बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

भ्याकुर

मंगलबार, असार १९ २०८१
7 views
भ्याकुर

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः
भ्याकुर गानाबाट निस्कने लहरेदार विरुवा हो । बसन्त ऋतुमा पलाएर झाङ्गिई फुूल  फुली, फल लागी सकेपपछि हिउँदमा यसका लहरा सुकेर जान्छन् र गाना जमीन मूनी रही रहन्छ । त्यसैले यो बहुवर्षिय गानायुक्त विरुवा हो । यसका पातहरु डाँठ भएका हुन्छन् । डाँठहरु २–७ से.मी. हुन्छन् भने पात ५–१५ से.मी. लामा पान वा ह्रदययाकारका हुन्छन् । पातको तल्लो फेदबाट ७ वटा नसाहरु निस्किएका हुन्छन् । फुूल हरु भाले र पोथी छुट्टा छुट्टै हुन्छन् । भाले फुूल लहरु पात निस्कने आँख्लाको विपरीततिरबाट आएको लामो लहरामा एक पछि अर्को छुट्टै फुल्दछन् । फुूल हरु मसिना र हल्का हरिया सेता रंगका हुन्छन् । पोथी फुूल हरु हाँगा विँगा नभएका मध्यम किसिमको झुण्डिएको लहरामा निस्कन्छन् । फलहरु तीन पात भएका पखेटाका रुपमा हुन्छन् ।

फूल  पुल्ने समयः वैशाख–जेष्ठ

प्राकृतिक बासस्थानः
यो काश्मिर देखि आसाम र इन्डोचीन तथा पश्चिमी चीनमा ४५०–३१०० मीटर सम्मको उचाईमा फैलिएको पाइन्छ । नेपालको तराई देखि भित्री मधेश सम्म पाइन्छ ।

उपयोगिताः
विश्वमा करीब ६०० प्रजातिका तरुलहरु पाइन्छन् र ती मध्ये कतिपय खाद्यवस्तुको रुपमा उपयोग गरिन्छन् भने १५ वटा प्रजातिहरुमा  जस्ता खासगरी डायोस्जेनीन तत्वहरु पाइन्छ । ती मध्ये नेपालमा पाइने कुकुर तरुल वा भ्याकुर पनि एक हो । भ्याकुरको गाना खागरी डायस्जेनीन भन्ने सारतत्व निकाल्नको लागि प्रयोग गरिन्छ । डायोस्जेनीन विभिन्न किसिमका स्टेराइडल ड्रग बनाउन
प्रयोग गरिन्छ ।

संकलन समय र विधिः
भ्याकुरको गाना यसको बोट सुकेपछि वा पहेंलो भै सकेपछि खनिन्छ । यसका गानामा काँडा हुन्छन् । त्यसैले यसलाई काँडे भ्याकुर पनि भन्ने गरिन्छ । यसका गाना चारैतिर फैलिएका हुन्छन् र धेरे गहिरो सम्म जाँदैनन् । त्यसकारण खन्न सजिलो हुन्छ । जराहरु खनिसकेपछि राम्ररी पानीले माटो धुनु पर्दछ । धोइसकेका जराहरुको बाहिरी रंग हल्का पहेंलो हुन्छ । यी गानाका बाहिरका काँडेदार जराहरुलाई चक्कुले काटेर फाल्ने । पानी सुकी सकेपछि साना साना टुक्रा गरी काटिन्छ । त्यसपछि ती काटिएका टुक्रा गानाहरुलाई घाममा राम्ररी सुकाउनु पर्दछ ।

प्रसारण विधिः
यसको प्रसारणका लागि यसका गानाबाट निस्कने आँख्लाहरुलाई टुक्रा टुक्रा गरी काटेर लगाइन्छ । तर यसको वृद्धिदर एकदम कम हुन्छ । यसको खन्न लायकको गाना तयार हुन लगाएको ७ देखि १० वर्ष सम्म लाग्दछ । त्यसैले यसको व्यापारिक खेती उति फाइदाजनक मानिदैन । भारतको कर्नाटक, गोआ, आसाम, मेघालय र अण्डामन टापूतिर फ्लोरिबण्डा प्रजातिको तरुलको खेती गर्ने गरिन्छ । आजकल यस प्रजातिबाट उन्नत प्रजातिहरु पनि विकसित गरिएका छन् ।

प्रमुख रसायनिक तत्वः
भ्याकुरको गाना खासगरी डायोस्जेनीन , डेल्टोफोलिन , डेल्टोनिन् मुख्य रसायनिक सार तत्व हुन् ।

Source :  नेपालको आर्थिक विकासका लागि प्राथमिकता प्राप्त जडीबुटीहरु, वनस्पति विभाग, काठमाडौ 

थप समाचार