बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

एशियाली चितुवा सर्प

बुधबार, साउन ३० २०८१
6 views
एशियाली चितुवा सर्प

समाचार शेयर गर्नुहोस्

Share this news

एशियाली चितुवा सर्प (पाइथन मोलुरस) वर्ग रेप्टिलिया (Squamata) र परिवार बोइडे (Boidae) अन्तर्गत पर्दछ। यो सर्प नेपाल, भारत, बंगलादेश, भुटान, पाकिस्तान, श्रीलंका, मलेसिया, म्यानमार, थाइल्याण्ड, अफ्रिका र अस्ट्रेलियामा पाइन्छ। नेपालमा यो तराईका संरक्षित क्षेत्रहरूका सिमसार क्षेत्रहरू नजिक पाइन्छ। यो सर्पको आयु १५ देखि १९ वर्षसम्म हुन्छ। यसको शरीरको रङ सेतो वा पहेंलो हुन्छ र त्यसमा गाढा खैरो रंगका आयताकार वा वर्ग आकारका दागहरू हुन्छन्।

एशियाली चितुवा सर्प ६ देखि ८ मिटर लामो हुन्छ। यसको तौल करिब ८५ देखि १३६ किलोग्रामसम्म हुन्छ। यो सर्पको मुख्य विशेषता भनेको यो चिसो र छायादार ठाउँहरूमा बस्न रुचाउँछ। यो सर्पले एक पटकमा ६० देखि १०० वटा अण्डा पार्छ। अण्डाको आकार ३.५ × २.५ सेन्टिमिटर हुन्छ र कोरल्ने अवधि ८ देखि १० हप्तासम्म हुन्छ। यो सर्प आईयूसीएन रेड लिस्टमा संकटापन्न प्रजाति र साइटिसको परिशिष्ट १ मा सूचीकृत छ।

नेपालमा यो सर्प राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०३० अनुसार संरक्षित (परिशिष्ट १) प्रजाति हो। यसको बासस्थानको व्यापक क्षति भएकाले यो संरक्षित गरिएको छ। यसको छालाको कारण यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा व्यापार हुन्छ।

Source : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

 

सम्बन्धित विषय

थप समाचार