बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

गनाईनो : औषधिय जडिबुटि

मंगलबार, असार २६ २०८१
6 views
गनाईनो  : औषधिय जडिबुटि

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः गनाईनो ५० - १२० से. मी सम्म अग्लो हुने बहुवर्षीय झाडी विरुवा हो। गनाईनोको डाँठ बैजनी अथवा गाढा गुलावी रङ्गको र भित्र बोको हुन्छ। यसका पातहरू पातलो फिल्लिले ढाकिएका हुन्छ जसको फेदमा पटेनो हुने गर्दछ। दुष्पाको पातहरू सानो हुन्छ र किनारामा दांती भएको हुन्छ। मसिना, सेता, क्रिम वा हरियो रङ्गका फूलहरू टुप्पोमा छाता झै झुप्प परेर फुलेका हुन्छन्। फल कफीको रंगभन्दा केही हल्का रंगको हुन्छ। यसका फूलहरू साउन देखि भदौ सम्म फल्छ ।

उपलब्धताः यो तिब्बत, चीन, भारत, भुटान आदि देशहरूमा प्राक्तिक अवस्थामा पाइन्छ। नेपालमा प्राक्तिक अवस्थामा पूर्व देखि पश्चिमसम्म ३६०० ४५०० मी. सम्मको उचाईमा खुल्ला पाखामा र झाडीमा पाईन्छ।

संकलन समयः यसको जरा फूलहरू फुनिसकेपछि भदौ पछि सकलन गर्नुपर्छ ।

प्रयोगः

स्थानीयः हम्ला, जुम्ला र डोल्पामा यसको जरा को धुलो तातो पानी मंग अपच भएमा प्रयोग गरिन्छ। पेट अजिनो भएको बेलामा, पत्रिमा, तरकारिमा मसालाको रूपमा र हर्वल चियामा पनि यसको प्रयोग गरिन्छ । यसलाई शरिरमा पानीको कमि भएमा झाडापखाला, आंउ, ग्यास्ट्रिक, कब्जियत, टाउको दुखाई, रुघा, खोजिमा पनि प्रयोग गरिन्छ ।

आयुर्वेदः प्राचीन काल देखि यसलाई झाडापखाला, कब्जियत, टाउको दुखाई, रुथा, खोकिमा प्रयोग गरिंदै आइएको

उत्पादन र बजारः

गनाईनो पनि नेपाल र कर्णालीबाट कम मात्रामा व्यापार हुने भएकोले यसको व्यापारिक परिमाणको बारेमा यकिन गर्न सकिंदैन । २०७७ सालमा कर्णालीका किसानहरूले गनाईनी प्रति किलो रु ३०० ४५० मा विक्री गरेका थिए । संरक्षणको अवस्थाः गनाईनोको वास्तविक मरक्षण स्थितिका बारेमा खासै अध्ययन नभएको हुँदा हालसम्म संरक्षणमा सलग्न संघसंस्था निकायहरूको संरक्षण सूची मा गनाईनो सूचीकृत भएको छैन ।

Source : कर्णाली प्रदेशमा रहेका  व्यापारीक मह्त्वका जडिबुटिहरुको पहिचान पुस्तिका 

थप समाचार