बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

बज्रदन्ती

आइतबार, असार ३१ २०८१
12 views
बज्रदन्ती

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः

बज्रदन्ती  करिब ६० से मी सम्म लामो हुने झार वर्गको बहुवर्षीय वनस्पति हो। यसको जरा मोटो, बलियो र गाढा खैरो रंगको हुन्छ। यसको पात संयुक्त, सानो भेट्नु भएको, प्रत्येक पत्र सानो, ३- ४५ से. मी लामो २१५ - २ से मी चौडा, ठुलो र सानो पात एकपछि अर्को गर्दै आएको, माथिको पात ठूलो र तलको सानो, किनारमा दांती भएको, चांदी जस्तो टल्कने हुन्छ। प्रत्येक पत्रको मयिल्लो भाग हरियो र तलको भाग झुसजस्ता रौं भएका चांदी जस्तो टल्कने हुन्छ। यसका फूल डाँठको टुप्पोमा फुल्छ र पहेंलो रंगको हुन्छ । यसको फूल फुल्ने समय असार देखि श्रावण र फल लाग्ने समय असोज देखि कार्तिक हो।

उपलब्धताः

यो नेपालभरको पूर्व देखि पश्चिम सम्म १६०० - ४८०० मिटरसम्मको उँचाइमा खुल्ला चौर र चरन क्षेत्रहरूमा पाईन्छ । कर्णाली प्रदेशका निम्न स्थानहरूमा यो बिरुवा पाईएको अभिलेख छ जुम्ला ३७३० मी., सुर्खेत- कतुकुवा, सिधापाइला, रानीमत्ता, दैलेख डाडांमाडी १२२० मी.), सिलङ्गि बजार १४१० मी., खम्बगाडे १६५० मी।, कुसापानी १९१० मी।, पानीपोखरी (२०२० मी, रातोखोला घोडाबास, ताल पोखरी, पानीटेडी, डोसार, छन्ना-भवासेन-२२०० मी सल्यान ।

संकलन समयः

असोजदेखि मंसिरसम्म यसको जरा संकलन गरिन्छ । व्यापारमा आउने भागबारे जानकारीः यसको जरा प्रयोगमा आउंछ यिसको जरा शुरुमा हल्का गुलाबी र पछि खैरो रंगको, सुकेको जरा खैरो रंगको, ५ - १० से मी लामो हुन्छ। व्यास १ में मी जति भएको यसको जराको माथिल्लो भागमा पुराना पातको तलतिरको बचेको र केही नयां स-साना पातहरू हुन्छ र हल्का खैरो झुस पनि हुन्छ। सुकेको जरा सजिलै भांच्न सकिदैन तर भाचेर हेदां खैरो भागमा स-साना सेता चोप्लाहरूको गोलाकार आक्ति हुन्छ । स्वाद टरों, मुख बाँच्ने खालको हुन्छ । 

प्रयोगः

स्थानीयः जुम्ला, कालिकोट र मुगुमा स्थानीय रूपमा यसको जरालाई घाँटीको संक्रमण हुँदा, रुघा, खोकीमा प्रयोग गरिन्छ । साथसाथै अपच हुँदा र ग्यास्ट्रिकमा पनि यसको प्रयोग गरिन्छ ।

आयुर्वेदः यसको जराको धुलो प्राचीनकाल देखि दांतको दुखाईमा एव दन्तमंजन को रूपमा प्रयोग हुँदै आइरहेको पाइन्छ ।

अन्य औषधिः

अन्य औषधिको रूपमा यसलाई पेट दुख्दा र जुका पर्दा प्रयोग गरिन्छ ।

औधोगिकः

यसको व्यापारिक रूपमा दन्तमंजन बनाउन प्रयोग हुन्छ ।

उत्पादन र बजारः

कणर्णालीबाट निकै कम मात्रामा वज्रदन्तीको व्यापार हुने गरेको वन विभागको तथ्यांकले देखाउँछ । औपत २०० किलो प्रतिवर्ष व्यापार भएको तथ्यांक छ । यसको २०७८ साल को अनुमानित बजार मूल्य रु १५० - १८० (संकलनले पाउने मूल्य र रु २०० - २५० प्रति किलो (जिल्लाका व्यापारीले पाउने मूल्य) रहेको छ ।

संरक्षणको अवस्थाः

बञ्जदन्ती एक आवश्यक औषधीय विरुवा भएतापनि हालसम्म संरक्षणमा संलग्न निकायहरूको संरक्षण सूची जस्तै IUCN-category, CITES-category मा वजूदन्ती समावेश गरिएको छैन ।

Source : कर्णाली प्रदेशमा रहेका  व्यापारीक मह्त्वका जडिबुटिहरुको पहिचान पुस्तिका

सम्बन्धित विषय

थप समाचार