बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

एकसिङ्गे गैँडा

बुधबार, साउन ३० २०८१
6 views
एकसिङ्गे गैँडा

समाचार शेयर गर्नुहोस्

Share this news

एकसिङ्गे गैँडा (वैज्ञानिक नाम: Rhinoceros unicornis) विषमपर्खी प्राणी वर्ग (Perissodactyla Order) अन्तर्गत गैँडा परिवार (Rhinocerotidae Family) मा पर्छ। यो नेपाल र भारतमा पाइन्छ। नेपालमा चितवन राष्ट्रिय निकुञ्ज तथा आसपासको जङ्गलमा ६०५, बर्दिया राष्ट्रिय निकुञ्ज तथा आसपासको जङ्गलमा २९, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासको जङ्गलमा ८ र पर्सा राष्ट्रिय निकुञ्ज तथा आसपासको जङ्गलमा ३ गरी कुल ६४५ वटा एकसिङ्गे गैँडा पाइन्छन् (विसं २०७६ को वन्यजन्तु गणना अनुसार)। 

एकसिङ्गे गैँडाको आयु ६० देखि ७० वर्षसम्म हुन्छ। यसको शरीरको रङ कालो निलो किसिमको हुन्छ र नाकमा एउटा सिङ हुन्छ। यसको उचाइ १ देखि १.७५ मिटर, लम्बाइ ४ मिटर, सिङको लम्बाइ ६० सेन्टिमिटर हुन्छ। भाले गैँडाको तौल करिब २००० किलोग्राम र पोथी गैँडाको तौल करिब १५०० किलोग्राम हुन्छ। गर्भावधि १६ देखि १८ महिनाको हुन्छ। यो IUCN को रातो सूचीमा जोखिमपूर्ण प्रजाति (vulnerable species) को रूपमा सूचीकृत छ र CITES को परिशिष्ट १ मा सूचीकृत छ। नेपालको राष्ट्रिय स्तनधारी प्राणीको रातो सूचीले यसलाई अतिसङ्कटापन्न प्रजाति (endangered species) को रूपमा वर्गीकरण गरेको छ।

नेपालमा यस प्रजातिको कानुनी हैसियत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०३० अनुसार संरक्षित  छ। यसको बासस्थानको व्यापक क्षति र चोरी शिकारका कारण यो संरक्षित गरिएको हो। यसको सिङका कारण यसको व्यापार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा हुन्छ।

Source : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

सम्बन्धित विषय

थप समाचार