बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

परापूर्व कालदेखि गरिदै आएको कृषकको जीवनस्तरसंग गाँसिएको एउटा सजिलो व्यवसाय बाख्रापालन हो । नेपालका विशेष गरी सबै ग्रामीण क्षेत्रमा १-२ वटा बाख्रापालन नगर्ने कृषक सायदै पाईन्छन् । हाल नेपालमा खसीको मासुको माग भन्दा आपूर्ती धेरै कम छ। थोरै स्थान, कम लगानी तथा छिटो फाईवा हुने यो व्यवसायलाई व्यवसायीकरण गर्दै लानु आजको आवश्यकता नै भईसकेको छ। निम्न बमोजिमको व्यवस्था गर्नसके बाख्रापालनलाई व्यवसायीकरण गर्न र यसबाट बढी भन्दा बढी फाइदा लिन सकिन्छ ।

खोरको व्यवस्थापन : 

नेपाल भौगोलिक विधिताले भरिपूर्ण देश भएको हुँवा भौगोलिक क्षेत्र अनुसार बाखाको खोरको व्यवस्था गर्नु जरुरी हुन्छ । बाख्राको खोर बनाउँदा निम्न कुराहरुमा ध्यान दिनुपर्दछ ।

- तराई क्षेत्रमा खोर बनाउँदा गर्मीमा शितल होस् भन्नको लागि उत्तर तर्फ फर्काएर खोर बनाउनु पर्दछ ।

- पहाडी भेगमा चिसोबाट बचाउन दक्षिणतर्फ फर्काएर खोर बनाउनु पर्दछ ।

- सकेसम्म स्थानीय सामग्रीहरु (ढुंगा, माटो, बॉस, काठ, छवाली, पराल आदि) प्रयोग गरी खोर बनाउनु पर्दछ ।

- मध्ये पहाड तथा तराई भेगमा राम्रोसंग बारबन्देज गरी टॉडवाला खोर बनाउनु जरुरी हुन्छ । जसले गर्दा मलमुत्र सोहनं तथा सफा ठाउँमा बाखा राख्न सकिन्छ ।

- उच्च पहाडी तथा हिमाली भेगमा धेरै चिसो हुने हुँदा डाँड नभएको खोर नै निर्माण गर्नु उत्तम हुन्छ ।

- उच्च पहाडी तथा हिमाली भेगमा एउटा वयस्क बाख्राको लागि १ वर्ग मीटर तथा मध्ये पहाडदेखि तराईसम्मको भागमा प्रति बाखाको लागि १.५ वर्ग मिटरको क्षेत्रफल उपलब्ध गराउनु पर्दछ ।

- सकेसम्म विभिन्न उमेर र समूहका जनावर (पाठापाठी, व्याउने माउ, ब्याडे बोका, खसी आदि) को लागि छुट्टाछु‌ट्टै खोरको व्यवस्था गर्नुपर्दछ ।

आहारा व्यवस्थापन : 

बाखाको स्वभाव अनुसार निम्न किसिमले आहाराको व्यवस्था गर्नु पर्दछ ।

- बाखालाई सकेसम्म शित नपरेको तथा ओभानो ठाउँमा चराउनुपर्दछ ।

 -भुईमा चर्न मन नपराउने हुँदा सकेसम्म काँडाकुँडी तथा बुट्यान भएको चरनमा चराउनु पर्दछ ।

- सुग्घरी जात भएको हुँदा फोहर मैला नलागेको र सफा घाँस मात्र दिनुपर्दछ ।

- गाईभैंसी जस्तो भुइँमा राखेको घाँस खान नरुचाउने हुँदा टाट्‌नोको व्यवस्था गर्नुपर्दछ ।

- सुख्खा मौसममा डालेघाँस खुवाएर सजिलै पाल्न सकिन्छ जसले गर्दा उत्पादनमा कमी आउदैन ।

- बाहै महिना हरियो घाँसको व्यवस्था गर्नसके अन्न तथा सन्तुलित आहाराको जरुरत पर्दैन ।

- साधारणतयाः एउटा स्वस्थ वाखाको लागि प्रतिदिन 

प्रजनन् व्यवस्थापन : 

वाखा पालन गर्दा प्रजनन् सम्बन्धी निम्न कुराहरुमा ध्यान दिनु पर्दछ ।

★ साह्रै दुब्लो या मोटो बोका प्रजननको लागि प्रयोग गर्नु हुँदैन ।

★ २० देखि ३० वटा बाख्रीको लागि एउटा बोका पाल्न उपयुक्त  हुन्छ ।

★ बोका आक्रामक प्रकृतिको हुनु पर्दछ ।

★ हाडानाता प्रजनन नहुने हो भने एउटा बोकालाई ५ वर्षसम्म प्रजनन कार्यमा लगाउन सकिन्छ ।

★ तराई तथा मध्ये पहाडमा १० महिना र उच्च पहाडमा १३ महिनाको उमेर पुगेपछि पाठीलाई बोका लगाउनु पर्दछ ।

★ हाडनाता प्रजनन् नहोस् भन्नको लागि प्रत्येक डेड वर्षमा बोका फेरिरहनु पर्दछ ।

★ बाख्रीले बोका खोजेको २४ घण्टाभित्र वाली लगाउनु पर्दछ ।

★ एक पटकमा दुई वा दुई भन्दा पाठापाठी जन्माउने बाखी र जुम्ल्याहा मध्ये छनौट गरिएको बोका बीच क्रस गराउनु वेश मानिन्छ ।

★  बढी वर्षा हुने समय तथा ठण्डी मौसममा बच्चा नजन्माउने हिसाबले प्रजनन् व्यवस्था मिलाउनु पर्दछ ।

स्वास्थ्य व्यवस्थापन : 

बाख्रापालन गर्दा स्वास्थ्य सम्बन्धी निम्न अनुसारको व्यवस्था गर्नसके धेरै भन्दा धेरै आम्दानी गर्न सकिन्छ ।

★ समय समयमा प्राविधिकको सल्लाह अनुसार अनिवार्य रुपमा प्रत्येक ४-४ महिनामा आन्तरिक परजीवी (विभिन्न थरीका जुका, नाम्ले आदि) विरुद्ध औषधि खुवाउनु पर्दछ । बाह्य परजीवी नियन्त्रणको लागि डिपीङ्ग ट्‌याङ्गको व्यवस्था गर्नुपर्दछ ।

★ विभिन्न संक्रामक रोगहरु (खोरेत, विफर, पि.पि.आर., गौगोटी, ईन्टेरोटक्सिमियां आदि) विरुद्ध नियमित खोप लगाउनु पर्दछ ।

★ रोगी पशुलाई अलग्गै राखी उपचार तथा दानापानीको व्यवस्था गर्नुपर्दछ ।

★ गोवर लागेको खानेकुरा, घाँसपात खुवाउनु हुँदैन ।
★ सिम वा चिस्यान बढी भएको ठाउँमा बाखालाई चराउने तथा त्यस्तो ठाउँको घाँसपात, नल, पराल आदि खुवाउने गर्नु हुँदैन ।

★ नाम्ले (माटे) बाट बचाउन शंखेकीराको नियन्त्रण गर्ने व्यवस्था मिलाउने ।

★ सन्तुलित आहारा तथा सफा पानीको व्यवस्था गर्नुपर्दछ ।

★  सम्भव भएसम्म घुम्ती चरन प्रणाली अपनाउनु वेश हुन्छ ।

★  कुनै संक्रामक रोग लागेको शंका लागेमा तुरुन्त नजिकको सेवाकेन्द्र उपकेन्द्र वा जिल्ला पशु सेवा कार्यालयमा सम्पर्क राखी उपचारको व्यवस्था मिलाउनुपर्दछ ।

बाख्रापालनबाट हुने फाईदाहरु

★ थोरै लगानीमा गर्न सकिन्छ ।

★ सानो क्षेत्रमा पनि पाल्न सकिन्छ ।

★उत्पादनको तुलनामा माग र मूल्यमा निरन्तर वृद्धि भैरहेकोले बजारको समस्या छैन ।

★ भान्साबाट खेर जाने पदार्थ, तरकारीको बोक्रा, खेतवारीको घाँस तथा कृषि उप पदार्थहरु प्रयोग गरेर मानिसको लागि अत्यावश्यक पशु प्रोटिन प्राप्त गर्न सकिन्छ ।

★ भिरालो जमिन जंगल ढाँडम्प चरेर तथा गाईभैंसी र भेडाले खान नसक्ने काँडाकुडीं, बनमारा आदि खाएर पनि बाँच्न सक्ने भएकाले गाई भैसी पालन गर्न नसकिने ठाउँमा पनि बाख्रापालन गर्न सकिन्छ । स्थानीय कच्चा पदार्थबाट निर्मित खोर गोठमा पाल्न सकिन्छ ।

★ रोजगारी समस्या केही हदसम्म समाधान हुन्छ ।

Source : कृषि सूचना तथा प्रशिक्षण केन्द्र ,हरिहरभवन ,ललितपुर  

सम्बन्धित विषय

थप समाचार