मेशिनबाट समयमै छिटो छरितो रुपमा धान तथा गहुँ काट्ने मिनी टिलर जडित कृषियन्त्र हो । साना गह्राहरुमा पनि उपयुक्त हुने तर यो मेशिन केही महङ्गो पर्दछ । यसको पछाडि मान्छे हिड्नुपर्दछ । रिपरका भागहरु : हेड, गियर बक्स, फ्रेम, मार्कर, कटर नाइफ, प्यानल र डिभाइडर पर्दछ ।
मेशिनका विशेषताहरु :
- यो मेशिन मुख्यतया ज्यामीको अभावको अवस्थामा सहजै प्रयोग गर्न सकिने हुँदा बढी प्रभावकारी छ ।
- यस मेशिनले धानको खेत हल्का चिस्यान भएको (खाला खेतमा) अवस्थामा पनि काट्न सक्छ तर धान भने सुकेको हुनुपर्दछ ।
- यो मेशिनको प्रयोगबाट छिटो बाली लगाउन समेत पर्याप्त समय प्राप्त हुनेछ ।
-यस मेशिनले धान तथा गहँु फेदैबाट काट्न सकिने हुँदा नल तथा पराल खेर जाँदैन । तसर्थ पशुपालक कृषकहरुका लागि अत्यन्त उपयोगी छ ।
- यसको लागि मिनी टिलर इन्जिन ७ हर्ष पावर वा त्यो भन्दा बढीको हुनुपर्दछ ।
मेशिनको कार्य क्षमता :
- यसमा इन्धनको निकै कम मात्रामा खपत हुन्छ (प्रति घण्टा १ देखि सवा १ लिटर मात्र) ।
- मेशिन सानो हुने हुदाँ सजिलै एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिन्छ ।
- प्लटको आकार वा साइज हेरी १ घण्टामा ३ देखि ५ कट्ठा वा २ देखि ३.५ रोपनी सम्म काट्न सकिन्छ ।
तुलनात्मक आर्थिक विश्लेषण :
- प्रति घण्टा रु.६००÷– देखि रु.८००÷– का दरले १ घण्टामा ३ देखि ५ कट्ठा वा २ देखि ३.५ रोपनी काट्न सकिन्छ जुन हातैले काट्दा धेरै मजदुर, समय र खर्च लाग्छ ।
Source : Pmamp