बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

घोडामर्चा

आइतबार, असार ३१ २०८१
10 views
घोडामर्चा

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः

यो १० २० से.मी सम्म अग्लो हुने सुगन्धित जमिनमा फैलने झारवर्गको वनस्पति हो। पात साधारण, विपरित दिशामा पलाएको, भेट्‌नो छोटो अथवा भेट्‌नो नभएको ०५-१५ से. मी लामो २०२-०५ सेमी चौडा हुन्छ। फूलहरू सानो बैजनी रंगको झुप्पामा डांठको टुप्पोमा फुल्छ । वैशाख देखि मसिर सम्ममा यसको फूल फल्छ र फल लाग्दछ ।

उपलब्धताः

यो प्रजाति भारत, अफ्गानिस्तान, पाकिस्तान, भुटान, तिब्बत, चाइना र जापान सम्म फैलिएको पाइन्छ। नेपालमा घोडामचर्चा पूर्व, मध्य र पश्चिम क्षेत्रका जिल्लाहरूमा १६०० ४७०० मीटर सम्मको उचाईमा प्राकृतिक अवस्थामा खुल्ला सुख्खा ठाउँमा, घाँसे मैदान र चट्टाने भीरमा पाईन्छ।

कर्णाली प्रदेशका निम्न स्थानमा घोडामचर्चा पाईन्छः

हुम्ला - गोठी, सिमिकोट लग्ना । ३८५० मी, स्याडा, केमिं, जुम्ला- सिन्जा खोला। २४२० मी), धिताचौर (२५०० मी। डांफे पाम २७०० मी मुगु (३३३० मी खत्याड, छायांनाच, डोल्पा-दुनाई। २६०० मी। सुलिगढ़, जगदुल्ला, ठुली भेरि, फोक्सुणडो ताल (३६१९ मी।, तराप ।४०९० मी, दैलेख भैसाकोट (१६०० मी., कालिकोट नग्मा, तिला भ्याली ( २००० मी। जाजरकोट-तालु (४००० नी।

संकलन समयः

यसका पात र फलहरू साउन देखि भदी सम्मा संकलन गरिन्छ भने जग कार्तिक देखि मंसिर सम्ममा संकलन गरिन्छ ।

प्रयोगः

स्थानीय डोल्पामा यसको कलिलो फूल दांत र गिजा को समस्यामा प्रयोग भएको पाइएको छ। हम्ला, मुगु, कालिकोट, जुम्लामा मा यस विरुवाको माथिल्लो भाग पानीमा उमालि रुघा खोकि लाग्दा, पेट दुस्दा झाडापखाला, अपच, ग्यास्ट्रिक भएमा प्रयोग गरिन्छ । आयुर्वेदः आयुर्वेदिक पद्धतिमा यसको पात र फूलको रसलाई ज्वरो, शरिर दुखाईमा, दम, फोक्सो र कलेजो सम्र्वान्ध समस्यामा आंखा दुस्दा, सुन्निदा रातो हंदा प्रयोग गरिन्छ। यसको पातलाई रगत गद्धिकरणमा पनि उपयोगी मानिन्छ । अन्य औषधि यसमा एन्टिहमेन्थिक औषधीय गुण पाईन्छ।

औधोगिक पात र फूल लाई मसाला को रूपमा हर्वल चिया प्रयोग गरिन्छ। यसलाई धूप बनाउन प्रयोग गरिन्छ ।

उत्पादन र बजारः

घोडामचां नेपालभित्रने, अझ भन्नुपदां कणर्णालीमा विक्री वितरण हुन्छ। यसको व्यापारिक परिमाणको यकिन छैन ।

संरक्षणको अवस्थाः

नेपालको पूर्वदेखि पश्चिमी भागमा यस बनस्पति भिरालो पाखा र घाँसे मैदानमा प्रशस्तै मात्रामा पाइन्छ । यस बनस्पतिको वास्तविक सरक्षण स्थितिका बारेमा पर्याप्त अध्ययन भएको छैन। हालसम्म कुनैपनि मरक्षणमा सलग्न संघसंस्थाहरूको संरक्षण सूची मा घोडामचा सूचीकृत भएको छैन ।

Source : कर्णाली प्रदेशमा रहेका  व्यापारीक मह्त्वका जडिबुटिहरुको पहिचान पुस्तिका 

सम्बन्धित विषय

थप समाचार