रेफिस पाम यसको वैज्ञानिक नाम Rhaphis excelsa हो। यसलाई लेडी पाम वा बेम्बो पाम पनि भनिन्छ । पातको एउटा झुप्पामा ५ देखि ९ वटा चम्किला लगभग १ इञ्च
चौडा पातहरु पंखाको आकारमा बसेका हुन्छन्।
बाहिरी वातावरणमा यो ३ मिटरसम्म पनि अग्लो हुन्छ भने इन्डोरमा बढीमा ३०–४० से.मी. अग्लो हुन्छ । यो पाम अरु पामको तुलनामा कम उज्यालोमा हुर्कन सक्छ । बढी उज्यालो भयो भने वा सिधा घाम परेको खण्डमा पातको रङ्ग पहेंलिन्छ ।
रेफिस पामलाई मलखाद पनि निकै कम आवश्यक पर्दछ । यसलाई वर्षको एक पटक वसन्त ऋतुमा एन.पि.के. स्लो रिजिल फर्टिलाइजर प्रयोग गर्नु पर्दछ । माटोको सतहबाट २ इञ्च मुनिसम्म सुख्खा भएपछि मात्र पानी दिनु पर्दछ । रिपटिङ्ग २ वर्षको एक पटक गर्नु पर्दछ । यसको प्रसारण बीउबाट र गाँज छुट्याएर गर्न सकिन्छ ।
Source :