बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

टुकि फूल

बिहीबार , असार २८ २०८१
8 views
टुकि फूल

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः

यो सानो १० से मी सम्म अग्लो हुने झार वर्गको एकवर्षीय वनस्पति हो। यसको जुनसुकै भागबाट पनि सेतो दुध जस्तो तरल पदार्थ आउँछ। पात सिधै जमिनबाट आएको, भेट्नु नभएको, ५ २० में मी. लामो, अनियमित हिसावमा खण्ड परेको र खण्ड त्रिकोणाकार र दन्ताकार हुन्छ। भाले र पोथि फुल फुल सुनौलो पहेंलो रंगको हुन्छ । यसको फुल फागुनदेखि कार्तिकसम्म फूल्छ ।

उपलब्धताः

यो ३२०० - ४३०० मी. सम्मको उचाईमा नेपालभर पाईन्छ। कर्णाली प्रदेशका निम्न स्थानहरूमा टुकिफुल पाइने अभिलेख रहेको छ जुम्ला, डोल्पाः जगदुल्ला, डोक्या, पश्मो, रिइमो, थो। संकलन समयः टुकी फूलको जरामा साउनदेखि कार्तिकसम्म संकलन गर्न सकिन्छ ।

व्यापारमा आउने भाग र यसबारे सामान्य जानकारीः

जरा १५ सेमी लामो, १५ देखि २५ सेमी व्यास भएको, बेलनाकार हुन्छ। जरा चाख्दा शुरुमा गुलियो हुन्छ तर पछि खाँदै जांदा तितो हुन्छ ।

प्रयोगः

स्थानीयः यस पात र फूल अन्सर, खैरो कफ (खराबी पुरानो ज्वरो, विष नागेको, आंबा संक्रमण, पित्त र पेट सम्बन्धी विकारहरू निको पार्न प्रयोग गरिन्छ। साथै वस्तुभाउलाई घास तथा स्थानिय तरकारीको रूपमा पनि प्रयोग गरिन्छ । आयुर्वेद टुकी फलको जरा पिसाव खुलाउन, पेटको गडवडीमा, कलेजोको रोगमा प्रयोग हुन्छ। यसको जरालाई भुटेर बनाइएको कफीमा भोक जगाउने र आनन्द दिने गुण हुन्छ। यसको जरा गक्तिवर्धकको रूपमा पनि प्रयोग गरिन्छ। को फल टाउको दुदा, दांत दुख्दा प्रयोगमा आउंछ ।

 उत्पादन र बजारः

कर्णालीबाट निकै कम मात्र, वार्षिक २०० किलो टुकीफूलको व्यापार हुने गरेको छ । २०७७ सालमा कर्णालीमा टुकीफूलको औषत मुल्य रु २०० - २५० प्रति किलो (संकलनले पाउने मुल्य) र रु ३०० - ४०० प्रति किलो (जिल्लाका व्यापारीले पाउने मुल्य) थियो ।

संरक्षणको अवस्थाः

एक आवश्यक औषधीय बिरुवा भएतापनि हालसम्म यस बनस्पति कुनै पनि संरक्षण सूचीमा परेको छैन ।

Source : 

थप समाचार