुसार गरिएको छ|

Capture.JPG
नोटः १.५ कठ्ठा बराबर १ रोपनी, ३० कठ्ठा बराबर १ हेक्टर र २० रोपनी बराबर १ हेक्टर

 

माछा पालनको सफलताको आधारहरूः

१. उपयुक्त स्थलको छनौट ।
२. उपयुक्त पालन अवधिको छनौट ।
३. पोखरीको तयारी ।
४. संख्या, साईज र अनुपात मिलाएर माछा, भुरा स्टकिङ्ग ।
५. मलखादको प्रयोग गरी पानीको वांक्षित हरियोपन कायम राख्ने ।
६. कृत्रिम आहारको उचित तरिकाले प्रयोग ।
७. पानीको गुणस्तर व्यवस्थापन ।
८. समय समयमा माछाको बृद्धि जाँच ।
९. प्रतिपक्षि जीव नियन्त्रण ।
१०. स्वास्थ जाँच एंव व्यवस्थापन ।
११. माछा पालनको सबै क्रियाकलापको अध्यावधिक रेकर्ड ।

स्रोत: व्यवसायिक मत्स्य पालन प्रविधि, मत्स्य विकास निर्देशनालय, बालाजु, काठमाडौं |

 

थप समाचार