स्थानीय नाम : काउलो
नेपाली नाम : पावन
अंग्रेजी नाम : Fragrant Bay Tree
वैज्ञानिक नाम : Machilus odoratissima Nees
बैज्ञानिक परिवार : Lauraceae
काउलो १६ मी. अग्लो र २० - ३० से.मी. व्यास हुने मझौला प्रकारको सदाबाहार रूख हुन्छ । रुखको बोका गाढा खैरो झुस नभएको खस्रो हुन्छ। चुच्चो टुप्पा भएको पातहरू २ ७ से. मी. चौडाई र ५ - १८ से.मी लामो चिल्लो र पातलो हुन्छ। पातको डाँठ १ २ से. मी लामो हुन्छ। यसको सेतो फूलहरू प्रायः हांगाको अन्त्यमा झुष्प भएर फुल्छ। फूलको व्यास ६१० मी.मी. को हुन्छ। गोलोकार फल कांचोमा गुलाबी तया पाकेपछि बैजनी रडको हुन्छ। पातहरू मिच्दा सुन्तला सुन्तलाको सुगन्ध आउछ। काउलोको फुलहरू कार्तिकदेखि मंसिरमा फुल्छ र जेठदेखि असारमा फल लाग्छ ।
उपलब्धताः
काउलो नेपालको मध्य पहाडी भागमा पूर्वदेखि पश्चिम सम्म मुख्यतयाः सुदुर पश्चिम र मध्य पश्चिम क्षेत्रका १,०००-२,५०० मी. सम्मको उचाइमा धेरै मात्रामा पाइन्छ। कर्णाली प्रदेशका निम्न स्थानहरूमा काउलो पाइने अभिलेख रहेको छः सुर्खेत, सल्यान, दैलेख, कालिकोट, जाजरकोट ।
संकलन समयः
काउलोको बोटमा नयाँ पालुवा आउनुअघि पुसदेखि माघ महिनामा वयस्क बोटको काण्डबाट बोका सङ्कलन गरिन्छ । व्यापारमा आउने भाग र यसबारे सामान्य जानकारीः काउलोको मुकेका बोक्रा सानो सानो टुक्रा बनाई व्यापारमा आउँदछ। यसको भित्री बोक्रा खैरो रातो रंगको हुन्छ भने बाहिरी बोका हल्का फुस्रो-कालो रंगको, गोहीको डाँडा जस्तै देखिन्छ। यसको स्वाद हल्का टरों हुन्छ र यसवाट खासै वास्ना आउँदैन ।
प्रयोगः
आयुर्वेदः हात खुट्टा भाचिएमा वा मकिंएमा यसको बोक्राको लेदोलाई अन्य पदार्थहरूसंग मिलाएर तयारी मिश्रणलाई काचोमा बाधेर उपचार गरिन्छ ।
औधोगिक र व्यापारिकः यसको बोका अगरबत्ति बनाउन प्रयोग हुन्छ। स्थानीय स्तरमा काउलोको बोका पिसेर सेलरोटीमा राखी स्वादिलो, नरम र ठूलो आकारको बनाउन सकिन्छ।
उत्पादन र बजारः
कर्णालीबाट प्रतिवर्ष १५९.० टन काउलो सकलन र व्यापार हुने गरेको छ (वन विभाग।। २०७७ सालमा कर्णालीबाट काउलोको काठ प्रति किलों अनुमानित र ३५ ७० (संकलनले पाउने मुल्य) मा विक्री भएको थियो भने नेपालगन्जमा यसको मूल्य अनुमानित रु ८० १०० प्रति किलो। जिल्लाका व्यापारीले पाउने मूल्य) थियो । कणांनीवाट संकलित काउलो नेपालगञ्ज हुँदै मुख्य बजार भारततर्फ नियांत हुन्छ। केही मात्रामा भने गड्डाचौकी र भैरहवाबाटपनि भारततर्फ निर्यात हुन्छ ।
संरक्षणको अवस्थाः
कुनै पनि सरक्षण सूचीमा परेको छैन तर व्यापारका लागि गरिएको अति संकलनले गमको अस्तित्व प्राक्तिक बासस्थान वाट घट्दै गरिरहेको पाइएको छ।
Source : कर्णाली प्रदेशमा रहेका व्यापारीक मह्त्वका जडिबुटिहरुको पहिचान पुस्तिका