बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

पार्थेनियम (Parthenium hysterphorus L.) गाजर झार, C, पाति झार

सोमबार, साउन ७ २०८१
8 views
पार्थेनियम (Parthenium hysterphorus L.) गाजर झार, C, पाति झार

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः

गाजरघांस (पार्थेनियम) को उत्पति मेक्सिको र मध्य तथा दक्षिण अमेरिकामा भएको हो । गाजर झारको परिवार एमटेरेसी हो । भारतमा सन् १९५० मा अमेरिकाबाट गहुँको बिउसँग भित्रिएको थियो । भारतबाट गहुँको बीउसँगै नेपालमा भित्रेको पहिलो पटक नुवाकोटमा सन् १९६७ मा देखिएको (BB Shrestha 2014) । अहिले यो झार नेपालमा ठुलो समस्याको रुपमा देखिएको छ । खास गरी यो घाँस अनुपयोग जग्गा (बांझो जग्गा) जस्तै रेल्वे लाईन, नहर, सडकको छेउ, आवास क्षेत्र, सार्वजनिक स्थलहरु जस्तैः पार्क, स्कूल, कलेज शहर भित्रको खाली जग्गामा बढी देखिन्छ ।

यसको प्रकोप उदाहरणको लागि बिरगंज चिनी कारखानाको सडक, नारायणी सिंचाईको नहर र बिरगंज पथलैया सडकको छेउहरुमा प्रशस्त मात्रमा पाइन्छ । या झार बिभिन्न बाली जस्तैः तरकारी, गहुँ, मुसुम आलु, उखु तोरी र राजमा लगाइएको खेतमा पनि ठुलो समस्याको रुपमा देखा परेकोछ । यो झार बिरगंज, जीतपुर, पथलैया, हेटौडा, चन्दनिगाहपुर, जनकपुर, लाहान, नारायणघाट, बुटवल, भैरहवा र काठमाण्डौ उपत्यकाको बिभिन्न वांझो ठाउहरुमा प्रशस्त मात्रामा पाईन्छ ।

गाजर घास मानव र पशुको लागि धेरै नै हानीकारक छ । यसको प्रभावले मानिसलाई हिडडुल गर्दा  झारको बोट वो पातले जिउमा छुदा एवं सांस लिदा स्वास्थ्यमा प्रतिकुल असर गर्दछ । जस्तैः डरमेठाइटिस, एक्जिमा, एलर्जी, ज्वरो, दम र ब्रोंकाइटिस नै मुख्य हुन (DDe 2014)। यो झारको हावा पशुहरुमा लागे पछि लिभर, किडनी र पाचन कियालाई धेरैनै नराम्रो असर पुर्याउँदछ साथै यसको प्रभावले गाई, भैसीहरुको दुधमा पनि धेरै कमि आउँछ । डरमेटाइटिसले पशुमा सेप्टे सिमिया भई पशुहरु मर्ने हुन्छ । गाजर झार द्रुतगतिमा फैलिने भएकोले अन्य उपयोगी वनस्पतिहरु, स्थानीय जैविक विविधता र पर्यावरणमा प्रतिकुल प्रभाव पर्दछ ।

यसको पात धनीयाको पात जस्तो मिल्दोजुल्दा देखिने भएकोले बजारमा धनियाको पातसंग मिसाई बेच्ने गरिएको छ, जुन मानवको लागि धेरै नै हानिकारक घांस हो । यो एक बर्षिय घांस हो । यसको डांठ भुवाधार एवं धेरै हागा भएको हुन्छ र फुल सेतो र गोलो आकारको हुन्छ । यसको उचाई १.० - १.५ मिटर सम्म हुन्छ ।

जीवन चक्र : 

एउटा झारमा ५००० - १०००० सम्म बीउ हुन्छ । चिस्यान पाइएमा यसको बीउ २४ घण्टामा नै उम्रन्छ र बीउको उम्रने क्षमता ३-४ बर्षसम्म रहन्छ । यसले आफ्‌नो जीवनचक (Life cycle) ३-४ महिनमा पुरा गर्छ । एक बर्षमा ३ देखि ४ पुस्ता जस्तैः उम्रने, बढ्ने, फुललाग्ने र फुल पाकी वीउ झर्ने। हुन्छ ।

नियन्त्रण गर्ने तरिका : 

यस पार्थेनियम झार निम्न अनुसार नियन्त्रण गर्न सकिन्छ :

१. फुलफुल्नु भन्दा अगाडी उखेलेर डांठलाई राम्ररी जलाउनु पर्दछ ।

३. छिटो पाक्ने बाली लगाउनु पर्दछ । जस्तैः सनई डैचा, ग्वार, बाजरा इत्यादी लगाउने ।

४. फुलफुल्नु भन्दा अगाडी यो झारलाई उखेली नष्ट गरिदिने ।

५. पार्थेनियम भएको खाली जग्गालाई राम्ररी खनजोत गर्ने ।

६. फुलफुल्नु भन्दा अगाडी २-४, डी सोडियम साल्ट ८० डब्लु.पी. (०.५-१.० kg/ha) घाँसको प्रकोप हेरी ग्लाइफोसेट विषादी (१.० kga.i./ ha) and Metribuzin 0.3-0.5 kg a.i/ha)

७. Zygogramma bicolarata खपटे किराको प्रयोग गर्ने

८. कानुनी उपाय (Legal Measures, Law to control Parthenium in local and central level)

नोटः यो झार नियन्त्रणको लागि गाउँपालिका, नगरपालिका, स्कुल, कलेज, जिल्ला विकास  केन्द्र, वातावरण विभाग, एन.जि.ओ., आई.एन.जि.ओ., जिल्ला अस्पताल, कृषि र पशु तथा वन विज्ञान अध्ययन संस्थान सामुहिक रुपमा संलग्न हुने साथै जनस्तरमा जनचेतना र जागरुक अभियान चलाउने ।

राजेन्द्र कुमार भट्टराई नेपाल सरकार नेपाल कृषि अनुसन्धान परिषद् राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान बाली विज्ञान महाशाखा खुमलटार, ललितपुर

सन्दर्भ सूची (References) BB Shrestha 2014. Parthenium hysterophorus in Nepal: a review of weed status and possibilities for management. Weed Research 2014 D. De and K. Kanwar 2010. Contact dermatitis to Parthenium simulating lichen nitidus Indian Journal of Dermatology Venereology and Leprosy 2010 KP Bhurer 2013. Ghajar Ghas Dhuk Nimtaune Ghas. Regional Agriculture Research Station, Parwanipur, NARC. P Kher 2008. Transforming an obnoxious weed into gold. Merinews Power to people August 2019

सम्बन्धित विषय

थप समाचार