बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

मकै गोड्ने मिनी टिलर मेशिन

मंगलबार, भदौ ४ २०८१
35 views
मकै गोड्ने मिनी टिलर मेशिन

समाचार शेयर गर्नुहोस्

Share this news

मकै छर्ने मेशिन (सिड ड्रिल) प्रयोग गरी लाइनदेखि लाइनको दूरी कम्तिमा ६० से.मी. भएको अवस्थामा बीचबाट ड्याङ बनाउँदै गोड्ने कृषियन्त्रलाई मकै गोड्ने मेशिन (विडर) भनिन्छ ।

मेशिनका भागहरु : 

इन्जिन, गियरवक्स, गुड्ने चक्का (खुल्ला), फाली जोत्ने, टेल, टेल होल्डर (खुल्ला), फेण्डर (सेफ्टी पाता) र पाता कस्ने एङ्गल (खुल्ला), नट बल्टु (खुल्ला) आदि । मिनी टिलर किन्दा एक कार्टुनभित्र यी सबै मिलाएर प्याक गरिएको हुन्छ । हेण्डलमा क्लच केवल, एसीलेटर, एमरजेन्सी स्वीच जोडेर खुल्ला राखिएको हुन्छ । इन्जिन, हेण्डल, गियरवक्स बम्परमा जोडिएको हुन्छ । कार्टुन खोलेपछि हेण्डल गियर बक्समा जोड्न लामो नट दिइएको हुन्छ । त्यसबाट हेण्डल गियर बक्समा जोड्ने । गुड्ने चक्काको साफ्ट फिट गरेपछि चक्का लगाउने, टेल होल्डरमा टेल राखेर गियर बक्समा दिएको हुन्छ । त्यसले लक गरेपछि मिनी टिलर ठाडो बनाएर राख्न सकिन्छ ।

त्यसपछि फाली सेट फिट गर्नुपर्छ । फाली दायाँ र बायाँ गरी दुई प्रकारको हुन्छ । यदि फाली उल्टो फिट गरियो भने राम्रोसँग   जोत्दैन वा जोत्दै जोत्दैन । यदि मिनिटिलरबाट अरु काम गर्ने हो भने यसका एट्याचमेन्ट छुट्टै किन्नुपर्दछ । यो बहुमुखी काम गर्ने साधन भएकाले प्रत्येक साना किसानको घरमा एक वटा हुनु आवश्यक छ । जसरी प्रत्येक घरमा टिभी, कम्प्युटर, फ्रिज, ल्यापटप, मोबाइल चाहिएको छ । त्यस्तै गरी  खेती किसानी गर्ने किसानको प्रत्येक गोठमा हुनुपर्ने साधन मिनिटिलर हो । मिनी टिलरसँग यसमा  फेर्नुपर्ने इमर्जेन्सी पार्टस, नटवल्टु, फिल्टर, मोबिल, लक पीन, फाली, कारबोरेटर, स्पार्क प्लग, नोजल, आयल पम्प, कस्ने टुल बक्सको एकवटा सेट आवश्यक छ । माटो, भौगोलिक वनौट, तापक्रम अनुसार मिनिटिलरको बिक्री वितरण र प्रयोग गर्नुपर्दछ । नेपालमा अहिले चलनचल्तीमा रहेका मिनिटिलर हावाले चिस्याउने, ४ स्ट्रक, सिङ्गल सिलिण्डर भएको इन्जिन हो ।

मेशिनका विशेषताहरु :  
- यो पेट्रोल र डिजल दुवै इन्जिनबाट चल्छ ।
- १ घण्टामा ०.७ लिटर तेल (डिजेल वा पेट्रोल) ले सजिलै गोड्न सक्छ ।
- तरकारीको ड्याङ्ग बनाउन, आलु लगाउन आदिमा पनि प्रयोग गर्ने सकिन्छ ।
- मिनी टिलरको इन्जिन फोर स्ट्रक, सिङ्गल सिलिण्डर हुन्छ ।
- ५ देखि ९ हर्ष पावरसम्मका टिलर मिनी टिलर हुन् ।
-  यसको तौल ४० के.जी.देखि १३० के.जी.सम्म हुन्छ ।

कार्य क्षमताः
- १ घण्टामा ०.७ लिटर तेल (डिजेल वा पेट्रोल) ले सजिलै गोड्न सक्छ ।
- १ घण्टामा सजिलै २ देखि २.५ कठ्ठासम्म गोड्न सकिन्छ ।
- एकै जनाले सजिलोसँग अरुको सहायता विना गोड्न सकिन्छ ।

तुलनात्मक आर्थिक विश्लेषण : 
- यदि कृषकले आफ्नो तरिकाले एक बिघा गोड्न २० जना मानिसलाई दिन भरी लाग्छ र प्रतिव्यक्ति रु. ४००/– का दरले रु. ८०००/– खर्च आउँछ भने मिनी टिलरले गोड्दा एक जना कृषकले एक दिनमा गोडेर सक्दछ । जसमा जम्मा खर्च रु.२०००/– मात्र आउँछ भने एक बिगाहा गोडाइबाट रु. ६०००/– बचत हुन्छ । 

मिनी टिलर सञ्चालन गर्नुपूर्वको अभ्यास : 
- इन्जिनको आयल लेभल, चिल्लोपन जाँच गर्ने ।
- गियर बक्सको आयल, लेभल, चिल्लोपन जाँच गर्ने ।
- एयर फिल्टर सफा गर्ने ।
- नट बोल्ट लुज छ भने कस्ने ।
- एक्सिलेटर, क्लच, तारहरु चेक गर्ने ।
- टायरको हावा चेक गर्ने ।
- मिनी टिलर न्यूट्रलमा ल्याउने (सजिलै गुड्छ भने न्यूट्रलमा छ) ।
- स्टार्ट भएमा ५ मिनेट त्यसै लोड नदिई चल्न दिने ।
- क्लच अनुसार गियर चेन्ज गरी बारीमा लैजाने ।
- स्टार्ट अफ गरी फाली सेट राम्रोसँग चक्का निकाली लगाउने लक गर्ने ।
- स्लो गियरमा रफ जोत्ने अनि फास्ट गियरमा जोत्ने जसले गर्दा मेसिनमा लोड पर्दैन ।
- इन्जिन बन्द गर्न एक्सिलेटर विस्तारै घटाउने क्लचबाट गियर बन्द गरी एमरजेन्सी स्वीच अफ गर्ने ।
- मिनी टिलर घरमा ल्याइसकेपछि राम्रोसँग पुछेर फ्युल बन्द गरी राख्नुपर्छ ।

Source : Pmamp, Khumaltar       

सम्बन्धित विषय

थप समाचार