बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

देवदार

बिहीबार , असार २८ २०८१
10 views
देवदार

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय :

देवदार पश्चिमी हिमालय क्षेत्रमा पाईने कोणधारी सदाबाहार रुख हो। यो रुख ४० ५० मी. सम्म अग्लो र ३ मी सम्म गोलाई काठ हुने गर्दछ। पातहरू सुईजस्तो हुन्छ, प्रायः २५ ५ से मी. लामो, पातलो (१ मी. मी मोटो), चहकिलो हरियो देखि निलो हरियो रंगमा हुन्छ। पोची फुल (कोन) बेलनाकार ७-१३ से. मी. लामो २६ - ८ से मी चौडाईको हुन्छ। भाले फुलहरू (कोन) ४ ६ से.मी. लामो हुन्छन् र शरद ऋतुमा यसको परागकणहरू परिपक्क हुन्छ ।

उपलब्धताः

१८०० - ३००० मी सम्मको उचाईमा पश्चिम नेपालको पहाडी क्षेत्रमा  प्राकृतिक   अवस्थामा पाईन्छ। कणर्णाली प्रदेशका निम्न स्थानहरूमा देवदार पाइने अभिलेख रहेको छ मुगुः रारा राष्ट्रिय निकुञ्ज, जुम्लाः हांक, गरालिही, डोल्पा दुनै, त्रिपुराकोट जुफल, मु, महतारा र माजफल संकलन समयः देवदारको कोन भदौदेखि कार्तिक महिनासम्म सकलन गरिन्छ भने यसको खोटो वर्षात र जाडो बाहेक अन्य याममा संकलन गरिन्छ ।

व्यापारमा आउने माग र यसबारे सामान्य जानकारीः

प्रयोगः

स्थानीयः हम्ला जिल्लामा यो बोट पवित्र मानिन्द्र र मन्दिर परिसरमा रोपिन्द्र । पातबाट निकालिएको तेललाई नियमित रूपमा दुखाइ कम गर्न मालिश गरिन्छ। काठयाटको निकालिएको तेल वाहिरी रूपमा छाला चिलाउँदा ठीक पानं प्रयोग गरिन्द्र। आयुर्वेद काठ बाट निकालिएको खोटो छालाको रोग, श्वासप्रश्वासको समस्यामा प्रयोग गरिन्छ। यसको काठको काढा बनाई ज्वरी, पखाला लाग्दा प्रयोग गरिन्द्र। पात बाट निकालिएको तेल शरिर मालिस, दुखाई कम गर्ने तेलमा प्रयोग  गरिन्छ   । 

औधोगिक   र व्यापारिक यसको भित्री काठ सुगन्धित धूप बनाउन प्रयोग गरिन्छ। यसको काठ विभिन्न फनिचर बनाउन पनि प्रयाग गरिन्छ ।

उत्पादन र बजारः

देवदारको खोटोको धेरै व्यापार हुने गरेको छैन । घरेलु उपचार पद्धतीका लागि खरिद गर्नु भन्दा पनि वनबाट संकलन गरिन्छ । त्यसैले यसको व्यापारिक परिमाण र मूल्यको यकिन छैन ।

संरक्षणको अवस्थाः

अवैध र अव्यवस्थित ढंगले देवदारको खोटो संकलन भइरहेको छ । IUCN Red list अनुसार यो वनस्पति  कम चासो भएको (LC) वनस्पति अन्तर्गत पर्दछ ।

Source : कर्णाली प्रदेशमा रहेका  व्यापारीक मह्त्वका जडिबुटिहरुको पहिचान पुस्तिका 

थप समाचार