बाली पात्रो
सोमबार, मंसिर ८ गते २०८३

सुनाखरी

आइतबार, साउन २७ २०८१
21 views
सुनाखरी

समाचार शेयर गर्नुहोस्

Share this news

सुनाखरी बनस्पति वर्गको ठूलो मध्येको अर्किडेसी परिवारभित्र पर्ने बिरुवा
हो जसअन्तरगत झण्डै २५००० प्रजातिहरु पर्दछन् । यसको  लामो समयसम्म
टिक्ने आकर्षक र विविध रङ्ग र आकारमा पाइने हुनाले निकै लोकप्रिय छ । यसलाई
पनि थुप्रै रोग र कीराले आक्रमण गरेर यसको  फूलको को गुणस्तर बिगार्ने काम
गर्दछन् । सुलसुले, कत्लेकीरा, थ्रिप्स, मिलिबग, शंखेकीरा र चिप्ले कीराहरु यसका
प्रमुख शत्रु हुन् भने रोगहरुमा डढुवा, सडन, थोप्ले रोग, भाइरस रोग आदि मुख्य
छन । 

१. भाइरस रोगहरु Virus diseases  
अन्य बालीहरुको तुलनामा सुनाखरीलाई भाइरसजन्य रोगहरुले बढी दुःख दिन्छ । सुनाखरीमा २५ भन्दा बढी प्रकारका भाइरस रोग लाग्ने गरेको पाइएको छ । तीमध्ये Cymbidium mosaic virus, Tobacco mosaic virus, Cymbidium  diamond mottle virus, Orchid fleck virus   आदि प्रमुख हुन् । भाइरस रोगले सुनाखरीको बिरुवालाई एकैपटक मारिहाल्दैन तर यसले बिरुवाको बृद्धि र ओजस घटाउनुका साथै फूल को गुणस्तरमा ह्रास ल्याउँछ । भाइरसको प्रकार र सुनाखरीको
जात अनुसार भाइरसले छिर्के धब्बा, पहेँलिने, चक्केदाग, धर्सेदाग, फूल लको रङ्ग
फाट्ने, पात बटारिने जस्ता लक्षणहरु देखिन्छ । यौटै भाइरसले अलग अलग जातको
सुनाखरीमा अलग अलग लक्षण देखाउन सक्छ । भाइरस रोग मुख्यगरी बानस्पतिक
प्रसारणको माध्यमबाट र केही भाइरसहरु लाही कीराले एक बोटबाट अर्कोमा
सार्दछ । केही भाइरस रोग निमाटोडले पनि सार्दछ ।  

व्यवस्थापन : 
- भाइरस रोग लागेपछि त्यसको कुनै उपचार नहुने भएको हुँदा भाइरस रोगमुक्त
बिरुवा लगाउनु नै यसको व्यवस्थापनको मुख्य उपाय हो ।
- गोडमेल आदि कार्य गर्दा बिरुवामा चोटपटकल लाग्नबाट जोगाउने । सुनाखरीमा काँटछाँट लगाएतका काममा प्रयोग हुने कैची, चक्कु आदि
औजारहरु यौटा बिरुवामा प्रयोग गरेपछि स्प्रीट, स्यानिटाइजर वा अन्य कुनै
उपयुक्त पदार्थले निर्मलिकरण गरेर मात्र अर्को बिरुवामा प्रयोग गर्ने ।
- रोगको लक्षण देखिएका बोटहरुबाट बानस्पतिक प्रसारण नगर्ने ।
-  कतिपय भाइरस रोगहरु लाही कीराले सार्ने भएकोले लाही कीराको लागि
उपयुक्त नियन्त्रणको उपाय अपनाउने ।

२. ब्याक्टेरियल पात थोप्ले रोग  Bacterial leaf spot : 
यो रोग एक Pseudomonas aeruginosa नामक ब्याक्टेरियाको कारणले
लाग्दछ । यो मुख्यगरी फेलानोप्सिस, क्याटलिया र भाण्डा सुनाखरीमा बढी लाग्दछ ।
पातमा पानीले भिजेको जस्तो अनियमित आकारका पहेंलो किनारा भएका खैरो
दागहरु जहाँ थिच्दा त्यसबाट खैरो पिप निस्कन्छ ।
व्यवस्थापन :  
- बिरुवा राख्दा पर्याप्त दुरी कायम गरी राख्ने ।
- बिरुवामा पानी हाल्दा बिहानीपख हाल्ने । भिजेको अवस्थामा बिरुवालाई नछुने
वा नचलाउने ।
- रोगको लक्षण देखिएको ठाउँभन्दा केही परसम्म हाँगा वा पात काटेर
जलाइदिने । प्रयोग गरेपछि औजारलाई सेनिटाइजरले उपचार गर्ने । काटेको
भागमा बोर्डोपेष्ट वा कपरअक्सिक्लोराइडको पेष्ट बनाएर लेप लगाइदिने ।
- रोग लागेको बिरुवाबाट प्रसारण नगर्ने ।
- कपरअक्सिक्लोराईड ५०% डब्लु.पि. २ ग्राम प्रति लिटर पानीमा वा १ ग्राम
स्ट्रेप्टोमाईसिन सल्फेट + ंटेट्रासाईक्लिन हाईड्रोक्लोराईड १००% एस.पि. प्रति ३
देखि ५ लिटर पानीमा वा सिल्भर हाइड्रोजन पेरोक्साइड २ मि.लि. प्रति लिटर
पानीमा मिसाई ७–१० दिनको फरकमा स्प्रे गर्ने ।

३. ब्याक्टेरियल नरम सडन Bacterial soft rot  : 
यो रोग Erwinia carotovora pv.carotovor नामक ब्याक्टेरियाको कारणले लाग्दछ । यो सुनाखरीको सबैभन्दा खतरनाक रोगहरुमध्ये एक हो  र्षायाममा तापक्रम र आद्र्रता अत्याधिक हुने समयमा यो रोग बढी फैलन्छ । शुरुमा पातमा पानीले भिजेका जस्ता पहेंला थोप्लाहरु देखिन्छन् जुन पछि आपसमा जोडिएर ठूलो खैरो रङ्गको धब्बामा परिणत हुन्छ । बिरुवाको डाँठ, गाँनो र छद्म गाँठोमा समेत जीवाणुले आक्रमण गर्न सक्दछ । जमीनको सतहनेर डाँठमा रोगको लक्षण देखिएमा गम्भीर अवस्था बन्न सक्छ र नराम्रो गन्ध आउन थाल्दछ । त्यसपछि गानो पूरै कुहिन्छ र विरुवा मर्दछ ।

व्यवस्थापन : 
- रोगमुक्त प्रसारण सामाग्रीको प्रयोग गर्ने ।
-औजार उपकरण प्रयोग गर्दा पटक पटक अल्कोहल वा स्यानिटाइजरले
निर्मलिकरण गर्ने ।
- बिरुवामा पानी हाल्दा बिहानीपख हाल्ने । भिजेको अवस्थामा बिरुवालाई नछुने
वा नचलाउने ।
- कपरअक्सिक्लोराईड ५०% डब्लु.पि. २ ग्राम प्रति लिटर पानीमा वा १ ग्राम
स्ट्रेप्टोमाईसिन सल्फेट + टेट्रासाईक्लिन हाईड्रोक्लोराईड १००% एस.पि. प्रति ३
देखि ५ लिटर पानीमा वा सिल्भर हाइड्रोजन पेरोक्साइड २ मि.लि. प्रति लिटर
पानीमा मिसाई ७–१० दिनको फरकमा स्प्रे गर्ने ।

४. एन्थ्राक्नोज Anthrancnose
यो रोग Colletotrichum gloeosporioides  नामक ढुसीको कारणले लाग्दछ । यो मुख्यगरी सिम्बिडियम सुनाखरीमा लाग्दछ । रोगको जीवाणुले जमीनमाथिको सबैभाग खासगरी पातहरुमा आक्रमण गर्दछ । शुरुमा अण्डाकार वा गोलाकार, केही दबेको जस्तो रातो खैरो वा गाढा खैरो दागहरु पातको नसाको टुप्पा वा बीच भागमा देखिन्छ जुन बिस्तारै बढ्दै गएर पातको अधिकाँश भागलाई  ढाक्दछ । पातहरुमा लामो समयसम्म चिसो बसिराखेमा रोगको लक्षण पात, पातको डाँठ र फूल  र फूल को डाँठमा समेत देखिन सक्दछ । त्यसैगरी पातहरु टुप्पाबाट तलतिर मर्दै जाने लक्षण पनि देखिन सक्दछ । रोग लागेको ठाउँमा पछि मसिना काला ढुसीहरु समेत देखिन सक्दछ । तापक्रम ३००  से. र आद्र्रता ८०% भन्दा बढी भएमा यो रोगको प्रकोप बढ्दछ ।

व्यवस्थापन : 
- रोगको लक्षण देखिनासाथ रोगी बोटहरुलाई ग्रिनहाउसबाट बाहिर निकाल्ने र
रोगी भागलाई काटेर हटाउने । प्रयोग गरेको औजारलाई निर्मलिकरण गर्ने ।
- ग्रिनहाउसभित्र भेन्टिलेशन बढाउने ।
- बिरुवा राख्दा पर्याप्त दूरी कायम राख्ने ।
- १% बोर्डोमिश्रण स्प्रे गर्ने । फूल  फूलिरहेको अवस्था छ भने ०.५% को बोर्डोमिश्रण प्रयोग गर्ने ।
- कपरअक्सिक्लोराइड ५०% डब्लु.पी. २ ग्राम वा कार्बेन्डाजिम १२% + म्यानकोजेव ६३% डब्लु.पि. २ ग्राम प्रति लिटर पानीमा मिसाई ७ दिनको  अन्तरमा स्प्रे गर्ने ।

 छ । 

थप समाचार