बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

यसको वैज्ञानिक नाम Sanseveria trifasciat  धेरै सजिलो छ । यो जस्तोसुकै ठाउँमा पनि बाँच्न सक्दछ । दरो, ठाडो र तरबारजस्तो पातको कारणले यो आकर्षक देखिन्छ । बेलाबेलामा चिसो कपडाले पातहरु पुछिदिने गर्नु पर्दछ ।

यसमा फूल फुल्न धेरै वर्ष लाग्छ । महिनाको एकपटक पानीमा घुलिने मल हाल्नु पर्दछ । हिउँदमा मल हाल्नु पर्दैन । गर्मी मौसममा माटोलाई हल्का चिसो बनाइराख्नु पर्दछ । जाडोमा केबल विरुवालाई बाँच्न पुग्ने गरी पानी दिनु पर्दछ ।

दुई देखि तीन वर्षमा रिपटिङ्ग गर्नु पर्दछ । एउटैबिरुवा २० वर्षभन्दा बढी बाँच्न सक्छ । यसको प्रसारण वसन्त ऋतुको शुरुमा गाँज छुट्याएर गर्न सकिन्छ ।

Source : पुष्प विकास केन्द्र, ललितपुर 

थप समाचार