बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

यसको वैज्ञानिक नाम Aphelandra squarrosa  हो। यसको पात हरियो तर पातको नसा सेतो हुने भएको जेब्रा जस्तै देखिन्छ । उज्यालो तर सिधा घाम नलाग्ने ठाउँमा यो राम्ररी हुर्कन्छ । उज्यालो बढी भएमा यसका पातहरु चाउरिन्छन्। सामान्यतया यो फूल्दैन तर लामो समयसम्म सिधा घाम लाग्ने ठाउँमा यसलाई राखेमा फूल फूल्दछ ।

यो पानीसँग ज्यादै सवेदनशील हुन्छ । पानी बढी भएमा वा ज्यादै कम भएमा यसको तल्लो पातहरु खैरो हुने र झर्ने हुन्छ । यसलाई पनि गरम हावापानी (तापक्रम १८–२७०से.) मन पर्दछ ।

गर्मी समयमा २ हप्तामा एक पटक र जाडोमा ६ हप्तामा १ पटक मल दिनु पर्दछ । यसलाई वर्षमा १ पटक वसन्त ऋतुमा रिपटिङ्ग गर्नु पर्दछ । यसको हाँगाको टुप्पाको कटिङबाट नयाँ बिरुवा तयार गर्न सकिन्छ । पातहरु चम्किलो बनाइराख्न चिसो कपडाले बेलाबेलामा पुछिदिनु पर्दछ ।

Source : 

सम्बन्धित विषय

थप समाचार