बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

काँडे लुडेँ

बिहीबार , साउन ३१ २०८१
6 views
काँडे लुडेँ

समाचार शेयर गर्नुहोस्

Share this news

वैज्ञानिक नाम :  Amaranthus spinosus L.
वानस्पतिक परिवार :  Amaranthaceae 
अंग्रेजी नाम  :  Spiny pigweed
वनस्पतिको उद्गम स्थान  : Tropical America

फैलावटः

नेपालको पूर्व देखि पश्चिम ७५–१८०० मिटरको उचाई सम्म सडकको आसपास,  गाउँ/ शहरका बस्ती क्षेत्र, धार्मिक स्थल, ऐतिहासिक सम्पदा क्षेत्र, बाँझो÷खुला एवं सार्वजनिक जग्गा, खेतबारी, चौर, पार्क क्षेत्र आदि ।

विवरण :

यो करिब १ मि. सम्मको अग्लो हुने छिटो बढ्ने एकवर्षीय बिरुवा हो । यसको काण्ड नरम हुन्छ र हरेक आँख्लामा जोडीमा काँडा  हुन्छ । पात अण्डाकार वा लाम्चाकार हुन्छन् र किनारा सिधा हुन्छ । पात ३–१२ से.मि. लामा र १.५–६ से.मि. चौडाई हुन्छ । फूल हरियो झुप्पामा फुल्दछ । बीउ मसिना काला र चम्किला हुन्छन् । एउटै बिरुवाले सय हजारौं संख्यामा बीउ उत्पादन गर्दछ र बीउको उमार क्षमता पनि धेरै हुन्छ । यसका बीउहरु हावा, पानी, अन्नबाली एवं घाँसका बीउसँग मिसिएर, कृषि सामग्री र कृषि उपजका वस्तुहरुमा टाँसिएर अर्को ठाउँमा पुग्ने गर्दछन् । यो बिरुवामा प्रकाशको मात्रा कम वा धेरै, पानी भएको वा पानी कम भएको स्थानमा पनि हुर्कन सक्ने विशेषता रहेको हुन्छ । यो सुख्खा प्रतिरोधी बिरुवाको रुपमा पनि चिनिन्छ ।

प्रसारण : बीउ र काण्डबाट ।
फूल फुल्ने :  वर्षभरि ।
फल लाग्ने :  वर्षभरि ।

असर :

कृषि उत्पादनमा ह्रास ल्याउँछ । यसमा नाइट्रेटको मात्रा अधिक हुने भएकाले गाईवस्तुका लागि विषाक्त हुने कुरा अध्ययन अनुसन्धानबाट देखिन्छ । रैथाने घाँस  प्रजातिहरुलाई विस्थापित गरिदिन्छ ।

व्यवस्थापन : 

फूल फुल्नु भन्दा अगाडी नै उखेलेर माटो मुनी गाड्ने वा जैविक मल बनाउने ।    फूल फुल्नु अगावै संकलन गरेर नियन्त्रित रुपले आगो लगाई डढाउन सकिन्छ ।

सम्बन्धित विषय

थप समाचार