मानव पोषणकालागि अपरिहार्य सस्तो र सर्वशुलभ प्रोटिनको श्रोतको रूपमा रहेको अण्डा र कुखुराको मासु उत्पादनसँग सम्बन्धित कुखुरापालन व्यवसाय पछिल्लो समयमा निकै फस्टाउँदै गइरहेको छ । व्यवसाय लाभप्रद हुँदाहुँदै पनि राम्रो व्यवस्थापन गर्न नसक्दा र उच्चत्तम जैविक सुरक्षा नअपनाउँदा कुखुरामा रोगको प्रकोप बढ्दै गएकोले कतिपय किसानहरू यस व्यवसायबाट पछि हट्नु परेको छ ।
नेपालको तराई क्षेत्रमा फागुन महिनाको अन्त्य देखि गर्मी मौसम शुरु भई असोज महिनाको मध्य सम्म रहन्छ । नेपालको गर्मी मौसम दुई भिन्न प्रकारको हुन्छ । फागुन देखि जेष्ठ सम्म गर्मी र सुख्खा मौसम हुन्छ भने असार देखि असोज सम्म गर्मी साथै असिलो मौसम हुन्छ । यी दुवै यामहरू कुखुराका लागि कष्टप्रद हुन्छन् । गर्मी मौसम किसानले उच्च सतर्कता अपनाई खोरको व्यवस्थापन चुस्त राख्ने जसको फलस्वरुप कुखुरामा हुने गर्मीको तनाव (Heat Stress) कम गर्ने, रोगको प्रकोपको न्यूनिकरण गर्ने र कुखुराबाट अधिक्तम उत्पादन लिई व्यवसायलाई अगाडि बढाउनु पर्दछ ।
यदि कुखुराको शरिरमा उत्पन्न हुने ताप भन्दा कुखुराको शरिरबाट बाहिरिने ताप कम छ भने, कुखुराले गर्मी महसुस गर्दछ । कुखुराको आनिवानिमा परिवर्तन आउँछ र कुखुरालाई तनाव हुन्छ । यस्तो तनावलाई गर्मीको तनाव (Heat Stress) भनिन्छ । फूल पार्ने अवस्थाका लेयर्स तथा ६ हप्ता उमेरका ब्रोइलरका लागि १८० देखि २१० से उपयुक्त तापमान भएता पनि २४० देखि ३०° से सम्म कुखुराले सहन सक्ने तापमान मानिन्छ । शरिर भित्र उत्पन्न हुने ताप कम गर्न चार भिन्दा भिन्दै पद्दतिहरू अपनाउने गर्दछ ।
1. Radiation :
छालाको माध्यमबाट बाहिर फाल्नु ।
2. Conduction :
चिसो वस्तु (कम तापक्रम भएको वस्तु) सँग छोएर वा प्रत्यक्ष सम्पर्कमा रहेर ।
3. Convection :
वरपरको हावाको प्रवाहसँग शरिरको तापक्रम मिलाएर
4. Panting :
चुचो खोली, टाउको ठाडो पारी छिटो छिटो सास फेरेर (धकेर)
गर्मीको तनावका कारण हुने बेफाईदाहरू :
क) कुखुराको बृद्धिदरमा कमी आउनु, छिमले हुनु वा बृद्धिमा रोकावट आउनु
ख) रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु
ग) अण्डा उत्पादनमा कमी आउनु
घ) दाना खपतमा कमी आउनु
ङ) दाना रुपान्तरण अनुपात नराम्रो हुनु
च) प्रजनन क्षमता हास आउनु
छ) शरिरमा Electrolyte र
खनिजको सन्तुलन खल्बलिनु
Heat Stress को कारपाले कुखुराको आनिबानिमा देखिने परिवर्तनहरू :
१. चुच्चो उघारेर, टाउको ठाडो पारी छिटो - छिटो सास फेर्नु (अत्याधिक धक्नु)
२. पखेटा फैलाएर उभिनु जिड्यिन्त्र पर्नु
३. दानाको खपतमा कमी आउनु
४. पानीको खपतमा वृद्धि हुनु
Biochemical परिवर्तनहरू :
१. Plasma cortisol को मात्रा वृद्धि हुनु
२. प्रोटिन र बोसो शरिरबाट छिटो छिटो नष्ट हुनु
३. Free Radicals को संख्या वृद्धि हुनु
४. शरिरबाट कार्बोनडाई अक्साइड बढि मात्रामा बाहिरिदा Alkalosis हुनु
५. Electrolyte को सन्तुलन विग्रीनु
उत्पादनमा देखिने असरहरू :
१. अण्डाको बोक्रा पातलिनु ।
२. अण्डाको आकार सानो हुनु र उत्पादन घट्नु ।
३. कुखुराको वृद्धिदरमा ह्रास आउनु ।
४. दाना रुपान्तरण अनुपातमा विग्रिनु ।
Pathological परिवर्तनहरू :
१. ब्रोइलर कुखुराले बढि मात्रामा पातलो छेर्नु ।
२. रोगको प्रकोप बढेर जानु ।
३. मृत्युदरमा बृद्धि हुनु ।
४. रोग प्रतिरोधात्मक क्षमता कमी आउनु ।
५. खुट्टा कमजोर हुनु र खुट्टा सम्बन्धि विभिन्न समस्या देखा पर्नु ।
गर्मीको तनाव मौसमका कारणले हुने हुँदा यसलाई पन्छाउन गाह्रो हुन्छ । तर व्यवस्थापनमा केहि
व्यवस्थापनमा ध्यान दिनु पर्ने कुराहरू :
१. सितल समयमा (विशेष गरी विहान वा साँझमा) मात्र दाना दिने ।
२. पानीका भाँडाहरू थपिदिने ।
३. चिसो पानी पटक पटक फेरिदिने ।
४. अत्याधिक गर्मी भएको समयमा कुखुरालाई आराम सँग आ-आफ्नो स्थानमा बस्न दिने, उनीहरूको आनीबानीमा खलल नपुऱ्याउने ।
५. अत्याधिक गर्मी दिनमा चुच्चो नकाट्ने / नडाम्ने, भ्याक्सीन दिने तथा ओसारपसार गर्ने ।
६. औषधीको मात्रा शारीरिक तौल अनुसार हिसाब गरी पानीमा मिसाउने, गर्मी मौसममा बढि पानी खपत गर्ने हुँदा पानीको मात्रा सँग औषधी हिसाब गर्दा अनावश्यक मात्रामा औषधी बढि प्रयोग हुन जान्छ । जसले नकरात्मक असर गर्न सक्छ ।
७. कुनै पनि अवस्थामा पानी बन्द नगर्ने ।
८. हावाको प्रवाह बढाउन Ventilation को उचित व्यवस्था मिलाउने ।
९. छाना माथि पानीका फोहोरहरू छर्कने ।
१०. सानो ठाउँमा बढि कुखुरा कहिल्यै नराख्ने, गर्मी मौसममा अन्य समयमा भन्दा २५% बढि स्थान दिनु राम्रो हुन्छ ।
११. मास दाना भन्दा पेलेट दाना खुवाउने, दाना खपत बढाउन दानालाई भिजाएर खुवाउनु राम्रो हुन्छ ।
१२. कुखुरालाई एक ठाँउबाट अर्को ठाँउमा सार्नु परेमा राति मात्र सार्ने ।
१३. सूर्यको प्रकाशको प्रभाव कम गर्न छाना माथि खर वा पराल लगाई दिने । जस्ता वा टायलको छानामा सेतो रंग लगाउँदा प्रकाश परीवर्तित भई खोरभित्र तापक्रम कम गर्न मद्दत पुग्छ ।
१४. खोर भित्र मेशिनको पानीको फोहोरा छर्ने यन्त्र जडान गर्न सकिन्छ । दानामा परिवर्तन (पोषण व्यवस्थापन
दानामा परिवर्तन (पोषण व्यवस्थापन) :
१. मास दाना भन्दा पेलेट दाना खुवाउनु राम्रो हुन्छ ।
२. दानामा शक्तिको मात्रा वृद्धि गर्ने जसका लागि तेलको मात्रा बढाउने र कार्बोहाइड्रेट कम गर्ने, फल स्वरुप दाना खपतमा वृद्धि हुन्छ ।
३. CP% कम गर्ने जसमा कारण शरिरमा उत्पन्न हुने ताप कम हुन्छ ।
४. सहजै पचाउने Amino Acid जस्तै Methoinine/Lysine को प्रयोग १०% ले वृद्धिगर्ने।
५. DLM भन्दा MHA को प्रयोग गर्ने ।
६. प्रसस्त मात्रामा चिसो पानी उपलब्ध गराउने । जसले गर्दा दाना खपतमा १५% सम्म बृद्धि ल्याउन सकिन्छ भने उत्पादनमा १०% सम्म वृद्धि ल्याउन सकिन्छ । चिसो पानी खुवाउन जोड गर्ने ।
७. प्रयाप्त मात्रामा Vitamin E (रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न), Vitamin C (अण्डाको बोक्रा राम्रो राख्न, प्रजनन् क्षमता सुधार ल्याउन तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न), Electrolytes (लवणको सन्तुलन कायम गर्न) र Probitotics (आन्द्रामा फाइदाजनक व्याक्टेरीया स्थापित गर्न) प्रयोग गर्ने ।
८. लेयर्सको दानामा कम्तिमा १५% Calcium थप गर्ने।