बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

सयपत्री फूल खेती प्रविधि

शुक्रबार, साउन २५ २०८१
10 views
सयपत्री फूल खेती प्रविधि

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय : 
कृषिलाई व्यवसायिक बनाई जिविकोपार्जनबाट दिगो र आम्दानीमुखी बनाउनको  लागि फूल खेती पनि एक हो । आजकल नेपालमा फूल खेतीको माग बढ्दो छ  जसको फलस्वरुप नेपालमा फूल खेती व्यवसायिक रुपमा शुरुवात हुँदैछ ।चाडपर्वमुखी फूलको प्रयोग आजकल दिनदिनै हुन थालेको छ । धेरै फूलहरु मध्येको सयपत्री एक सिजनल फूल हो, जसको प्रयोग तिहारमा व्यापक र अन्य दिनमा समेत प्रयोग बढदो छ ।

खुल्ला तथा बन्द वातावरणमा खेती गर्न सकिने, सजिलो, धेरै क्षेत्रमा अनुकुलन हुने, छोटो समयमा विभिन्न रंग तथा आकारका, बजार मूल्य बढी र केही समयसम्म भण्डारण गरिने कारणले गर्दा सयपत्री प्रति चासो बढेको छ । प्लाष्टिक घर भित्र गोलभेंडा खेती गर्दा घरको चारैतिर सयपत्री रोप्दा फूलको कारणबाट कीरालाई फसाउने र जराको कारणबाट निमाटोड व्यवस्थापनको लागि पनि सहयोग पु¥याउँदछ ।

सिजनमा सानो क्षेत्रमा समेत खेती गर्न सकिने, हरियाली र सौन्दर्य दिने, पछिल्लो समयमा बढेका आकर्षण तथा लगानीको कारण फूल खेती तर्फ आत्मनिर्भर बन्न सयपत्री खेती अभियान सञ्चालन गर्नुपर्दछ । यो कम्पोजिटी परिवारमा पर्ने जाति हो । यसका दुई जातिहरु अफ्रिकन र फ्रेन्च जातका छन् । अफ्रिकन जातमा पहेंलो, सुनौलो तथा  सुन्तला रंगका जातहरु प्रख्यात छन् ।

माटो : 
सयपत्रीको धेरै प्रकारको माटोमा पनि खेती गर्न सकिन्छ । खासगरी पि एच ७ देखि
७.५ सम्म उपयुक्त पानी नजम्ने प्रांङ्गारिक पदार्थ प्रशस्त भएको लोमी माटो उपयुक्त
हुन्छ ।

तापक्रम : 
यसलाई बढी तथा कम तापक्रम उपयुक्त हुँदैन सामान्यतयाः १४ देखि २८ डिग्री
तापक्रममा यसको प्रसारण विधि सलाई दुई तरिकाबाट प्रसारण गर्न सकिन्छ । बीउबाट (बिरुवा अग्ला, बलिया तथा धेरै फूल लाग्ने) कटिंगबाट (बीउ महंगो भएकोले कटिंग गरी हुर्काउने, होचा तथा  णस्तरीय फूल फुल्ने) गर्न सकिन्छ ।

१.बीउबाट
सयपत्री फूललाई सजीलै संग विउ बाट प्रसारण गर्न सकिन्छ । सयपत्रीको विउ १८
देखी ३० डिग्री सेल्सीयसको तापक्रम भएको अवस्थामा राम्रो हुन्छ । यदि बर्खाको
समयमा नर्सरी व्याड बनाउने हो भने नर्सरीलाई १५ से.मी. उचाई गरेर बनाउनु पर्दछ
जस्ले गर्दा धेरै भएको पानी तर्कीएर जान सकोस । विउ रोप्दा धेरै बाक्लो गरेर लगाउनु हुदैन जस्ले विरुवामा बेर्ना कुहिने रोग लाग्न सक्दछ । विउ रोपेको २५ देखि ३० दिनमा बेर्ना सार्नको लागि उपयुक्त हुन्छ ।

कलकत्तिया ओरेन्जको जातीय गुण : 
बोटको उचाई ;  ९२.७ सेन्टिमिटर (१ मिटर भन्दा कम)
बोटको फैलावट :  ९३.४ सेन्टिमिटर (१ मिटर भन्दा कम)
फूलको रगं :  सुन्तला रंगको
हा“गाका संख्याहरु :  ८–१० वटा
५०५फूल फुल्न शुरु दिन :  ४५ दिन (बेर्ना रोपेको दिन देखि)
पहिलो फूल टिपाई :  १०५ दिन (बेर्ना रोपेको दिन देखि)
अन्तिम फूल टिपाई :  २२५ दिन (बेर्ना रोपेको दिन देखि)
फूल फुल्ने अवधि :  १२० दिन (बेर्ना रोपेको दिन देखि)
फूलको एउटा थुंगाको तौल :  ५० ग्राम
फूलको संख्या प्रति बोट :  २६५.५
फूलको उत्पादन / बोट  : १.५१ किलोग्राम (४ माला)

२.कटिङ : 
कटिङ
सयपत्रीमा कटिङ धेरै प्रकारले गर्न सकिन्छ, जस्तै 

कटिङ :  हाँगाको कटिङ्ग, कमलो डाँठको, मध्यम डाँठको  कटिङ्ग लिन सकिन्छ ।
बिउ छर्ने  :  १ भाग बालुवा, १ भाग वनको माटो र १ भाग कुहिएको कम्पोष्ट निर्मलिकरण गरिएको १ मिटर चौडा र १५ से.मी  उठेको नर्सरी मा लाइनमा बीउ छर्नुपर्दछ र चिस्यान दिनुपर्दछ । बिरुवा ट्रे मा तयार गर्न  सकिन्छ । कटिंग गर्दा १० से.मी लामो फूल नफुलेका टुप्पा लिने र बलौटे माटोमा गाडिदिने मल जल गरी सेट भएपछि लाइनमा वा ब्याडमा रोप्ने ।

जग्गा तयारी : 
जमिनलाई गहिरोसँग २, ३ पटक खनजोत गर्नुपर्दछ र सो जग्गामा राम्रो कुहिएको
गोबर मल २ टन प्रति रोपनी मिसाउनुपर्दछ ।  

रोप्ने समय : 
यो वर्षभरी माग अनुसार उत्पादन गर्न सकिन्छ । यो फूलको माग विशेष गरी तिहारमा बढी हुने भएकोले सोलाई लक्षित गरी कम्तिमा ६५ देखि ७० लिन पहिला फिल्डमा  बिरुवा रोप्नु पर्दछ । 

बिरुवा रोपण : 
सजिलै सार्न सकिने र सरिहाल्ने । ३, ४ पाते अवस्थामा सार्न सकिने, धेरै बुढो बिरुवा नरोप्ने । राम्रोसँग तयार गरेको जग्गामा बेलुकीपख बिरुवा सार्ने र सारेपछि तुरुन्तै सिंचाई दिने । बिरुवालाई पानी बोटको वृद्धि अवस्था र फूल फुल्ने बेलामा पनि चाहिने भएकोले निरन्तण ४,५ दिनको फरकमा सिंचाई गर्ने । पानी जम्न नदिने । बर्षा समयमा झार बढी पलाउने भएकोले नियमित सरसफाई गर्नुपर्दछ ।

दुरी :

४० से.मी लाइनदेखि लाइन र ३० से.मी बोटदेखि बोट  बिरुवाको टुप्पा चुँडने

बिरुवा रोपेको ४० दिन पछि टुप्पो भित्र बिरुवाको टुप्पा चिम्टेर हटाउनुपर्दछ । बिरुवाको माथिल्लो भाग चुँडेर फाल्ने जसले गर्दा झाँगिएको बोट बन्छ र धेरै फूलहरु फुल्दछन्  र गुणस्तरीय उत्पादन हुन्छ ।

सिजन बीउ रोप्ने समय बिरुवा सार्ने समय : 
बर्षा असार श्रावण श्रावण
हिउँदे भाद्र आश्विन आश्विन
गर्मी प्लाष्टिक घरभित्र पौष २० माघ २०

मलखाद : 

प्रति हेक्टर २५ मे.टन गोबर मल वा कम्पोष्ट मल बिरुवा रोप्ने जग्गामा  अन्तिम तयारीको समयमा छर्नुपर्दछ । ४५ः९०ः७५ के.जी ना,फ, पो जग्गा तयारीको बेलामा र ४५ केजी नाइट्रोजन बिरुवा रोपेको ४५ दिनपछि दिनुपर्दछ (टुप्पा हटाउने
समयमा) सुक्ष्म तत्वको मिश्रण ३० र ४५ दिनपछि स्प्रे गर्नुपर्दछ ।

फूल टिप्ने : 
फूलको टिप्ने समय जात तथा सिजनमा भर पर्दछ । बिरुवा रोपेको ६०, ७० दिनपछि फूल फुल्न थाल्दछ । फूल बिहान वा बेलुकापख टिप्नुपर्दछ  । टिप्नुभन्दा पहिले सिंचाइ गरेमा फूललाई लामो समयसम्म राख्न सकिन्छ । सुकिसकेका फूल टिपेर हटाउनुपर्दछ । माला बनाउनको लागि अलि राम्रोसँग नफुलेको र अन्य प्रयोजनको लािग राम्रोसँग फुलेको फूल टिप्नुपर्दछ ।

उत्पादन : 
फूलको उत्पादन जात, खेती प्रविधि तथा सिजनमा भर पर्दछ । प्रति हेक्टर बर्षा
सिजनामा २० टन, हिउँद सिजनमा १५ टन र गर्मी सिजनमा १० टन फूल उत्पादन
हुन्छ ।

बीउ उत्पादन : 
यो परसेचित बाली हो त्यस कारण शुद्ध बीउ तयार गर्नको लागि १.५ कि.मी वरिपरी
अन्य जातको सयपत्री हुनु हुँदैन । बीउको लागि फूल ६ महिनामा तयार हुन्छ । ३००
के.जी प्रति हेक्टर बीउ उत्पादन गर्न सकिन्छ ।

Source : पुष्प विकास केन्द्र,गोदावरी ललितपुर 

सम्बन्धित विषय

थप समाचार