<p>विभिन्न देशमा खरायोलाई विशेष महत्वका रुपमा लिइन्छ । तर नेपालमा भने सोखका रुपमा वा सानोतिनो ब्यवसायका रुपमा मात्रै पाल्ने गरिएको छ । अन्य मुलुकमा जस्तै नेपालमा पनि खरायोलाई ठूला ठूला ब्यवसायिक रुपमा नै पाल्न सकिन्छ । </p>
समाचार शेयर गर्नुहोस्
Share this news
थोरै लगानीमा ब्यवसायिक खरायो पालन गरेर मनग्ये आम्दानी गर्न सकिन्छ । सोखका रुपमा मात्र नभई ब्यवसायिक रुपमा खरायो पालन गरी प्रशस्त आर्थिक उपार्जन गर्न सकिन्छ । त्यसैले यो लाभान्वित तथा आन्दित हुने ब्यवसाय मध्यमा पर्दछ । नेपालमा धेरै पहिलेदेखि नै खरायो पाल्ने गरिएको छ तर अझैसम्म ब्यवसायले मुर्तरुप लिन भने सकेको छैन ।
खरायोलाई पशुपालनका रुपमा घरपालुवा जनावरकै रुपमा पालिँदै आएको छ । विभिन्न देशमा खरायोलाई विशेष महत्वका रुपमा लिइन्छ । तर नेपालमा भने सोखका रुपमा वा सानोतिनो ब्यवसायका रुपमा मात्रै पाल्ने गरिएको छ । अन्य मुलुकमा जस्तै नेपालमा पनि खरायोलाई ठूला ठूला ब्यवसायिक रुपमा नै पाल्न सकिन्छ ।
खरायो पालन ब्यावसाय कसरी सुरु गर्ने ?
भित्री मधेसदेखि पहाड हुँदै हिमाली जिल्लामा समेत खरायो पालन गर्न सकिन्छ । खरायोलाई खासगरी मासुको लागि अथावा ऊनको लागि दुई उद्देश्यले पाल्न सकिन्छ । खासगरी सेतो खरायो र खैरो खरायो विशेष प्रचलनमा रहेको छ ।
खरायोको तीन वटा जात (नश्ल) रहेका छन् ।
१. हाइलाइन क्यालिफोर्निया,
२. सोभियत सिन्सला,
३. अंगोरा
कुन नश्लको खरायो पाल्ने भन्ने कुरा हामी आफै छनोट गर्न सक्छौं । कुन नश्लको खरायोबाट राम्रो आम्दानी लिन सक्रिन्छ भन्ने ख्याल गर्न जरुरी छ ।
माथिका तीन नश्लका खरायो बाहेक निम्न नश्लका खरायो पाल्न सक्रिन्छ ।
१. सेतो खरायो
२. खैरो खरायो
३. फ्लेमिस
४. न्युजिल्यान्ड सेतो
५. न्युजिल्यान्ड रातो
६. क्यालिफोर्नियन खरायो
७. डच
८. सोभियत चिचिला लगायतका खरायो मुख्य ब्यावसायिक प्रजातिहरु हुन् ।
undefined
मासु वा ऊनका लागि खरायो पालन
अंगोरा जात ऊनको लागि महत्वपूर्ण जात मानिन्छ । ब्यवसायिक रुपमा नै यो जातको खरायो पालेर उनको ब्यवसाय गर्न सकिन्छ । चिनसिला र क्यालिफोर्निया जातको खरायो मासुका रुपमा पाल्ने गरिन्छ । यो जातको खरायोको छालाको पनि विशेष महत्व रहेको छ । त्यसैले मासु, उन तथा छालाको लागि खरायो पालन गर्न सकिन्छ ।
खरायोको मलमा नाइट्रोजन र एमोनिया
मासुको वा ऊनको प्रयोजनका लागि खरायो पालन गरिएसँगै यसको मलबाट आर्थिक उपार्जन गर्न सकिन्छ । खरायोको मलमा नाइट्रोजन र एमोनियाको मात्रा बढी हुन्छ । त्यसैले खरायोको मल अर्गानिक हुन्छ । गाईवस्तुको मल भन्दा पनि खरायोको मलप्रति किसानको बढी आकर्षण हुन्छ ।
खरायो पालनका लागि ध्यान दिनुपर्ने कुरा
अन्य पशुपालन जस्तै खरायो पालन ब्यवसायका लागि पनि हामीले विशेष ध्यान दिनुपर्छ । खोरगोठदेखि दानापानीको ब्यवस्थापनमा ध्यान दिनुपर्छ ।
तपाईँ खरायोलाइ्र्र ब्यवसायिक रुपमा नै पाल्यो योजनामा हुनुहुन्छ भने खोर ब्यवस्थापन, दानापानीको ब्यवस्थापन, प्र्रजनन् ब्यवस्थापन, स्वास्थ्य सेवा ब्यवस्थापन र बजार ब्यवस्थापनमा विशेष रुपमा जानकार हुनैपर्छ ।
खोर ब्यवस्थापन कसरी गर्ने ?
ब्यवसायिक रुपमा खरायो पाल्नको लागि २ देखि ३ फिट लम्बाइ चौडाई तथा २, ३ फिट उचाई भएको खोर बनाउनु उपयुक्त हुन्छ । ब्यवसायिक पालनका लागि यसरी ब्यस्थित गरी खरायो पाल्न सकिन्छ । गाउँघरमा भने अन्य जुनसुकै तरिकाले पनि खरायो पाल्ने गरेका पाइन्छ । तर खरायो अन्य जीव जन्तुबाट बचाउनका लागि पनि विशेष प्रकारको खोर बनाउन जरुरी छ ।
साथै खोरमा दाना खुवाउने डुँडदेखि पानी खुवाउने भाँडाहरु पनि प्रयोग गर्न सकिन्छ । ब्याउने अवस्थामा रहेका खरायोका लागि खोर भित्रै काठको फलेकहरु प्रयोग गरी गुँणहरु पनि बनाउनु पर्छ । कुकुर, बिरालो, सर्प, किरा, मुसाहरुले पनि खरायोलाई असर पुर्याउन सक्छ । त्यसैले यसका लागि पन सुरक्षित खोर जरुरी हुन्छ । कुकुर, बिरालो, सर्प, किरा मुसाहरुले खरायो खानेदेखि विभिन्न प्रकारका रोगहरु सार्ने काम गर्छन् । त्यसका लागि खरायोलाई सुरक्षित तवरले पाल्नुपर्छ ।
यसका साथै खरायोका लागि हावापानीको मात्रा पनि मिलाएर राख्नु पर्छ । आरामदायी तरिकाल बस्न मिल्ने र चिसो तातोको तापक्रलाई सन्तुलित रुपमा मिलाउन आवश्यक हुन्छ । खरायोलाई धेरै चिसो वा धेरै तातोबाट जोगाउनुपर्छ ।
खरायोको राम्र्रो उत्पादन लिनका लागि वर्षमा ६ देखि ७ पटकसम्म हार्वेष्ट गर्न सक्छौं । खरायो २८ देखि ३२ दिन भित्रमा ब्याउने अवधि हो । त्यसैले वर्षभरी नै बच्चा जन्माइरहने भएकाले प्र्रजनन् बढाएर बच्चा उत्पादनबाट पनि राम्रो आर्थिक उपार्जन गर्न सकिन्छ । खरायोले वर्षभरी नै बच्चा जन्माउने भएकाले पनि यसलाई क्लोरोफिक एनिमल र ल्याब्रोटोरी एनिमलको रुपमा पनि प्र्योग गर्दै आइएको पाइन्छ ।
खरायो पाल्नका लागि नेपालको हावापानी उपयुक्त नै छ । त्यसैले यहाँ ब्यवसायिक रुपमा नै खरायो पाल्न सकिन्छ । खरायोको मासु सेतो मासु हो । त्यसैले यसको मासु विभिन्न रोग भएका विरामीहरुले पनि प्रयोग गर्न सक्छन् । मधुमेह, युरिक एसिड जस्ता समस्या भएकाहरुले रातो मासु खान हुँदैन । त्यसैले यस्ता विरामीहरुका लागि पनि खरायोका मासु खास सकिने चिकित्सकहरुले सुझाव दिने गर्छन् । खरायोको मासु मुटुको रोगी, बालक र बृद्ध अबस्थामा अत्यन्तै लाभकारी हुन्छ।
आहार ब्यवस्थापनः–
उचित उत्पादन का लागी सन्तुलित दाना र घाँसको ब्यावस्थापन जरुरी हुन्छ साथै आफ्नो भान्छाको तरकारीहरुका साथै खेरजाने बोक्रा टुक्राटुक्रा सागपात पनि प्रयोगमा ल्याउन सकिन्छ । अधिक लाभको लागि सन्तुलित आहारको साथै पोषिला घाँस तथा हाइड्रोपोनिक प्रविधिबाट उत्पादित आहार धेरै फाइदाजनक हुन्छ ।
प्रजनन
खरायोमा ५ महिनामै प्रजनन क्षमताको वृद्धि बिकास बिकास भइसकेको हुन्छ । तर प्रजननका लागि भाले छनोट गर्दा स्वास्थ तथा उचित तौल भएको र एक वर्ष उमेर पुगेको छनोट गर्नुपर्छ । भालेको लागि अन्य खरायोको तुलनामा उचित किसिमको आहार ब्यावस्थापन गर्नुपर्नेछ ।
खरायोमा ठुलै असर हुनेगरी कुनै समस्या नआए पनि उनीहरुको दिनचर्या र खानपानमा हुने परिवर्तनलाई ध्यान दिनु जरुरी हुन्छ ।
खरायो पालनका फाइदाहरुः–
खरायो एउटा सानो जनावर भएको हुँदा नेपालमा खरायो पालनका धेरै फाइदा रहेको छ ।
१. यो सानो आकारको हुने हुँदा खरायो पालनका लागि थोरै ठाउँ, कम आहारले पुग्ने हुँदा थोरैमात्र लगानीबाट पनि गर्न सकिन्छ ।
२. खरायो ब्यवस्थित खोरहरु नबनाएर सामान्य किसिमले पाल्न सकिन्छ । घरको छत, आँगन, घरको पछाडि या पशुपालन फार्ममा राम्रैसँग गर्न सकिन्छ।
३. थोरैमात्र लगानीले गर्न सकिने हुँदा निम्न वर्गका किसानहरुले पनि सहजै ब्यवसाय संचालन गर्न सक्दछन् ।
४. उत्पादन बोइलर कुखुराको झैं छिटो हुने हँुदा यो ब्यवसाय लाभकारी नै हुन्छ । खरायो जन्मिएको ४ देखि ५ महिनामा नै विक्रीका लागि उत्पादन योग्य हुन्छ ।
५. खरायोको आहारका रुपमा हामी बचेको तरकारी, हाम्रै घरआँगनमा पाइने पातपतिङर र हाम्रै खेतवारीमा उत्पादन हुने अन्न प्रयोग गर्न सक्छौं । तर ठूलो परिमाणमा ब्यवसया गर्दा भने विशेष किसिमका पोषिलो घाँस तथा दानाहरु दिनुपर्छ । साथै हाइड्रोपोनिक सिस्टमबाट घाँस उत्पादन गर्नु उपयुक्त हुन्छ ।
६. खरायोको प्रजनन क्षमता उच्च हुने हुँदा पनि यो ब्यवसायमा फाइदाजनक छ । एउटा बयस्क खरायोको माउले हरेक महिना २ देखि ६ ओटासम्म बच्चा जन्माउन सक्छ ।
७. नेपालका अधिकांश पुरुषहरु बिदेश जाने र महिलाहरु नै गाई भैंसी, भेडा, बाख्रा र बङुरपालन गर्ने तथा कुखुरा पालन गर्ने गरेका छन् । यी ब्यवसायका साथमै पनि खरायो पाल्न सकिन्छ । यसबाट किसानले दोहोरो लाभ लिन सक्छन् ।
८. पढेलेखेका बेरोजगार युवाहरुले करायो ब्यवसाय गरेर राम्रो आम्दानी गर्न सक्छन् । रोजगारीका लागि विदेशिनुपर्ने आवश्यकता पर्दैन । सानो लगानीबाट नै राम्रोसँग खरायो पालन गर्न सकेमा विदेशमा भन्दा पनि राम्रो आम्दानी गर्न सकिन्छ ।
अन्त्यमा,
बाख्रा तथा कुखुराको मासु सहज रुपमा पाइने भएकाले खरायोको मासु खोजी गरेको कमै पाइन्छ । खरायोको राम्रो उत्पादन हुन सकेमा यसको बजार प्र्रवद्र्धन गर्न पनि सकिन्छ । निकै न्यून मात्रामा खरायो पाल्ने गरिएको हुँदा यसलाई प्रयोग गर्ने दानापानीको पनि सहज ब्यवस्था हुन सकेको छैन । आवश्यक पशु चिकित्सकहरुको पनि अभाव खड्किने गर्छ । यसका लागि किसानहरुले नै राज्यलाई झक्झकाउन जरुरी छ ।