बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

यसको वैज्ञानिक नाम  Hippeastrum spp  हो। हिपेस्ट्रम प्रजातिभित्र करिब ९० वटा
उपजातिहरु र ६०० भन्दा बढी हाइब्रिडहरु छन्। यो बहुवर्षे फूल फूल्ने र गानो हुने खालको वनस्पति हो।

यसमा ठूलो गानो लाग्दछ, पातहरु लामो र फराकिलो हुन्छ र फूल पनि ठूलो आकारको रातो वा बैजनि रङ्गको फूल्दछ । गानो रोपेको करिब ६ देखि ८ हप्तामा फूल फुल्दछ । गमलामा पानीको निकास राम्रो हुनु पर्दछ । गानो रोप्दा ३ भागको १ भाग माटोबाट बाहिर देखिने गरी रोप्नु पर्दछ ।

गानो रोपेर सिंचाई गरिसकेपछि गमलालाई शितल ठाउँ (१६ डि.से तापक्रम) मा करिब १ महिना राख्नु पर्दछ । गानो उम्रेर सुट १५ से.मी. जति लामो भएपछि घाम
लाग्ने ठाउँमा राख्ने र १० दिनमा एक पटक फूल फूल्ने डाँठ ननिस्केसम्म मल
हाल्नु पर्दछ । ठूलो गानो भएको बिरुवामा २ वटासम्म फूल फुल्ने डाँठ निस्कन्छ ।
फूल ओइलाएपछि डाँठ काटेर हटाउने र बिरुवामा मलजल दिन थाल्नु पर्दछ ।
वर्षातको शुरुमा बिरुवा बिस्तारै सुक्न थाल्दछ ।

त्यसपछि पुरानो पातहरु काटेर फालिदिनु पर्दछ र गानोलाई माटोभित्रै चिसो (१० डि.से.) मा कम्तीमा १० हप्ता रहन दिनु पर्दछ । त्यसपछि फूलाउने समयभन्दा ६ देखि ८ हप्ता अगाडी हिउँदमा नयाँ गमलामा रोप्नु पर्दछ ।

Source : 

सम्बन्धित विषय

थप समाचार