यसको वैज्ञानिक नाम Sedum morganianum हो। बिरुवाको क्राउनबाट निस्केको डाँठलाई बाक्लो रसिलो कैलो हरियो पातहरुले ढाकेको हुन्छ जुन गधाको पुच्छरमा भएको खस्रो रौं जस्तै देखिन्छ ।
यो बिरुवाको खराबी भनेको यसका पातहरु असाध्यै नाजुक हुन्छन्। सानो धक्काले पनि यो फुस्केर भुईमा झर्दछ । बिरुवा बढ्ने मौसममा महिनाको एकपटक पानीमा घुल्ने मलखाद दिनु पर्दछ । हिउँदमा मल हाल्नु हुँदैन ।
माटो हल्का चिसो कायम हुने गरी पानी हाल्नु पर्दछ । दुई वर्षको उमेर भएपछि रिपटिङ्ग गर्नु पर्दछ । बिरुवा धेरै बढेपछि रिपटिङ्ग गर्न सम्भव हुँदैन त्यस्तो बेला टुप्पाको कटिङ्ग राखेर नयाँ बिरुवा बनाउनु पर्दछ । कटिङ्ग राख्दा ६–७ से.मी. लामो टुप्पाको हाँगा लिनु पर्दछ । तलबाट ५ से.मी. जतिमा भएका सबै पातहरु हटाउनु पर्दछ ।
Source : पुष्प विकास केन्द्र, गोदावरी ,नेपाल