बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

गाई भैसीमा गर्भ तुहिनु

सोमबार, साउन १४ २०८१
6 views
गाई भैसीमा गर्भ तुहिनु

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय : 

पशुहरुमा गर्भ तुहिनु भन्नाले गर्भमा रहेको भ्रुणको मृत्यु भई ४०-४५ दिन भित्रमा पाठेघरबाट वाहिर आउने भन्ने बुझिन्छ । गाई भैसीमा गर्भ अवस्थाको पूर्ण अवधि २६० दिनको हाराहारीमा मानिन्छ। त्यस अवधिपछि जन्मेका बाच्छा-बाच्छी पाडा पाडी बाह्य वातावरणमा बाँच्न सक्छन् ।

गर्भ तुहिन्छ कसरी ?

जब भुण र आमाको बीच हुनु पर्ने गर्भाधारणाका सामान्य प्रकृया स्वभाविक रुपमा हुन नसेकेमा गर्भमा भ्रुणको मृत्यु हुन्छ र त्यो माउको शरिरबाट वाहिर आउँछ। प्रायः जसो गर्भ पतन बाली लागेको ३ महिना भित्र हुने गर्दछ जुन सामान्य अवस्थामा हामीलाई थाहा नै हुँदैन । बारम्बार गर्भ धारण गरेको छोटो अवधीमा नै गर्भ पतन भैरहने जनावर लाई बाँझोपन भएको भनि औषधि गरिन्छ। गर्भ पतन धेरै कारणले गर्दा हुन्छ । कुनै एउटै मात्र कारणलाई इङ्गित गरेर गर्भ पतनको कारण वताउन सकिदैन । पशुहरुमा हुने गर्भ पतन कृत्रिम गर्भाधान कार्यमा संलग्न हाम्रा प्राविधिक एवं पशु चिकित्सकहरुको लागि एउटा ठूलो समस्या नै हो। पशुहरुमा हुने गर्भ पतनको मुल शुत्रधार गर्भिणी गाई भैसीको शरिरमा प्रोजेस्टेरोन हार्मोनको यथेष्ठ मात्रा नपुग्ने हो ।

यसको संभावना कति छ ?

सबैभन्दा बढी गर्भ पतन हुने समय गर्भधारण भएको पहिलो ३ महिना भित्र हो। तर अन्य कुनै बेलामा पनि गर्भ पतन हुन सक्ने संभावना हुन्छ । सालाखाला हेर्ने हो भने १०.८-२० प्रतिशत पशुहरुमा गर्भ पतन हुने गरेको पाइन्छ । चौथौ र पाँचौ वेतमा पशुहरुमा गर्भपतन हुने अलि बढी संभावना हुन्छ ।

कारण के हो त ?

गर्भाशयमा हुने संक्रमण वा पशुहरुमा खाना, औषधी र गर्भिणी पशुको ओसारपसारका कारणले गर्दा गर्भ पतन हुन जान्छ । संक्रमण हुने कारण ब्याटेरिया, दूसीजन्य, भाइरल र प्रोटोजोनले गर्भाशयमा आक्रमण गर्नाले क्रमशः ५०-६० प्रतिशत २०-२५ प्रतिशत १५-२५ प्रतिशतसम्म गर्भ तुहिन गएको पाइएको छ । तर यस सम्बन्धमा हाम्रो आफ्‌नो परिवेशमा अझ बिस्तृत अध्ययन तथा अनुसन्धान भने गर्नुपर्ने देखिन्छ । यस वाहेक जथाभावी हार्मोनको औषधि प्रयोग गर्नाले पनि पशुहरु मा गर्भ पतन हुने गरेको देखिएको छ ।

त्यसैगरी गर्भिणी अवस्थाका पशुहरुलाई लामो बाटोमा ढुवानी गर्दा गर्भ तुहिने संभावना त्यतिकै रहन्छ । वुसेलोसिस् रोग लाग्नाले ६-९ महिनाको गर्भ समेत तुहिन गएको पाइएको छ । लेप्टो स्पाइटोसीस, भिब्रियोसिस् र ट्राइकोमोनियसिस् जस्ता रोगहरुले गर्दा पनि पशुहरुको गर्भ तुहिन गएको पाइएको छ । यस बाहेक पोषण तत्व जस्तै क्यालसियम, फोसफोरस अनि भिटामिन ए., इ., डि, प्रशस्त मात्रामा हरियो घाँस परालको अभावमा पनि पशु हरुमा गर्भ तुहिने समस्या देखिएको छ।

रोकथाम कसरी गर्ने  ?

दक्ष पशु चिकित्सकसंग परामर्श गरी विगतमा गर्भ तुहिनाको कारण पत्ता लगाएर आवश्यक औषधि उपचार गरेमा गर्भ तुहिने प्रक्रियालाई रोक्न सकिन्छ ।

गर्भ तुहिनाले हुने आर्थिक प्रभाव : 

प्रत्येक कृषकको चाहना आफूले पालेको गाईभैसी प्रत्येक वर्ष व्याओस भन्ने हुन्छ । तर पशुहरुमा गर्भ पतन भएर वार्षिक सालाखाला ३० प्रतिशत जति घाटा कृषकले बेहोंनु परेको तथ्याङ्क भेटिन्छ ।  पटक पटक गर्भ तुहिने गाई भैंसी गोठमा राख्नु भन्दा हटाउनु वेश हुन्छ। पशुहरुमा हुने गर्भ पतनबाट हुने आर्थिक नोक्सानी घटाउन सर्वप्रथम गाई भैंसी अन्तबाट खरिद गरी ल्याएको भए त्यसको प्रजनन्‌को विगतको अभिलेख राख्नु पर्छ।

राँगो साँढे लगाउने वा कृत्रिम गर्भाधान गराउने कार्य ३ पटकसम्म गर्नु पर्छ। तर त्यस पछि पनि गर्भ तुहिने कार्य भैरहेमा त्यस्ता पशुलाई गोठबाट हटाउनु पर्छ । प्रत्येक गाई भैसी व्याएको महिना दिनमा दक्ष पशु चिकित्सकसंग आफ्‌नो पशुलाई जवाँएर केही संक्रमण वा अन्य यौनजन्य समस्या छ छैन एकिन गर्नु पर्छ र कुनै समस्या पत्ता लागेमा समयमा नै आवश्यक औषधि उपचार गर्नुपर्छ ।

Source : कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरिहरभवन -  कृषि चौमासिक 

सम्बन्धित विषय

थप समाचार