बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

यसको वैज्ञानिक नाम Spathiphyllum spp. हो। अचेल यो बिरुवालाई घरमा, अफिसमा, सपिङ मलहरुमा लगाउने चलन खुबै बढेको छ । यसलाई हुर्काउन सजिलो छ र यसलाई अलि बढी  छहारीमा पनि हुर्काउन सकिन्छ ।

पानी पनि यसलाई खासै धेरै चाहिंदैन । बन्द कोठाभित्रको वायु प्रदुषणलाई कम गर्न योबिरुवा निकै प्रभावकारी मानिएको छ । एन्थुरियम र यसको फूलको आकार करिब
करिब एउटै हुन्छ । रङ्ग भने यसको सेतो पहेंलो खालको हुन्छ । यो एन्थुरियम जत्तिको
बिषालु हुँदैन । यसलाई जनावरले खाएमा केही एलर्जि भने हुन सक्छ ।

यसको लागि उपयुक्त तापक्रम १८–२४ डि.से. हो। वसन्त ऋतुदेखि हेमन्त ऋतुसम्म महिनाको १ पटक मल दिने। हिउँदमा भने ६ हप्तामा १ पटक मल दिने गर्नु पर्दछ । यसलाई वर्षमा १ पटक वसन्त ऋतुमा रिपटिङ्ग गर्नु पर्दछ । हल्का जरा गुजुल्टिएमा पनि यसलाई खासै फरक पर्दैन । यसको प्रसारण पनि गाँज फुटाएर गर्न सकिन्छ ।

Source : 

सम्बन्धित विषय

थप समाचार