बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

 यसको वैज्ञानिक नाम Hedera helix  हो। यसलाई गमलामा, ह्याङ्गिङ बास्केटमा, बगैंचामा टोपियरीको रुपमा वा ग्राउण्ड कभरको रुपमा तथा भित्तामा क्लाइम्बरको रुपमा समेत लगाउन सकिन्छ । यसका सैयौं किसिमका जातहरु छन्। यसलाई आउटडोरमा लगाइयो भने घरको भित्तामा र रुखमा समेत चढेर दुःख दिन्छ भने इन्डोरको रुपमा लगाउने हो भने यसलाई सपोर्टको खाँचो पर्दछ ।

यसले केही चिसो हावापानी मन पराउँछ । यसको लागि उपयुक्त तापक्रम १०–२१ डि.से. हो। रातको तापक्रम दिनकोभन्दा ६ डि.से कम भएको राम्रो हुन्छ । यसलाई हिउँद महिनामा सिधा घाम नपर्ने तर उज्यालो ठाउँमा राख्नु पर्दछ । बाह्रै महिना महिनाको १ पटक nनाइट्रोजन बढी भएको मल हाल्नु पर्दछ । गमलाको पानी सुख्खा भएपछि मात्रै सिंचाई दिनु पर्दछ । गमलाको पानी निस्कने प्वालबाट जरा बाहिर निस्कन थालेपछि यसलाई रिपटिङ्ग गर्नु पर्दछ । हाँगाको टुप्पाको कटिङ्गबाट यसको नयाँ बिरुवा तयार गर्न सकिन्छ ।

Source : 

सम्बन्धित विषय

थप समाचार