बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

निर्मसी

आइतबार, असार ३१ २०८१
12 views
निर्मसी

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय : 

निर्मसी बोट ७० से मी सम्म अग्लो हुने एकवर्षे वनस्पति हो। यसका पातहरू खण्डैखण्ड परेका ५ - १५ से मी सम्म नामी विरुवाको डाँठबाट निस्केको हुन्छ। यसको विरुवामा मसिना रौ जस्तो झुस हुन्छ। पातहरू छियाछिया परेको हुन्छ। निर्मसीको लाम्बो खाले प्याजी नीलो रङ्गका लामो पुच्छर भएको फूलहरू बोटको बीच भागबाट निस्केको डाँसमा फुल्छ र फूलमा मसिनो झुसहरू भएको हुन्छ । प्रत्येक प्रत्येक २-४ से.मी. काण्डका आख्ला बीचको दूरीमा निस्कने फुल एकतर्फी हुन्छ। यसको मूल जरा गाना गाढा पहेंलो रङ्गको हुन्छ। यसको गानाको स्वाद हल्का पिरो अलि तितो हुन्छ र अन्तमा टर्रो अनुभव हुन्छ ।

उपलब्धताः

यो समुन्द्री सतहबाट १,५०० २,५०० मिटरको उचाइसम्म पाइन्छ। यसको विरुवा हिमाली पाटनको भिरालो, पाखा, फांटमा हुर्केको पाइन्छ। कर्णाली प्रदेशका निम्न स्थानहरूमा निर्मसी पाइने अभिलेख रहेको छः मुगुः भयारि, डोल्पा, जुम्ला, हुम्ला ।

संकलन समयः

यसको गानो आश्विनदेखि कात्तिक महिनामा संकलन गर्नु राम्रो हुन्छ । व्यापारमा आउने भाग र यसबारे सामान्य जानकारीः यसको सुकेको जरा कडा ३७ में मी लामो र १२ से मी मोटो सोली आकारको हुन्छ। जग हल्का कालो-फसा तथा खैरो रंगको हुन्छ। जरामा स-साना गोला तथा हल्का चुच्चा परेका खतहरू हुन्छ । यसको जरा टगे, तितो र कोक्याउने हुन्छ ।

व्यापारमा आउने भाग र यसबारे सामान्य जानकारीः

यसको सुकेको जरा कडा ३ ७ से.मी. लामो र १ - २ से.मी. मोटो सोली आकारको हुन्छ । जरा हल्का कालो-फुस्रो तथा खैरो रंगको हुन्छ । जरामा स-साना गोला तथा हल्का चुच्चा परेका खतहरू हुन्छ । यसको जरा टर्रो, तितो र कोक्याउने हुन्छ ।

प्रयोगः

स्थानीयः यस विरुवाको गानो रूघाखोकी, ज्वरो, पहेंलो रोग, चोट, विष लागेको, दाँत र टाउको दुखेकोलाई लाभदायी हुन्छ ।

आयुर्वेदः यस विरुवाको जरा अमलपित्त, अल्सर, रुघाखोकी, ज्वरो, पहेंलो रोग, बाथरोग, चोट, विष लागेको, घाउ बिसाएको, दांत, टाउको दुखेको, रगत बगेको, पेटको विकार र छारे रोगलाई लाभदायी हुन्छ भने महिनावारी नखुलेका अवस्थामा महिलाहरूलाई पनि फाइदा गर्दछ ।

अन्य औषधिः निर्मसीको जरा विष लागेमा विषनाशकको रूपमा यसको प्रयोग गरिन्छ ।

उत्पादन र बजारः कर्णालीबाट प्रतिवर्ष ७३० किलो निर्मसी संकलन र व्यापार हुने गरेको छ (वन विभाग) । २०७७ सालमा कर्णालीबाट निर्मसी प्रति किलो अनुमानित रु ४००० - ५००० (संकलनले पाउने मुल्य) मा विक्री भएको थियो भने नेपालगञ्जमा यसको मूल्य अनुमानित रु ६१०० - ७००० प्रति किलो (जिल्लाका व्यापारीले पाउने मूल्य) थियो । कर्णालीबाट संकलित निर्मसी नेपालगञ्ज हुँदै मुख्य बजार भारततर्फ निर्यात हुन्छ ।

संरक्षणको अवस्थाः  नेपालमा ठूलो परिमाणमा अवैज्ञानिक तरिकाले कलिला जराहरू संकलन अत्याधिक हुने गरेको पाइन्छ । एक आवश्यक औषधीय विरुवा भएतापनि हालसम्म यस बनस्पति कुनै पनि संरक्षण सूचीमा परेको छैन ।

Source : 

सम्बन्धित विषय

थप समाचार