बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

यसको वैज्ञानिक नाम Hypoestes phyllostachya  हो। यो एक किसिमको सानो र झाडीदार बिरुवा हो। बिरुवाको चौडाई र उचाई लगभग ३० से.मी. हुन्छ ।

यसको बिशेषता के हो भने यसको हरियो पातमा सेतो वा गुलाबी रङ्ग छर्केको जस्तो देखिन्छ । कुनै कुनै जातमा पातको रङ्ग नै रातो हुन्छ । यसलाई लगाउँदा दक्षिण वा पश्चिमतर्फको झ्यालको नजिक लगाउनु राम्रो हुन्छ । यसको लागि अलि न्यानो हावापानी (तापक्रम १८– २७ डि.से.) उपयुक्त हुन्छ ।

मलखाद दिँदा २ हप्ताको १ पटक एन.पि.के. १ ग्राम प्रति लिटर पानीमा मिसाएर
दिनु पर्दछ । माटोलाई हल्का चिसो बनाइराख्ने तर बढी पानी हाल्नु हुँदैन ।
यसको प्रसारण बीउबाट गर्न सकिन्छ । कटिङ्गबाट यसको प्रसारण हुने भएता
पनि अलि गारो हुन्छ ।

Source : 

सम्बन्धित विषय

थप समाचार