बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

साना चल्ला मर्ने समस्या

बिहीबार , साउन १० २०८१
7 views
साना चल्ला मर्ने समस्या

समाचार शेयर गर्नुहोस्

Share this news

कुखुरापालन व्यवसाय विगत एक देशकदेखि द्रुतगतिले फस्टाउँदै गएको तथ्य हाम्रो सामु प्रष्ट छ । कुखुरापालन व्यवसायमा पटक पटक विभिन्न समस्याहरूले धक्का दिने गरेको छ। कहिले रानिखेत कहिले मरेक्स रोग कहिले एग ड्रप सिन्ड्रोम, कहिले लिटिल हर्ट डिजीज र हिजो आज बर्डफ्लुको हल्लाले सताई रहेको छ । चल्लाको गुणस्तर राम्रो नभएमा सुरुको विभिन्न समस्याहरू देखा पर्दछ । मुनाफा कमाउनको लागि गुणस्तरीय चल्ला हुनु अनिवार्य छ । यसका लागि चल्लाहरू एकनास, फूर्तिला र आँखा चम्किलो हुनुपर्दछ ।

के कारणले मर्छन् चल्ला ?

चल्लाहरू धेरै कारणले मर्दछन् । ती कारणहरूमध्ये केही प्रमुख कारणहरू यसप्रकार छन् :-
 क) वंशानुगत कारण

ख) व्यवस्थापकीय कारण

ग) पौष्टिक आहाराको कारण (रोगको कारण)

क) वंशानुगत कारण यदि माउ कुखुराको वंश गुण राम्रो छैन भने चल्लाहरूको मृत्युदर बढ्दछ । यसैकारण कृक्षकहरूले कुन जातको चल्ला हो ? उत्पादकत्व कस्तो छ ? गुणस्तरीय छ कि छैन ? अध्ययन गरेर मात्र खरिद गर्नुपर्दछ । माथिका आवश्यकताहरू पुरा नभएका र कमसल खालको चल्ला भएमा त्यसबाट कृषकले ठुलो आर्थिक नोक्सानी व्यहोर्नु पर्दछ ।

ख) व्यवस्थापकीय कारण

चल्लाहरू हुर्काउदा विशेष ध्यान नदिनाले नै चल्लाहरू बढी मर्दछन् । बुडिन्न गर्दा निम्नअनुसारका बुँदाहरूमा ध्यान दिनु पर्दछ :

१. चल्ला हुर्काउने भुईं सफा र सुख्खा ३ इन्च मोटो सोतर हुनुपर्दछ ।

२. काठको धुलो वा अन्य मसिना कणहरू भएको सोतर राख्नु हुदैन । काठको धुलो चल्लाले खाएमा घाँटीमा
अड्किन गइ चल्लाको मृत्यु समेत हुन्छ ।

३. चल्ला हुर्काउने कोठाको भुइँमा चिल्लो तथा कागज र काठ आदि ओछ्याएको हुनु हुदैन । यस प्रकारको भुइँमा चल्लो राम्रोसँग खुट्टा तन्काउन पाउँदैन फलस्वरूप खुट्टा सधैंको लागि काम नलाग्ने हुन सक्दछ ।

४. सयवटा चल्लाहरूको लागि १८-२४ इन्च उचाइ भएको र ६-१० फिट चौडाइ भएको घेरा प्रयाप्त हुन्छ । चल्लाहरू ल्याउनु भन्दा २४ घण्टा पहिलादेखि नै आवश्यक तापक्रम बुडिन्न कोठामा कायम राख्नु पर्दछ ।

चल्ला हुर्काउने कोठामा बढी तापक्रम भएमा के हुन्छ ?
स-साना चल्लाहरूको शरीर मा ६०% पानी रहेको हुन्छ । लगातार आवश्यक भन्दा बढी तापक्रम भएमा चल्लाको शरीरबाट पानी घट्‌दै जान्छ । जसले गर्दा चल्लाको शरीरमा पानीको कमी हुन्छ । पानीको कमी १०% मात्र भएमा पनि चल्ला मर्न थाल्दछ । ब्रुडिङ्गमा बढी तापक्रम भएमा चल्लाहरूको दिसा मलद्वारमा टासिन गइ त्यसै कारणले पनि चल्लाहरू मर्दछन् । यदि बुडिङ्गको तापक्रम कम भयो भने पनि चल्लाहरूलाई निमोनिया हुन्छ । चल्लाको फोक्सो निलो हुन्छ । यस्तो अवस्थालाई बुडिङ्ग निमोनिया भनिन्छ । यसको अलवा कम तापक्रम भएमा चल्लाहरू एकै ठाउँमा थुप्रिने हुँदा
एक माथि अर्को खप्टिन गइ चल्लाहरू मर्दछन् । तापक्रम नपुगेका चल्लाहरूको रोगसँग लड्ने क्षमता कम हुने हुनाले चल्लाको पेटमा रहेको अण्डाको पहेलो भाग राम्रोसँग शरीरले नसोस्ने हुँदा सोको संक्रमणले पनि चल्लाहरू मर्दछन् ।

समाधानका उपायहरू

चल्लाहरूमा देखिने डिहाइड्रेसन (शरीरमा पानीको मात्रा कम हुने), सुली टाँसिने, निमोनिया हुने, एकै ठाउँमा थुप्रिने आदि समस्या समाधान गर्नको लागि चल्ला ल्याउनु भन्दा २४ घण्टा अगाडी देखिने ब्रुडिङ्ग गर्ने, कोठालाई तातो बनाई राख्नु पर्दछ । बुडिन गर्ने कोठाको सबै भागमा एकनासको तापक्रम
हुनु पर्दछ । तापक्रम नाप्नको लागि ब्रुडिङ्ग कोठामा थर्मामिटर राख्नु पर्दछ । ब्रुडिङ्ग गर्ने तापक्रम निम्न बमोजिम हुनु पर्दछ :-

पहिलो हप्ता : ९५ फरेन हाइट

दोस्रो हप्ता : ९० फरेनहाइट

तेश्रो हप्ता : ८५ फरेनहाइट

चौथो हप्ता : ८० फरेनहाइट

विषादी तथा चोटपटक :

साना चल्लाहरूमा विषादीको कराणबाट पनि १० प्रतिशत बढ्न जान्छ । हाम्रो देशमा चल्ला मरेपछि के कारणले मरेको छ भन्ने विषयमा त्यति ध्यान दिने गरेको छैनौ ।

 विषाक्त दाना :

दानामा ढुसी परेको छ वा दानामा विषादी पदार्थ मिसिएको छ भने चल्लालाई प्रत्यक्ष असर पर्दछ । दुसी परेको दाना खाएमा चल्लाहरू मर्दछन् ।

एमोनियाको विषाक्तता : 

झ्याल ढोका पर्दाले लामो समयसम्म कोठा बन्द गन्यो भने एमोनिया ग्याँस कोठा बाहिर जान पाउँदैन । चल्ला भएको कोठामा एमोनिया ग्याँस बढी भएमा चल्लाको आँखा पोल्ने, दाना कम खाने वल्लाको वृद्धिदर कम हुने, चल्लाको श्वास नलीमा असर गर्ने तथा रक्तश्राव हुने र अन्य जिवाणुहरूले समेत आक्रमण गर्ने भएकोले मृत्यु हुने गर्दछ । अतः एमोनिया ग्याँस १०० पि.पि. एम जति पुगेमा चल्लाहरू मर्दछन् । करीव २५ पि.पि.एम भन्दा बढी मात्रामा एमोनिया ग्याँस भएमा चल्लाहरूलाई असर गर्दछ ।

सोतरको विषाक्तता :

काठको धुलो सोतरको रूपमा प्रयोग गर्ने ठाउँमा टेनिनको विषादी हुने गर्दछ । जहाँ धानको भुस प्रयोग गरिन्छ त्यहाँ भुस चल्लाहरूले खाएर पनि चल्लाहरू मर्ने पाइएको छ ।

चोटपटक : 

चल्लाहरूलाई खोप दिँदा तथा अन्य कार्य गर्दा सावधानीपूर्वक चलाउनु पर्दछ । जथाभावी चल्लाहरू समाउँदा चोटपटक लागि मृत्यु समेत हुन सक्दछ ।

सापेक्षित आद्रता :

सापेक्षिक आद्रता बढी भएमा सोतर ओसिलो तथा चिसो हुन्छ । ओसिलो भएमा क्कसिडिया लगायत अन्य जिवाणुहरूले सजिलैसँग चल्लालाई आक्रमण गर्न सक्दछन् र चल्लाहरू मर्दछन् । सोतर ओभानो हुनु पर्दछ । सोतर मुठ्ठीमा लिएर भुइँमा फाल्दा डल्लो पर्नु हुदैन, ओभानो हुनु पर्दछ ।

मुसा, छुचुन्द्रो आदिको आक्रमण :

बुडिङ्ग गर्ने कोठाको पर्खाल, जाली, झ्याल, ढोका आदी राम्रोसंग वनाइएको छैन भने मुसा, छुचुन्द्रो, न्याउरी मुसा, स्याल आदी पसेर चल्ला मार्न सक्दछन घर बनाउँदा पक्का बनाउनु पर्दछ ।

अपर्याप्त ठाउं तथा पानीका भाडाहरू :

चल्लालाई हुर्काउन के कति ठाउँको आवश्यकता पर्दछ सो हिसाव गरेर मात्र चल्ला राख्नु पर्दछ । सानो ठाउँमा धेरै चल्ला राख्यो भने एक ठाउँमा भिड हुने सोतर चिसो हुने समस्या देखिन्छ । त्यसैगरी दाना र पानी दिने भाडा कम भएमा चल्लाहरूको आपसमा दाना पानी खान प्रतिस्पर्धा हुन्छ । कमजोर चल्लाहरू दाना पानी नै खान नपाएर मर्न पनि सक्छन् । अब कति स्क्वायर
 फिटमा कति चल्ला राख्ने कति दाना र पानीको भाडो राख्ने भन्ने व्यवहारिक ज्ञान प्रत्येक कुखुरा पालकलाई हुन अति जरूरी छ ।

ग) पौष्टीकताको कारण :

चल्लाको पेटमा हुने पहेलो भागले चल्लालाई अण्डावाट बाहिर नस्केिको ४८-७२ घण्टाको समयसम्मको लागि खानेकुरा प्रदान गर्दछ । यसमा प्रशस्त भिटामिन र माउ कुखुराबाट प्राप्त हुने प्रतिरक्षात्मक शक्ति रहेको चल्लाहरूको वृद्धिदर खसा गरी चल्लाको आन्द्राको अवस्थाले निर्धारण गर्दछ । आन्द्राको अवस्था छिटो विकसित भएमा चल्लाको वृद्धिदर पनि बढ्दछ । चल्लाको सुरुको दिनमा गड्बडी भएमा उत्पादनमा कमि आउँदछ ।

चल्लाहरूलाई दानाको भाडो ताताको श्रोतको नजिक राख्नु पर्दछ । यसो भन्दैमा बल्भको ज्यादै नजिक पनि राख्नु हुदैन । ताजा दाना मात्र चल्लाहरूलाई दिनु पर्दछ । ज्यादै धुलो दाना दिएमा पनि चल्लाहरू मर्ने सम्भावना हुन्छ । दाना ज्यादै खस्रो भएमा पनि पाचन प्रणालीमा अम्लीयपन विकसित भै चल्लाको मुत्यु हुन्छ । खासगरी मकैको टुकाहरू साना साना हुनु जरूरी छ । कहिलेकाहीँ काहि झुक्किएर २-३ नं. को दाना खुवायो भने पनि चललाहरू मर्दछन् । भिटामिनहरूले चल्लाहरूको शारीरिक वृद्धिदर तथा मृत्युदरमा निकै ठूलो भूमिका खेलका हुन्छन् ।

भिटामिनको कमीबाट चल्लाको मृत्यु हुने गर्दछ । भिटामिनको कमिबाट चल्लाहरू नबढ्ने आँखाबाट आँसु आउने लडाउने खुट्टा बाँगिने, प्वाँख नआउने कमजोर हुने आदि लक्षणहरू देखिन्छ । खास गरी भिटामिन ए.डि.इ र के को ज्यादै कमी भएमा चल्लाको मृत्युदर बढ्दछ । विभिन्न भिटामिनको कमीबाट भिन्न भिन्न प्रकारका लक्षणहरू चल्लाहरूमा देखा पर्दछ । चल्लाहरूमा कुनै पनि समसवा देखिएमा दक्ष पशु चिकित्सकसँग प्राविधिक राय सल्लाह लिएर मात्र उपयुक्त औषधि खुवाउनु पर्दछ ।

रोगको कारण :

रोगको कारणबाट चल्लाहरूको मृत्युदर निकै बढ्दछ । खासगरी पेट भित्रको अण्डाको पहलोको भागमा रोगका संक्रमण भनै चल्लाहरू मर्दछन । यसको साथै फोक्सो तथा कलेजोमा विभिन्न असरहरू देखिन्छ । धेरैजसो रोगहरू सिधै माउ कुखुराहरूबाट चल्लामा सर्ने गर्दछन् । कतिपय रोगहरू ह्याचरीबाट सर्ने गर्दछन् । जस्तै : साल्मोनेला माइकोप्लाज्मा, एडिनो भाइरस आदि रोगहरू यस अन्तर्गत पर्दछन् । अण्डा नै संक्रमण भएर रोग सर्न पनि सक्दछ, जस्तै : इ- कोलाई, स्टेफाई लोकोकस आदि जिवाणुहरूको असरले अण्डाभित्र भुण नै मर्ने, चल्ला अवस्थामा मर्ने र स-साना चल्लाहरू मर्ने समस्या देखिन्छ । साना चल्लाहरूको मृत्यु हुने प्रमुख रोगहरूमा साल्मोनेला र कोलीवेसिलोसिस देखिन्छ । त्यसवाहेक श्वास प्रश्वासको रोग (सि.आर.डि.) गम्बारो रोगले पनि चल्लाहरूलाई निकै सताउँदछ । आफ्ना कुखुराहरूमा असामान्य अवस्था देखियो या मृत्यु भएमा दक्ष पशु चिकित्सककहाँ पोष्टमार्टम गर्न लैजानु पर्दछ । कुखुराहरूलाई चिरेर हेरेपछि के कस्तो रोगबाट मृत्यु भएको हो केही हदसम्म छुट्याउन सकिन्छ । रोग पत्ता लगाएपछि सो रोगविरूद्ध औषधि खुवाएमा चल्ला हरूको मृत्युदर निकै घटेर जान्छ ।

साना चल्लाहरूको मृत्युदर घटाउने उपायहरू : 

१. स्वस्थ, फुर्तिला र आँखा चम्किला भएका गुणस्तरीय चल्लाहरू मात्र खरिद गर्नु पर्दछ ।

२. चल्लाहरू ल्याउनु अगावै ब्रुडिङ्गको तापक्रम कायम राख्ने र उचित व्यवस्था मिलाउने ।

३. चल्ला हुर्काउने कोठाको नजिकै अन्य उमेरका कुखुराहरू राख्नु हुदैन ।

४. एउटै घरमा कम्पाउण्डमा विभिन्न उमेर समूहका कुखुराहरू पाल्नु हुदैन ।

५. कुखुराको घर या खोरको जैविक सुरक्षाका उपायहरू अपनाउनु पर्दछ ।

६. अनावश्यक रूपमा मानिसहरू आवतजावत गर्न दिनु हुदैन ।

७. कुखुरा फार्ममा जङ्गली जनावर, चराचुरुङ्गी, मुसा आदि पस्न दिनु हुदैन ।

८. चल्लाहरू ढुवानी गर्दा सकभर नजिकको दुरीमा ओसार पसार गर्नु पर्दछ । लामो दुरीमा ढुवानी गर्दा तनाव धपेडीको काणवाट चल्लाहरू कमजोर हुन्छन् ।

९. चल्ला पाल्नु अगाडि आफूसँग उपलब्ध क्षेत्रफल र चल्लाह राख्न सकिने क्षमताबारे यकिन गरेर मात्र आवश्यक मात्रामा चल्ला राख्नु पर्दछ । सानो ठाउँमा धेरै चल्लाहरू राखेमा पनि चल्लाहरू मर्न सक्छ ।

१०. खोप तथा ओषधि दिँदा ठाउँ सार्दा हल्का ढङ्गबाट चल्ला चलाउनु पर्दछ । जथाभावी चल्ला समाउँदा तनाव उत्पन्न हुन्छ ।

११. सिफारिस गरिए अनुसारको गुणस्तरीय खोप लगाउनु पर्दछ । खोप खरिद गर्ने पसलमा बिजुली नभएको अवस्थामा खोपहरू सुरक्षित राख्ने गरिएको छ छैन यकिन गरेर मात्र खरिद गर्नु पर्दछ । बिजुली कहिलेकाँही नभएको समयमा जेनेटरको व्यवस्था हुनु अति जररी छ । अन्यथा खोपले काम गर्दैन ।

Source : Krishi Gyan 

सम्बन्धित विषय

थप समाचार