बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

घोडताप्रे - बटुके झार

बुधबार, असार २७ २०८१
44 views
घोडताप्रे - बटुके झार

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः

घोडताप्रे वर्ष भरि हरियो रहने, प्रत्येक आंख्लाबाट मसिनो जरा पलाउने झार वर्गको वनस्पति हो। पात साना १-१५ से मी लामो, १३ से मी चौडा, गोलाकार चिल्लो हुन्छ। प्रत्येक काण्डमा १० - १५ सम्म फूलहरू हुन्छ। फूलहरू रातो सेतो, धेरै मसिनो हुन्छ ।

उपलब्धताः यो ५०० - २८०० मी सम्मको उचाईमा खन्ना र ओसिलो ठाउँमा पाइन्छ। यो खासगरी खेतवारी र कलोको डिलमा पाइन्छ । घोड टापे बढी चरन हुने क्षेत्रमा बढी मात्रामा पाइन्छ। कणर्णाली प्रदेशका जाजरकोट, सर्खेत र सल्यान जिल्लाहमा यसको अधिक उपलब्धता रहेको छ। कणाली प्रदेशका निम्न स्थानहरूमा घोडटापे पाइने अभिलेख गरेको छ मुर्खेत उत्तरगंगा छिन जाजरकोटः दशहरा, माजकोट, जापरा, पुनमा हमिया, मैना, पचकत, सामेला डिमेर घरडा, सल्यान दैलेख ।

संकलन समय : 

घोड टाप्रे वर्षेभरी नै संकलन गर्न सकिन्छ ।

व्यापारमा आउने माग र यसबारे सामान्य जानकारीः

यसको डाँठ २ मी मी मोटो, ३५ सेमी को फरकमा ओख्लाहरू भएको, आंख्लाहरू बाट २४ वटा पात, फूल र जरा आएको हुन्छ। यसको सुकेको पात गुजुल्टिएको, हल्का खैरो-हरियो रंगको, स-साना झुस भएको हुन्छ । यो व्यापारमा आउंदा पात, रातो, सेतो फूल, र डाँठ मिश्रित भएर आएको हुन्छ। यसको स्वाद अलिअलि तीतो, टर्गे र गुलियो हुन्छ ।

प्रयोगः

स्थानीयः यसको तरकारीको रूपमा पनि प्रयोग गर्ने गरिन्छ। पिसाव सम्बन्धि समस्या, दिमाग तेजिलो बनाउन, घाउ भएको तथा काटको ठाउमा प्रयोग लाभदायक हुन्छ ।

बायुर्वेदः १ चम्चा बाम्हीको शुद्ध ग्स प्रत्येक दिन सेवन गर्दा बच्चाहरूको मानसिक शक्ति वृद्धि गराउनुको साथै पौडहरूमा श्वासप्रश्वास प्रक्या राम्रो बनाउँछ । यसले कब्जियतको समस्या पनि हटाउंछ । १० - २० ग्राम विहान बेलुकी दुधसंग सेवन गरेमा स्नायु प्रणालीका समस्याहरू हटाउनको लागि लाभदायक हुन्छ ।

अन्य औषधिः बांझोपन हटाउन तथा यौनशक्ति वृद्धि गर्नमा पनि मद्दत गर्दछ । क्यान्सर रोग विरूद्ध पनि प्रभावकारी मानिएको छ ।

औधोगिक  र व्यापारिकः यो मसलाको रूपमा अत्याधिक प्रयोगमा आउँछ। फलबाट निकालिएको सुगन्धित तेल सौन्दर्य प्रशाधनका सामग्री, खाद्य पदावं तथा औषधि बनाउन प्रयोगमा आउछ ।

उत्पादन र बजारः घोडताप्रेको निकै कम परिमाणमा कणालीबाट  व्यापार  हुने गरेको छ। वन विभागको तथ्यांक अनु‌सार कणांलीवाट प्रति वर्ष औषत १०० किलो मात्रको व्यापार हुने गरेको छ।

Source : कर्णाली प्रदेशमा रहेका  व्यापारीक मह्त्वका जडिबुटिहरुको पहिचान पुस्तिका 

सम्बन्धित विषय

थप समाचार