बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

अर्ना

बुधबार, साउन ३० २०८१
6 views
अर्ना

समाचार शेयर गर्नुहोस्

Share this news

(वैज्ञानिक नाम: Bubalus arnee) जुगाली गर्ने प्राणी वर्ग (Artiodactyla Order) अन्तर्गत गाईवस्तु परिवार (Bovidae Family) मा पर्छ। विश्वव्यापी रूपमा यो प्रजाति भुटान, कम्बोडिया, भारत, म्यानमार, थाइल्याण्ड र नेपालमा पाइन्छ। नेपालमा यो प्रजाति एक मात्र पृथक स्थान (१७५ वर्ग किलोमिटरभन्दा कम) कोसीटप्पु वन्यजन्तु आरक्षको दक्षिणपूर्वी तराईमा पाइन्छ।

विश्वव्यापी रूपमा अर्नाको जनसङ्ख्या ४००० भन्दा कम रहेको अनुमान छ। वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रतिवेदन २०७६ अनुसार नेपालमा यसको जनसङ्ख्या ४४१ रहेको छ। यस प्रजातिको घरायसी राँगो (Bubalus bubalis) सँगको क्रसब्रीडिङका कारण आनुवंशिक क्षयीकरणको समस्या छ। यस्तै प्राकृतिक विपत्ति र महामारीको अवस्थामा नेपालबाट लोप हुने निरन्तर खतरा पनि रहेको छ। यी तथ्यहरूलाई ध्यानमा राख्दै वन तथा वातावरण मन्त्रालयले सन् २०१७ देखि यस प्रजातिको चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण सुरु गरेको छ।

विश्वव्यापी तथा राष्ट्रिय रूपमा यो IUCN को रातो सूचीमा संकटापन्न (Endangered) प्रजातिमा सूचीकृत छ। नेपालमा यस प्रजातिको कानुनी हैसियत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०३० अनुसार संरक्षित (परिशिष्ट १) छ। जबकि CITES ले अर्नालाई परिशिष्ट ३ को प्रजातिमा सूचीकृत गरेको छ।

Source : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

थप समाचार