बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

पदमपुष्कर

आइतबार, असार ३१ २०८१
11 views
पदमपुष्कर

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय :

पदमपुष्कर १० ३० से. मी. सम्म अग्लो हुने, झार प्रक्तिको बहुवर्षीय वनस्पति हो। यसको पात नाम्बो, फूल फन्दा सम्म ३० में मी सम्म लामो र त्यस पश्चात ६० से. मी सम्म लामो र६ मी मी चौडा हुन्छ। यसको फूल फिस्या वैजनी अथवा बकाईनोको फूलको रङ्गको र बिचमा पहेंलो भुवा जस्तो भएको हुन्छ। यसको फूल झुप्पामा फुल्छ । यसको फूल फूल्ने समय वैशाख देखि जेठसम्म हो र फल जेठ देखि धावण सम्म लाग्छ। फल वेल्नाकार, २५ ३५ से. मी लामो हुन्छ ।

उपलब्धताः

नेपालमा यो वनस्पति प्राक्तिक अवस्थामा १६०० ४००० मी सम्म पूर्व देखि पश्चिम सम्म खुल्ला पाचा, खुल्ला घाँसे मैदानमा र चिस्यान भएको ठांउमा पाईन्छ। कर्णाली प्रदेशका निम्न जिल्लाहरूमा पदमपुष्कर पाइने गरेको छ हुम्ला सिमिकोट लग्ना (३८८० मी जुम्ला-भारा (मदगांउ चौवा २९४० मी डोल्पा दुनाई जुफल एयरपोर्ट। २६८० मी। आंखे राहगांउ-स्याडल-दुनाई (२७७० मी।।

संकलन समयः

फूल झरेपछि नदी देखि असोजसम्ममा यसको जरा अथवा जमिन मुनिको को कन्द संकलन गर्नुपर्छ ।

व्यापारमा आउने आग र यसबारे सामान्य जानकारीः

प्रयोगः स्थानीय स्थानीय रूपमा यसको जराको धुलोलाई अथवा जरालाई पानीमा पकाई गिजा सुन्निएको बेला अथवा दांत दुखेको बेला उपयोग गरिन्छ ।

आयुर्वेदः  यसको जराको रस कब्जियत हुँदा मुत्रवर्धकको रूपमा र घाउ, खटिरामा प्रयोग गरिन्छ ।

उत्पादन र बजारः पदमपुष्करको व्यापारिक परिमाण यकिन हुन सकेको छैन । पदमपुष्कर आयुर्वेदीय उपचार प्रणालीको एक मुख्य घटक भएको कारणले यो भारततर्फ निकासी हुन्छ ।

संरक्षणको अवस्थाः अव्यवस्थित सङ्कलन र पदमपुष्करको प्राकृतिक वासस्थानमा भइरहेको विनासका कारण यसको संख्या दिन प्रतिदिन घट्दै गइरहेको अनुमान छ । हालसम्म संरक्षणमा संलग्न संघसंस्था निकायहरूको संरक्षण सूचीमा पदमपुष्कर सूचीकृत भएको छैन ।

Source : कर्णाली प्रदेशमा रहेका  व्यापारीक मह्त्वका जडिबुटिहरुको पहिचान पुस्तिका 

सम्बन्धित विषय

थप समाचार