बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

यसको वैज्ञानिक नाम Clivia miniata हो। यसलाई बुस लिली पनि भनिन्छ । यसलाई इन्डोर आउटडोर दुबै तरिकाले लगाउन सकिन्छ । यो बिरुवाको जमीनभित्र गानो हुन्छ जसमा थुप्रै जराहरु लागेको हुन्छ । गानोबाट जमीन बाहिर करिब ४५ से.मी. लामा घुमेका पट्टाजस्तो दुबैतिर जोडी बनेर पातहरु निस्कन्छन्।

पातहरुको बीचबाट सोली आकारको फूलहरु निस्कन्छ र छाता आकारको झुप्पा बन्दछ । यसले केही हदसम्म चिसो खप्न सक्दछ । यसको बृद्धिको लागि १६–२४ डि.से. तापक्रम उपयुक्त हुन्छ । मलखादको हकमा गर्मी मौसममा २ हप्ताको फरकमा फस्फोरसको मात्रा बढी भएको मल दिने र हिउँदमा केही पनि नदिने गर्नु पर्दछ ।

गर्मीमा माटोको चिस्यान कायम राख्ने र हिउँदमा बिरुवा ओइलाउन नदिने गरी थोरै मात्र पानी हाल्नु पर्दछ । जरा गुजुल्टिन नदिन ३ वर्षमा १ पटक रिपटिङ्ग गर्नु पर्दछ । यसको
प्रसारण बीउबाट गर्न सकिन्छ । फूल फुलेर सकिएपछि फूलको डण्ठीलाई फेदमा
काटिदिने र गाँज छुट्याएर नयाँ बिरुवा बनाउन पनि सकिन्छ ।

Source : 

सम्बन्धित विषय

थप समाचार