बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

माटोको महत्व तथा व्यवस्थापन

मंगलबार, साउन २९ २०८१
7 views
माटोको महत्व तथा व्यवस्थापन

समाचार शेयर गर्नुहोस्

Share this news

माटो प्रकृतिको अमूल्य अंश हो र यसलाई व्यवस्थित उपयोग गरि प्राकृतिक रुपमा संरक्षण गर्ने हामी सबैको जिम्मेवारी हो । माटो बन्न जति समय लाग्छ, विग्रन त्यति समय लाग्दैन । माटोलाई अव्यवस्थित उपयोग गर्दा, छोटो समयमा यसका भौतिक, रासायनिक तथा जैविक गुणहरु क्षय भएर उर्वर माटो अनउत्पादनशिल बन्ने
भएकोले माटोलाई प्रयोग गर्दा माटोका गुणहरु कायम रहने हिसाबले यसलाई दिर्घकालिन असर नपर्ने गरि उपयोग गर्नु उचित हुन्छ ।

माटो कृषिको मुल आधार हो र कृषिको हिसाबले भन्नु पर्दा माटो पृथ्वीको माथिल्लो सतह हो जसमा बोटविरुवा अडिने, हुर्कने तथा वृद्धि विकास हुने एउटा माध्यम हो । जति माटो स्वस्थ्य भयो उति स्वस्थ्य उत्पादन हुने र उत्पादकत्व बढ्ने गर्छ । माटो स्वस्थ समाज निर्माणको जड हो । जति माटो विग्रदै जान्छ, उति कृषक तथा समाज गरिव वा कमजोर हुदै जान्छन् ।

तसर्थ समाज निर्माणको निम्ति स्वस्थ माटो अपरिहार्य छ । माटो बन्न धेरै समय लाग्छ र यसलाई उर्वरता कायम राख्न वा स्वस्थ बनाउन हाम्रो जिम्मेवारी हो । जुन माटो
स्वस्थ हुन्छ, त्यो माटोबाट उत्पादित बस्तुहरु पनि स्वस्थ हुन्छन् र स्वस्थ उत्पादन उपभोग गर्ने मानिसको स्वास्थ्य पनि राम्रो हुन्छ । स्वस्थ जीवनको निम्ति स्वस्थ उत्पादन आवश्यक छ । स्वस्थ शरिर भएमा सकारात्मक सोच र सकारात्मक जीवन शैलि विकास हुन्छ । त्यसैले स्वस्थ माटो स्वस्थ जीवनको आधार मानिन्छ ।
नेपाल संस्कार, संस्कृति र धर्ममा धेरै धनी मानिन्छ ।

हाम्रो संस्कार र परम्परा अनुसार माटोको धेरै महत्व छ । धेरै जस्तो पुजा, संस्कृति आदिमा विभिन्न ठाउं तथा प्रकारको माटोको आवश्यकता हुन्छ । हाम्रो जीवन नै पांच तत्वले बनिएको हो भन्ने मान्यता छ । त्यो पञ्चतत्व भनेको जल, अग्नि, वायु, पृथ्वी र आकाश हुन, जसमा पृथ्वी भनेको  माटो हो । माटो भनेको प्रकृति हो, यसलाई भगवानको श्रृजना हो भनेर हामी अझै मान्दै आएका छौ ।

विना माटो हामीले कुनै पनि जीवनको परिकल्पना गर्न सक्दैनौ । माटो प्रकृति हो, यसलाई संरक्षण र संवर्धन गर्ने हाम्रो दायित्व हो र धर्म संस्कृतिले समेत यसलाई जोगाई राख्न विभिन्न सांस्कृतिक कार्यमा पूजाको सामाग्रीको हिसावमा मानिन्दै
आएको छ । घरलाई रातो माटोले पोत्नु पर्ने, ढोकाको ठेलो र तुलसाको मोठलाई रातै माटोले लिप्नु पर्ने हाम्रो परम्परा छ । यसको धार्मिक महत्वको साथै वैज्ञानिक महत्व पनि उत्तिकै छ । हाम्रो परम्परा अनुरुप रातो माटोले लिपपोत गरिने कार्यले भू–क्षय न्यून हुने विज्ञानले पुष्ट्याइएको छ । रातो माटो भगवान बराहले श्रृजना गरेको भन्ने धार्मिक ग्रन्थमा लेखिएको छ र यसलाई धार्मिक हिसाबले पवित्र मानिन्छ । यसको प्रयोग पवित्रताको प्रतिक मानिन्छ र पैतालाको माटोको टिका लगाएमा भुतप्रेत, पिचासबाट पनि जोगिन सकिन्छ भन्ने मान्यता छ । रातो माटो अति चिम्ट्याईलो भएको कारण, बांध्ने वा टांसिने क्षमता अति  भएकोले भू–क्षयबाट रोक्न मद्दत पु¥याउछ । त्यसैले यसको कडा स्वभावले गर्दा इन्जिनियरहरुले निर्माण् कार्य गर्दा
निर्माण सामाग्रीको रुपमा प्रयोग गर्ने गरेको पाइन्छ । हामी सधै पुजा गर्छौ र माटोबाट बनाइएका दियो, गमला, भाडाहरु प्रयोग गर्ने परम्परा छ । तिहारमा दियो बालिने,
गर्मी मौसममा माटोको भाडोमा पानी राखी चिस्याउने, माटोको विभिन्न खेलौनाहरु बनाउने, आदि जस्ता कार्यहरु भै आएको छ र यो कार्य जिविकोपार्जनको आधार पनि
बनि आएको छ । हामी धान दिवसको दिन (असार–१५) मा हिलो खेल्ने गर्छौ र हाम्रो परम्परा अनुरुप वर्षमा एक पटक हिलोमा पस्नु पर्ने मान्यता छ । हिलोले शरिरमा भएको फोहोर वाहिर निकाल्न सहयोग गर्दछ । त्यसैले माटोलाई सौन्दर्य सामाग्रीको रुपमा पनि प्रयोग गरिने पाइएको छ ।

माटो विभिन्न तत्वहरुको श्रोत हो, त्यसैले गर्भवती महिलाहरुले रातो माटो फलाम तत्व आपूर्तिको निम्ति र कुरकुरे ढुंगा क्याल्सियम तत्वको निम्ति गाउंघरमा खाने गरेको पाइन्छ । अन्य देशहरुमा शरिरमा भएका विषाक्त बस्तुहरुलाई वाहिर फाल्नको निम्ति माटो खाने गरेको पाइन्छ । हाम्रो देशमा पनि खुर्सानीको विष (पिरोपन) फाल्न माटो खाने गरेको भेटिन्छ । यसरी विभिन्न विषाक्त बस्तुहरु खाएमा वाहिर फाल्नको निम्ति समेत माटो खाने चलन धेरै पुरानो हो । हामी धामी झाक्रीमा, भुतप्रेतमा
विश्वास गर्दै आएका छौं र धामी झाक्रीलाइ समेत दोबाटोको माटो सामाग्रीको रुपमा आवश्यक पर्छ । हाम्रो चलन अनुसार अष्टचिरिञ्जिवीको पुजा गर्दा दोबाटोको
माटो आवश्यक हुन्छ । पैंतालाको माटोको तिलक लगाएमा भुत प्रेतले केही असर नहुने हाम्रो समाजको मान्यता छ । तसर्थ धार्मिक तथा सांस्कृतिक हिसाबले यसको ठुलो महत्व छ । तुलसीको फेदको माटो, वर–पिपलका जराको माटो, हात्तिको पाईलाको माटो, रातो माटो, आदिहरु धार्मिक हिसाबले धेरै पवित्र मानिन्छ । ऋषि पञ्चमिको पुजा तथा महिलाहरुले व्रत बस्दा, यसता माटोको प्रयोग गरिने परम्परा छ । यो पर्वमा महिलाहरु यस्ता विभिन्न माटो आफ्नो शरिरमा लगाएर खोलामा गएर दत्तिउनले नुहाउने गर्दै आएको चलन छ । त्यसैले माटोको हाम्रो संस्कृति र परम्परासंग अनोन्याश्रीत सम्वन्ध छ । माटो व्यवस्थापन भन्नाले माटोको भौतिक, रासायनिक  तथा जैविक गुणहरु कायम राख्नु वा सुधार गर्नु हो ।

दिगो माटो व्यवस्थापन गर्नको निम्ति भौतिक, रासायनिक तथा जैविक गुणहरुमा सुधार गर्नु पर्ने हुन्छ र त्यसको लागि  निम्न बुंदाहरुमा ध्यान दिनु पर्दछ ।

प्रांगारिक पदार्थः

प्रांगारिक पदार्थ माटोको मुटुको रुपमा मान्ने गरिन्छ र माटोमा प्रांगारिक पदार्थ बृद्धि गर्न कम्पोष्टमल, गाईबस्तुको मल, गड्यौली मल, पिना आदिका साथै हरियो मल तथा ढाक्ने बाली  विशेष गरि कोशेबाली लगाउने गरिन्छ । यस्ता कार्यले माटोको बनौटमा सुधार ल्याउनुका साथै माटोले पानी धारण गर्ने क्षमतामा पनि बृद्धि ल्याउछ र माटोमा भएका बोटविरुवालाई आवश्यक पर्ने खाद्यतत्वहरु विस्तारै उपलब्ध गराउने, लामो समय सम्म माटोमा खाद्यतत्व संचित गर्ने र माटोमा भएका जिवाणुहरुको क्रियाकलापहरुलाई बृद्धि गर्दछ । प्रांगारिक पदार्थ माटोमा हुने जिवाणुहरुको खानाको श्रोत हो र जिवाणुहरुको विविधता तथा संख्यामा बृद्धि गर्दे माटोको भौतिक, रासायनिक तथा जैविक गुणमा सुधार ल्याउछ ।

ढाक्ने बाली : 

माटोलाई सधै छोपेर राख्नु राम्रो हो र माटोलाई ढाकेर राख्ने उद्देश्यले लगाइने बालीलाई ढाक्ने बाली भनिन्छ । ढाक्ने बालीमा विशेष गरि कोशेबालीहरु भएमा नाईट्रोजन तत्वको स्थिरीकरण हुन्छ र यस्ता बालीले माटोको भू–क्षय रोकथाममा सहयोग गर्नुका साथै माटोको बनौटमा समेत सघाउ पु¥याउदछ ।
माटोलाई कडापन हुनबाट जोगाउनको साथै जिवाणुहरुको संख्या र क्रियाकलाप बृद्धि गर्नमा मद्दत गर्दछ ।

बाली चक्ररघुम्ती बालीः

उचित बाली चक्र अपनाउदा माटोमा भएका विभिन्न खाद्य तत्वहरुको सदुपयोग हुने
तथा माटो बनौटमा समेत सुधार आउने हुन्छ । विभिन्न बालीहरुको जराको प्रकृति फरक हुने भएकोले माटोको तल्लो तहमा हुने तत्वहरु समेत सदुपयोग हुन्छ ।

छापो दिनेः

माटोलाई छापो दिने चलन पुरानो हो र यसले माटोको तापक्रमलाई कायम राख्नुका साथै माटोको चिस्यान समेत लामो समय सम्म कायम राख्दछ । छापो
दिने चलनले भू–क्षय हुनबाट समेत बचाउन सहयोग पु¥याउदछ । प्राकृतिक छापो दिएमा पछि सढेर, गलेर योछापो प्रांगारिक पदार्थमा परिणत हुन्छ र माटोको भौतिक,
रासायनिक तथा जैविक गुणहरुका सुधारमा सहयोग  पु¥याउदछ ।

संरक्षित कृषिः

न्यून खनजोत गर्नाले माटोको बनौटमा सुधार आउनुको साथै भू–क्षय हुन बाट जोगिन्छ र माटोमा हुने जिवाणुहरुलाई समेत कुनै प्रकारको अप्ठ् यारो पर्दैन । माटोको चिस्यान कायम राख्नुको साथै माटोको भौतिक गुणस्तर बृद्धि गर्न संरक्षित कृषिले टेवा पु¥याउदछ । 

माटो सुधारक तथा उत्प्रेरकहरुः

माटोको गुणहरु सुधार गर्न प्रयोग गरिने विभिन्न प्रांगारिक मल, जिवाणु मल तथा
कृषि सामाग्रीहरुको माटोको उत्पादकत्वमा ठुलो भूमिका हुन्छ । अम्लीय माटो सुधारको निम्ति कृषि चुन प्रयोग गर्नु पर्दछ र यसले माटोको पी.एच. सुधार गर्नको साथै माटाको भौतिक गुणमा समेत सुधार गर्दछ ।

अवशेष व्यवस्थापनः

कृषि कार्य गर्दा त्यसबाट निस्कने बालीको अवशेषहरु, झारपात तथा अन्य बस्तुहरु राम्रो संग कुहाएर माटोमा प्रयोग गर्दा माटोको गुणस्तर बृद्धि हुने तथा खेतबारी समेत सफा रहने भएकोले अवशेष  व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिनु जरुरी हुन्छ ।

मलखाद व्यवस्थापनः

बोटविरुवालाई आवश्यक पर्ने खाद्यतत्व परिपूर्ति गर्नको लागि प्रांगारिक वा रासायनिक श्रोतबाट मलको रुपमा तत्वहरु दिने गरिन्छ र बाली विशेष अनुरुप सिफारिस मात्रामा मलखाद दिनु पर्दछ र मलखाद आवश्यक पर्ने समयलाई समेत ध्यानमा राखी सही तरिकाले, सहि मात्रामा, सहि समयमा र सहि श्रोतबाट आपुर्ति गर्नु पर्दछ । हाम्रो देशको माटोमा शुक्ष्म तत्वहरुको पनि कमि देखिएको हुंदा शुक्ष्म तत्वलाई समेत ध्यानमा राखी सबै आवश्यक खाद्यतत्वहरु समुचित रुपमा दिनु जरुरी हुन्छ । 

Source : AITC , Nepal 

सम्बन्धित विषय

थप समाचार