बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

बर्ड फ्ल्यु (Highly Pathogenic Avian Influenza,Bird flu)

सोमबार, साउन १४ २०८१
9 views
बर्ड फ्ल्यु (Highly Pathogenic Avian Influenza,Bird flu)

समाचार शेयर गर्नुहोस्

Share this news

हाईलि प्याथोजेनिक एभिएन ईन्फ्रल्युन्जालाई H5N1  बर्ड फ्ल्यु पनि भनिन्छ । यो अति संक्रामक घातक सरुवा रोग हो । यो रोग साधारण अवस्थामा पन्छी जातीमा मात्र लाग्ने रोग हो । तर अहिले आएर यो रोग मानिस लगायत अन्य पशुहरुमा  समेत देखिएको छ । यो Orthomyxo virus को कारण बाट  लाग्ने रोग हो । यो RNA प्रकारको भाईरस हो । यो विषाणु अति संबेदनशिल हुनका साथै आफ्नो जैविक संरचना आफै बदलि (म्युटेट) रहन्छ । त्यसकारण पनि यसको रोकथाम तथा नियन्त्रणका लागि समस्या परेको छ । यसले विश्व भरी त्रासको वातावरण श्रृजना गरेको छ । यो रोग १९९७ मा हंकङमा पहिलो पटक प्रमाणित भएको थियो । त्यतिबेला ८ जना मानिसको मृत्यु भएको थियो । ती सबै मानिसहरु पन्छीसँग प्रत्यक्ष सम्पर्कमा रहने व्यक्तिहरु थिए ।

हालसम्म संसार भरी करिब ६०० मानिसको मृत्यु भएको छ । यस विषाणु बाट १९१८ मा  Spanish flu  को कारण करिब ४ देखि ५ करोड  मानिस हरुको मृत्यु भएको थियो भनिन्छ । त्यति बेलाको विषाणु H5N  नभएर H1N1 थियो । योज्ज्ञल्ज्ञ विषाणुलाई सबै बर्ड फ्ल्युको आमा भनिन्छ । नेपाल  मा सर्व प्रथम Pathogenic Avian Infl uenza H9N2  को पहिचान ई.सं. २००७ सालमा भएको थियो । जुन नमूना म स्वयंले चितवको विभिन्न ब्रिडर तथा अन्य ठूला फार्महरु बाट ल्याईएको थियो । जुन फार्महरुमा ईन्फेक्सियस ब्रोङ्गकाईटिस् भनि पटक पटक सो सम्बन्धी खोप प्रयोग गर्ने गरेको पाईएको थियो ।

अहिले पनि चितवनमा सरकारले स्वीकृती नदिए पनि ब्रिडर र ठूला फार्महरुले खोप लगाउने गरेका छन् । यो रोगको पटक पटक प्रकोप कुखुराको संख्या धेरै हुने जिल्लाहरु तथा ओसारपसार बढी हुने स्थानहरुमा देखिएको छ । यसको कारण पनि यो रोगलाई फैलन नदिनका लागि संकटकालीन विगतमा कार्य योजना वनाई लागु गरिएको थियो । बर्ड फ्ल्यु रोगका विषाणुको वरीपरी खोल हुन्छ जसले गर्दा विषाणु कुन पनि  साबुन वा अन्य निसंक्रमण गर्ने रासायनिक पदार्थबाट सजिलैसँग नष्ट वा निष्कृय गर्न सकिन्छ ।

साथै अत्यधिक तापक्रम र सुख्खापनबाट पनि यी बिषाणुहरु सजिलै मर्दछ । यो विषाणु कुखुराको सूलीमा १०५ दिनसम्म जिवितै रहन सक्दछ र ४ दिन सम्म पानीमा २२º सेल्सियसमा जिवीत रहन सक्दछ, ६०º सेल्सियसमा ३० मिनटमा पुरै नष्ट हुन्छ, विश्व स्वास्थ्य संगठन  अनुसार ७०º सेल्सियसमा १५ मिनट भित्रमा तथा अम्लिय वातावरणमा सजिलै यो विषाणु निष्कृय हुन्छ । यिनीहरु बाहेक पनि प्रयोगशालामा प्रयोग गरिने Ethanol, iodine, formalin  लगायत चलन चल्तीका निसंक्रमण गर्ने रसायनहरुको प्रयोगबाट पनि यो बिषाणु सजिलै निष्कृय हुन जान्छ । त्यसैले यस प्रकारको घातक विषाणुको सम्बन्धमा हामी सबैले जान्न जरुरी हुन्छ । यो Highly Pathogenic Avian Infl uenza  विषाणुले पन्छीमा रोगले गर्ने असरको आधारमा २ प्रकारमा विभाजन गर्न सकिन्छ ।

रोग कारण :  Avian Infl uenza चीनबाट शुरु भई विश्व भरी फैलिसकेको अवस्था छ । यसमा पनि H5N1 प्रजातीबाट हुनेलाई संक्रमणलाई Highly Pathogenic Avian Infl uenz भनिन्छ । Avian  Infl uenza  भने पछि सबैजना त्रसित हुने भएकाले यसको बारेमा सबैले जान्न आवश्यक हुन्छ । खास गरी Avian Infl uenza ३ प्रकारको हुन्छ ।  Avian Infl uenza Type A, B  C . Type A,   ले मानिस लगायत अन्य पशु पन्छीलाई समेत असर गर्दछ । तर Type B / C बाट मानिसमा रोग लागेको पाईएको छैन् ।

पन्छीबाट पन्छीमा

रोगबाट संक्रमित वा प्रदुषित भाँडाकुँडा, हावा, दानापानी, सुली, माटो मानिसले प्रयोग गरेका जुत्ता आदिबाट एउटा फार्मबाट अर्को फार्ममा संक्रमण हुन जान्छ । हिउँदको महिनामा बसाई सरेर आउने पन्छीहरुको माध्यमबाट स्थानीय पन्छीहरुमा सर्दछ ।

पन्छीबाट मानिसमा

रोगबाट संक्रमित पन्छीसँगको प्रत्यक्ष सम्पर्कबाट पन्छीबाट मानिसमा सर्दछ । यो रोगले हाल सम्म ९—५० वर्ष उमेरका मानिसहरुमा असर गरेको पाईएको छ ।

पन्छीमा देखिन लक्षणहरु

- पन्छीहरु एक्कासी मर्न थाल्दछन् ।

- खुट्टाको मासुमा र छातीमा रगतका धब्बाहरु देखिनु ।

- मुटुमा पनि रगतका धब्बा देखिने ।

- प्यान्क्रियाज तथा रक्त श्राव देखिनु ।

विषाणुको प्रकार  (Type of Virus) : 

विषाणुको सतहमा भएका प्रोटिन १६ वटा हिमाग्लुटिनिन (जसलाई ज् भनिन्छ) र ९ वटा न्यूरामिनिडेज (जसलाई ल् भनिन्छ) को आधारमा यो विषाणुलाई २ उपप्रजातीहरुमा विभाजन गरिएको छ ।

1. Highly Pathogenic Avian Infl uenza HPAI: H5N1, H7N3, H5N6, H7N7, H7N9.
2. Low Pathogenic Avian Infl uenza LPAI: H3N2, H6N1. H9N2, H10N7 H10N8.

यी दुवै प्रकारका विषाणुले मानिसमा असर गर्दछ ।

१. अति घातक एभिएन ईन्फलुएन्जाः Highly Pathogenic Avian Infl uenza H5  र H7  उपप्रजातिका विषाणुहरुको कारणबाट लाग्ने बर्ड फ्ल्यु विश्व पशु स्वास्थ्य संगठन (OIE)  को सूचिमा ब् समूहमाको  (List A disease  वर्गमा पर्दछन् ।Avain Infl uenza Type A  विषाणुका विभिन्न उपप्रजातीहरु मध्ये  H5N1 (Asia) /H7N7 (Europe)   ले मात्र हालसम्म मानिसमा रोग लागेको पाइएको छ । पन्छीमा अन्य उपप्रजातीका विषाणुहरुले गर्दा लाग्ने रोग सामान्यतया मानिसमा सजिलैसँग सर्न सक्दैन वा फाट्ट्फुट्ट रुपमा मात्र सर्ने गर्दछ । साधारण अवस्थामा वर्ड फ्ल्यु संक्रमित जल चराहरुले रोगको लक्षणहरु देखाउँदैनन् । यो रोग अति तिक्ष्ण तरिकाले आक्रमण गरी अकस्मात धेरै कुखुराहरु (१००५ सम्म) कुनै पनि लक्षण नदेखाई एकै चोटी १–२ दुई दिन भित्रै मर्ने गर्दछ ।

यसका मुख्य लक्षणहरु :  झाेंक्राउने, दानापानी कम खाने, कराउने चलवल गर्न कम गर्ने, बाह्य वातावरणको प्रभाव नपर्ने, लत्रेर सुत्ने, जलवियोजन (Dehydration)  हुने, वेहोस हुने र मर्ने हुन्छ । अकस्मात फुल उत्पादन कम वा बन्द हुने (३–५ दिन भित्रमा) । बढी उमेरका कुखुराको घाँंटी बटारिने, आंशिक वा पूर्ण पक्षाघात हुने, शरीर दुख्ने, घुम्ने, तर्सने र काम्ने, सेतो, हरियो, मासी जस्तो छेर्ने, आँखा रातो तथा भिजेको हुने हुन्छ ।

२. कम घातक एभिएन ईन्फ्ल्युएन्जाः(Mild/Low Pathogenic  Avian Infl uenza,LPAI) लोप्याथोजेनिक जसमा मृत्युदर एकदमै कम हुन्छ र यस प्रजातीबाट अहिलेसम्म मानिसमा रोग लागेको पाइएको छैन । यस प्रजातीबाट संक्रमण भएपछि पन्छीहरुले रोगका लक्षणहरु नदेखाउने देखि लिएर मध्यम खालको लक्षणहरु देखि केही मात्रामा मात्र लक्षण देखाउने गर्दछ । तर अहिले आएर यसबाट पनि मृत्युदर बढेको पाईएको छ । यसका लक्षणहरु पन्छीले फुल उत्पादन घटाउने, श्वास प्रश्वास प्रणालीमा असर गर्ने र ५ प्रतिशतसम्म मृत्यु दर हुन्छ । 

नेपालमा सबै भन्दा पहिला चितवनको ब्रिडर फार्महरुबाट संकलन गरी ल्याईएका रगतका नमूनाहरुमा परिक्षण गर्दा सन् २००७ प्रजाती  H9N2 LPA  देखिएको थियो ।   रोग निदानका लागि केन्द्रिय पशु रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर, राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला चितवन र पाँचवटा क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशालाहरुमा र मानिसमा रोग निदानको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण गरिने गरी व्यवस्था मिलाईएको थियो । जिल्ला पशुसेवा कार्यालय मार्फत नमुनाहरु संकलन भई यी  प्रयोगशालामा पठाउन सकिन्छ । ज्छल्ज्ञ नियन्त्रण गर्न सकिन्छ ।


जोखिमका कारणहरु
नेपालमा स्थानीय जातका कुखुराहरु खुल्ला रुपमा जथाभावी पाल्ने, काट्ने, वेच्ने र राख्ने गरेको पाईन्छ । राजधानीको मुटुमा   रहेको वीर अस्पताल वरिपरि हेयौ, जहाँ बिरामीको चाप धेरै हुन्छ, लगाएत अन्य स्थानहरुमा जहाँ मानिसको आवतजावत  बढी हुन्छ त्यहाँ खुला रुपमा स्थानीय जातका कुखुरा, हाँसहरु तथा अन्य पन्छीहरु खुलेयाम राखेको र बेच्ने गरेको देखिन्छ ।

जस्ले गर्दा यस रोगको प्रकोप यी स्थानहरुमा भएको बेलामा जनस्वास्थसँंग प्रत्यक्ष सम्बन्ध राख्दछ । किनकी स्थानीय जातका कुखुरा, हांँस, बसाई सरेर आउने पन्छीहरु र जंगली पन्छीहरु यो विषाणुको मुख्य श्रोतको रुपमा मानिन्छ । सुन्धारा, लगनखेल, बालाजु, चाबेल आदि जुन ठाउँमा मानिसहरुको भिड र हलचल बढी हुन्छ त्यस्ता ठाउँहरुमा यस कार्यलाई रोक्न प्रतिबन्ध लगाउन उचित देखिन्छ । साथै नेपाल सरकारले  जिवित पन्छी बेच्ने एउटा निर्धारित स्थान तोक्नु पर्ने देखिन्छ ।

पशुपन्छी जथाभावी बध गर्ने कार्यमा पनि रोक लगाउन पर्ने हुन्छ । त्यसका लागि सम्बन्धित नियमावली पशु सेवा विभागले कडाईका साथ लागु गर्नु पर्ने हुन्छ । सन् १९९७ भन्दा अघि हंकङमा पनि यस्तै अवस्था थियो तर पछि रोगको प्रकोप भए पछि त्यसलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । हालसम्म एशियामा ८ अफ्रिकामा ९, युरोपका ३० देश हरुमा गरी ४७ देशहरुमा यो रोग भएको पुष्टि भईसकेको छ ।  नेपालमा हालसम्म २२ जिल्लामा रोगको प्रकोप भएको पाईएको छ ।

प्रत्यक्ष रुपमा जोखिमको अग्र पङ्गतीमा पर्नेहरु : 

नेपालमा जस्तै एशियाका अन्य देशमा पनि कुखुरा र मानिस एउटै घरमा वा कोठामा वस्ने, खाने र सुत्ने गरेको पाईन्छ । यस्ता मानिसहरु ह्याचरी, पोल्ट्री फार्मका काम गर्ने कामदारहरु, कुखुराको सुली सम्बन्धि काम गर्ने, पन्छी औषधी   उपचारमा संलग्न व्यक्तिहरु, प्रयोगशालामा रोग निदान कार्य गर्ने प्राविधिक तथा रोगको प्रकोप भएमा रोगको रोकथाम तथा नियन्त्रण कार्यमा सम्लग्न व्यक्तिहरु, कुखुरा, अन्य पन्छी पन्छीजन्य पदार्थ विक्रेताहरु, सोही कारोबारमा संलग्न अन्य व्यक्तिहरु, पशु बधशालामा काम गर्ने व्यक्तिहरु, उपरोक्त माथि उल्लेखित समुहका परिवारजनहरु प्रत्यक्ष जोखिमको पंक्तीमा पर्दछन् । यो रोग जो सुकैलाई पनि लाग्न सक्ने भनिएको भएता पनि दिर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु र श्वासरप्रश्वास सम्वन्धि रोग भएका व्यक्तिहरुलाई  चांडो सर्ने सम्भावना बढी देखिन्छ ।

उपभोक्तालाई सुझाव  : 

कुनै क्षेत्रमा यो रोगको प्रकोप देखिएमा रोग संक्रमित क्षेत्रमा  पन्छी, पन्छीजन्य पदार्थ, सुली प्वाँख र यसबाट बनेका  बस्तुहरुको बेचबिखन सवारी साधन, मानिसको आवत जावत लगायत सम्पूर्ण पशुपन्छी बेचबिखन गर्ने बजार आदि बन्द  गरिन्छ ।

सरकारको तर्फबाट : 

देशका सवै जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला पशुसेवा कार्यालयका यापिड रेस्पोन्स टिमहरु लगायत सवै पशु क्वारेन्टाईन कार्यालय र चेक पोष्टहरुलाई सतर्कताको अवस्थामा राखिएको । रोग देखिएका देशबाट पन्छी, अप्रशोधित मासु तथा अन्य पन्छीजन्य पदार्थको आयातमा पूर्ण प्रतिवन्ध लगाइएको छ । पन्छी तथा पन्छीजन्य पदार्थको क्वारेन्टाईन पद्धती, रोगको सर्भेक्षण तथा अनुगमनमा जोड दिइएको छ । यो रोगलाई भित्रन नदिन संकटकालीन कार्य योजना वनाई लागु गरिएको थियो ।

यो रोगको तथ्य सूचना संप्रेषणको लागि व्यवस्था गरिएको छ । यसै सन्दर्भमा विश्व बैंकको सहयोगमा पशु सेवा विभाग र स्वास्थ्य सेवा विभाग अन्र्तगत राष्ट्रिय स्तरमा ४ वर्षे बर्ड फ्ल्यु नियन्त्रण आयोजना संचालन गरिएको थियो । यो रोग अन्य रोगहरु तथा अन्य प्राकृतिक प्रकोप जस्तै, आकस्मिक र अप्रत्याशित रुपमा आउने हुंँदा, जोखिम लिनु  भन्दा आफ्नो घर (परिवार, छर छिमेक र राष्ट्रलाई सधैं सुरक्षित राख्न समयमा नै सचेत भई बर्ड फ्ल्यु सम्बन्धी सत्य थ्य जानकारी लिनु र रोग नियन्त्रणमा सहयोगिको भूमिका निर्वाह गर्न सबै नागरिकको सामूहिक प्रयास हुन नितान्त जरुरी छ ।

नेपालमा यो रोगको विषाणुको प्रयोगशाला परिक्षण माथि भनिए झै विभिन्न प्रकारका परिक्षणहरु ग्।री विषाणुको प्रजाती छुट्टाउन सकिन्छ । हाम्रा छिमेकी देशहरुमा पटक पटक यो रोगको प्रकोप भई राखेको अवस्थामा नियन्त्रण गर्दा गर्दै पनि दुई देश बीचमा पन्छी, पन्छीजन्य पदार्थमा भएको मूल्यमा  रहका अन्तरका कारणले गर्दा पनि चोरी निकाशी हुने सम्भावना  प्रबल देखिन्छ । किनकि नेपाल र भातरमा फुल, मासु, पन्छी, पन्छीजन्य पदार्थ लगायत केयौ वस्तुहरुको मुल्यमा धेरै नै अन्तर देखिन्छ । त्यसकारणले गर्दा पन्छी पन्छीजन्य पदार्थ, फुल लगायत प्वांँख चोर बाटो हुदैँ  नेपाल भित्रिन सक्ने सम्भावना बढी छ । नेपाल जस्तै अन्य देशहरु थाइल्याण्ड, मलेशिया, भियतनाम, कम्बोडियामा कडा क्वारेन्टाईन नियम पालना र नियन्त्रण हंँुदा हु्ँदै पनि पशुहरुको चोरी निकाशी नियन्त्रण गर्न सकी राखेका छैनन् । तसर्थः नेपालमा खुला सिमानाका कारण चारै तिरबाट कुनै पनि चोरीको बस्तु भित्रिन सजिलै सक्दछ ।

त्यसकारण भन्सार, क्वारेन्टाइन कार्यालय, चेकपोष्ट, स्थानीय प्रशासन, प्रहरी र स्थानीय बासिन्दा यो रोग नियन्त्रण गर्न सबैको दायित्व हुन आउँछ । नेपाल सरकारले यो रोग संक्रमित देशहरुबाट पन्छी, पन्छीजन्य पदार्थ, फुल लगायत प्वाँख आदि पदार्थहरु आयात गर्न बेलाबेलामा राजपत्रमा सूचना प्रकाशित गरी रोक लगाउने गरेको छ । देशका सबै जिल्ला जनस्वास्थ्य कार्यालय, भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र, अन्य पशु सेवा कार्यालय, यापिड रेस्पोन्स टिमहरु लगायत सवै पशु क्वारेन्टाईन कार्यालय र चेक पोष्टहरुलाई सतर्कताको अवस्थामा राखिएको थियो । पन्छी तथा पन्छीजन्य पदार्थको क्वारेन्टाईन पद्धती, रोगको सर्भेक्षण तथा अनुगमनमा जोड दिइएको छ । अहिलेको अवस्थामा जति पनि रोगको प्रकोप भएका छन् ती सबै मानव सृजित प्रकोप हुन । किनकि अहिलेको अवस्थामा हेर्दा न कृषक ईमान्दार छन् न व्यवसायि नै । मलाई लाग्छ अवैध रुपमा ल्याईने रोग संक्रमित पन्छीहरुको आयात कारणबाट नै यो रोग नेपालमा भित्रिने गरेको छ ।

विगतमा यस रोगका नियन्त्रणका लागि नेपालमा विश्व बैक, नेपाल सरकार लगायत अन्य संघ संस्थाहरुले धेरै आर्थिक सहयोग गरेका छन तर यो रोग अझै पनि नियन्त्रणमा छैन । किनकि मानिसहरु यस रोग प्रति संबेदनशिल देखिदैनन् । यसका लागि अझै पनि सर्भिलेन्स भई राखेको छ त्यसलाई नियमित गर्नु पर्ने देखिन्छ । कृषकहरुले पनि आफ्नो फार्ममा कडा जैविक सुरक्षा पालना गर्ने । कृषक तथा व्यापारीहरुले पनि यस रोगको प्रकोप भएमा धेरै हानी नोक्सानी व्यहोर्नु पर्ने हुनाले, व्यापार तथा आयत निर्यातको क्रममा एकदमै शर्तकता अपनाउनु पर्दछ । अबैध पशुपन्छीको व्यापार नियन्त्रण गर्न सरकारको तर्फबाट कडा कदम चाल्न पर्न  देखिन्छ । यति  हुँदा हँुदै पनि नेपालमा यो रोग वर्षै पिछे लगातार देखि परी  राखेको छ ।

सन्दर्भ सामाग्री : 
डा. करुणा शर्मा बर्ड फ्ल्यु पुस्तक २०७१ । , विभिन्न पत्र पत्रिकाबाट संकलन गरिएका सन्दर्भ सामग्रीहरु । , बर्ड फ्ल्यु रोग नियन्त्रण योजना ।

सम्बन्धित विषय

थप समाचार