बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

खामु

मंगलबार, असार २६ २०८१
8 views
खामु

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः 

खामु  ८ - १० मी. अग्लो तथा व्यास २०- ३० से.मी. सम्म हुने एक सानो प्रजातीको पतझर रूख हो। यसको खैरा रङ्गको हांगाविगा, वाक्लो फैलिएको नाम्बा चुच्चो, दाती परेको पात ५ - १३ से. मी लाम्बाई र १.५-४ से. मी. चौडाई हुन्छ। पांच सेतो देखि गुलाबी रंगको पुष्पदल पातहरू भन्दा पहिले बसन्त ऋतुमा एकल रूपमा फुल्छ। असार साउनमा बाहिरी आवरणमा हल्का झुस भएको बाटुलो फल पाकेपाछी रातो गोलो स्वाद गुलियो, अमिलो मिठो हुन्छ । यसको बीउलाई कडा फलको पोकाले ढाकेको हुन्छ । आरुको जस्तै) ।

उपलब्धताः

समुन्द्र सतहबाट २१०० २७०० मी उचाईको उपोष्ण तथा समशितोष्ण हावापानीमा यस वनस्पती नेपाल भरी पाईन्छ । कर्णाली प्रदेशका निम्न स्थानहरूमा खामु पाइने अभिलेख रहेको छ जाजरकोट, खुर्पा, सामेला, जुम्ला, कालिकोट, जाजरकोट, हुम्ला तुम्कोट ।

संकलन समयः यसको फल असार देखि साउनमा केपछि बीउ संकलन गर्न सकिन्द्र ।

प्रयोगः

स्थानीयः  फलको लेप घाउ भएको ठाउमा लागाउने गरिन्छ। बोकाको धुलो वा ताजा हागा दांत माज्न प्रयोग गरिन्छ । गाईबस्तुमा लाग्ने परिजिवी मार्न यसको बोक्राको रस बाह्य रूपमा प्रयोग गरिन्छ। गर्मी वा सूर्यको किरणबाट जोगाउन पीउको तेल मालिश गरिन्छ। तेल खाना पकाउन र रातीमा प्रकाशको लागि पनि प्रयोग गरिन्छ।

आयुर्वेदः फलहरू फोक्सोको समस्या, आंखा दुखाइ र घाउहरूको लागि उपयोगी छ। बीउको तेल कपालको सुन्दरता बढाउने टनिकको रूपमा प्रयोग गरिन्छ।

उत्पादन र बजारः   खाम र चुलीको कच्चा व्यापार खासै हुँदैन। हुम्ला जिल्लामा चुली र खामुको बीउको तेल निकालेर बेच्ने गरिन्छ । तेलको अनुमानित मूल्य रु ३००० प्रति किलो गहेको छ। आ.व. २०७७/ ७८ मा नेपालबाट लगभग २००० किलो चुली र खामुको तेल जापानमा नियांत भएको थियो ।

संरक्षणको अवस्था : एक आवश्यक औषधीय र स्थानिय रूपमा आवश्यक विरुवा भएतापनि हालसम्म यस बनस्पति कनै पनि संरक्षण सूचीमा परेको छैन ।

Source :  कर्णाली प्रदेशमा रहेका  व्यापारीक मह्त्वका जडिबुटिहरुको पहिचान पुस्तिका 

थप समाचार