बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

के हो मौसम सूचाकाङ्क बिमा ? पहिलोपटक सुरुवात गरेको थियो शिखरले, अरु केके ?

तराईको समथर भूभागदेखि हिमालको शिखरसम्म शिखर इन्स्योरेन्स

बुधबार, साउन १ २०८२
70 views
के हो मौसम सूचाकाङ्क बिमा ? पहिलोपटक सुरुवात गरेको थियो शिखरले, अरु केके ?

समाचार शेयर गर्नुहोस्

Share this news

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाली निर्जीवन बिमा क्षेत्रको अग्रणी बिमा कम्पनी हो । हवाई, बैंकिङ, उत्पादन, पर्यटन, मिडियालगायतका क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहद्वारा प्रवद्र्धन गरिएको यस कम्पनीले छोटो समयमा उल्लेखनीय प्रगति गरेको छ । निर्जीवन बिमा कम्पनीहरूमध्ये स्थापना भएको दृष्टिकोणले शिखर तेस्रो कान्छो कम्पनी हो । 

निर्जीवन बिमा कम्पनीले मानिसको जीवन नभई सामान, सम्पत्ति, दुर्घटना, सवारी साधन, व्यापार जोखिम, स्वास्थ्य, यात्रा, कृषि, पशु आदि जस्ता विषयमा बिमा सुरक्षा प्रदान गर्छ ।

१५औँ कम्पनीका रूपमा स्थापना भएको शिखर इन्स्योरेन्सले बिमा समितिबाट २०६१ साल कात्तिक २६ गते व्यावसायिक सञ्चालनको अनुमति पाएको हो ।
कम्पनीले दुई दशकमा नै नेपाली बिमा व्यवसाय विस्तारलाई आक्रामक रूपमा अघि बढाएको छ ।

स्थापनाको छोटो अवधिमा शिखर इन्स्योरेन्सले नेपालको सुगम क्षेत्रहरू झापा, चितवन, महोत्तरीदेखि तेह्रथुम, ताप्लेजुङ, डोटी, अछाम, कैलाली, मुगु, जुम्ला, कालिकोट, डोल्पाजस्ता दुर्गम जिल्लाहरूमा समेत आफ्नो सेवा विस्तार गरेको छ । 

बाढी, पहिरो, भूकम्पलगायतका मौसमी जोखिमहरू निर्जीबन बिमा कम्पनीको लागि चुनौति बन्दै आइरहेको छ । नेपालमा बर्षेनी प्राकृतिक विपत्ति बढ्दो छ । यद्यपि, प्राकृतिक विपत्तिको समयमा कम्पनीको सोल्भेन्सी कायमै सेयरधनीहरूको पुँजीलाई सुरक्षित राख्ने शिखर इन्स्योरेन्सको रणनीति छ । 

हाल कम्पनीले सञ्चालन गरेका बिमा योजनाहरू यस्ता छन्ः

घर बिमा, 
सम्पत्ति बिमा, 
उखु खेती बिमा, 
तरकारी खेती बिमा, 
च्याउखेती बिमा, 
मौरी बिमा, 
साइलेज बाली बिमा, 
पन्छी बिमा, 
बाख्रा बिमा, 
ड्रागन फल खेती बिमा, 
खाद्यान्न बोली बिमा, 
व्यवसायिक सवारी साधन बिमा, 
मोटरसाइकल बिमा, 
निजी सवारी साधन बिमा, 
पशुधन बिमा, 
मार्गस्थ नगद बिमा, 
स्वास्थ्य बिमा, 
सामूहिक व्यक्तिगत दुर्घटना बिमा,
इलेक्ट्रोनिक सामान बिमा, 
इरेक्सन अल रिस्क बिमा,
मेसिनरी बिमा, 
सेंधमारी तथा नकवजनी, 
व्यक्तिगत दुर्घटना बिमा,
गार्हस्थ बिमा, 
विदेश यात्रा बिमा र 
सामुद्रिक बिमा । 


आफ्नै स्वामित्वमा निर्मित ‘शिखर बिज सेन्टर’मा केन्द्रीय कार्यालय रहेको यो कम्पनी बिमा शुल्क सङ्कलन, दाबी भुक्तानी, शाखा विस्तार तथा नयाँ बिमा लेखको प्रवद्र्धनमा अग्र स्थानमा छ । कम्पनीले आर्थिक बर्ष २०८०/०८१ मा १३ प्रतिशतको बजार हिस्सा ओगट्न सफल भएको थियो । 


यो कम्पनी डब्बल ए प्लस रेटिङ प्राप्त गर्ने यो जीवन र निर्जीवन बिमकमध्ये पहिलो र पुनर्बीमकसहितको स्वदेशी बिमकहरुमध्ये दोस्रो बिमक हो । यसअघि सरकारी स्वामित्वको नेपाल रिइन्स्योरेन्स कम्पनीले मात्र यस्तो रेटिङ प्राप्त गरेको थियो ।


शिखर इन्स्योरेन्सले मिति २०६१ फागुन २४ मा कृषि बिमा सुरु गरेको हो । यस बिमाले विभिन्न कृषि गतिविधिहरू जस्तै :  पशुपालन, कुखुरा, माछा, धान, तरकारी, फलफूल आदिको बिमा संरक्षण प्रदान गर्दछ ।


कृषि बिमा एक जोखिम व्यवस्थापन उपकरण हो जसले कृषकहरूलाई खडेरी, अत्यधिक चिस्यान, असिना, चिसो, हावा, वन्यजन्तु आदि जस्ता प्राकृतिक जोखिमहरूबाट हुने उत्पादन नोक्सानबाट आर्थिक सुरक्षा प्रदान गर्दछ ।


यस बिमाले विभिन्न कृषि गतिविधिहरू जस्तै ः पशुपालन, कुखुरा, माछा, धान, तरकारी, फलफूल, आगलागीको जोखिमविरुद्धको खेती, ईश्वरको कार्य (भूकम्प, बाढी, पहिरो, आँधी, रोग, कीरा) आदिको लागि बिमा कभरेज प्रदान गर्दछ ।


शिखर इन्स्योरेन्स बिमा शुल्क सङ्कलनका साथै दाबी भुक्तानीमा पनि अग्रणी कम्पनी हो । दुई दशकमा २० अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गर्दै आएको यो कम्पनी विपद्मा सधैँ अग्रसर रहँदै आएको छ । बिमितहरूको भरोसा जितिरहेको यो कम्पनीले मौसम सूचकांकमा आधारित कृषि बिमाले किसानहरूलाई ठुलो आर्थिक नोक्सानीबाट जोगाएको थियो । शिखर इन्स्योरेन्स कम्पनीमा मौसम सूचाकांकमा आधारित बिमा गरेका किसानहरूले घरदैलोमै दाबी भुक्तानी रकम पाएका थिए । 


मौसम सूचकांकमा आधारित बिमा सुविधा अन्तर्गत स्याउको बिमा गराएर कर्णालीका विभिन्न जिल्लाका किसानहरूले दावी भुक्तानी बुझिरहेका छन् । असिना र सुख्खा खडेरीले क्षति पुर्याउदा कर्णालीमा स्याउको उत्पादन घट्ने गर्दछ । कम्पनीले यो बिमा पोलिसी सुरु गरेसँगै घाटा बेहोरेका किसानहरूले राहत महसुस गरिरहेका छन् । 

के हो मौसम सूचाकाङ्क बिमा ? 


मौसम सूचकाङ्कमा आधारित बाली बिमा भन्नाले, कुनै निश्चित स्थानको निश्चित समय अवधिको मौसमी अवस्थालाई आधार मानेर बिमा गर्ने प्रक्रिया हो ।

यस बिमा अन्तर्गत त्यो अवधिमा आवश्यक जति पानी परेन वा तापक्रम अत्यधिक भयो भने, त्यसको प्रभाव बाली उत्पादनमा पर्ने घाटाको आधारमा दावी भुक्तानी दिइन्छ ।


यसमा बाली उत्पादनको मूल्य बिमा गरिन्छ, र मौसम केन्द्रको मापन आधारित डेटा नै बिमा दावीको आधार हुन्छ ।
नेपालमा जलवायु परिवर्तनका कारण कृषकहरूले बारम्बार सामना गर्नुपरेको बाली क्षतिको समस्यालाई समाधान गर्न वैज्ञानिक विधिमा आधारित मौसम सूचकांकमा आधारित बाली बिमाको प्रयोग विस्तार हुँदै गएको छ ।
सामान्यतः नेपालमा हालसम्म प्रचलित बाली बिमाले बाली लगाउँदादेखि काट्दासम्मको लागत मूल्य मात्र कभर गर्छ । यद्यपि यसमा आगलागी, बाढी, असिना, खडेरी, रोग कीरा आदि धेरै जोखिम समावेश भए पनि, उत्पादनअनुसार क्षतिपूर्ति नपाउने समस्या छ ।


यसका मुख्य विशेषता


क्षति मूल्याङ्कनको आवश्यकता हुँदैन, किसानले बिमा कम्पनीमा दावीसमेत गर्नुपर्दैन ।
मौसम खराब भएमा बिमा कम्पनीले स्वयं दावी प्रक्रिया अघि बढाउँछ ।
वैज्ञानिक आधारमा आधारित हुने भएकाले गलत वा नक्कली दावीको सम्भावना हुँदैन ।
तत्काल दावी भुक्तानी हुने हुँदा कृषकलाई छिटो राहत मिल्छ ।


मौसम सूचाकाङ्क बिमा सुरु गर्ने पहिलो कम्पनी शिखर 


पहिलो पटक नेपालमा मौसम सूचाकाङ्कमा आधारित बिमा गर्ने कम्पनी शिखर इन्स्योरेन्स हो । यो कम्पनीले नेपालमा पहिलो पटक जुम्लामा आ।व। २०७२.७३ देखि जुम्ला उपत्यकाको स्याउ खेतीमा मौसम सूचाङ्कमा आधारित बिमा गरेर यो बिमालेखको सुरुवात गरेको हो । 


यसमा खडेरी जोखिमको लागि स्याउको उत्पादनको मूल्यमा बिमा गरिएको छ । जुम्ला उपत्यकामा खडेरीको लागि बिमा दावीको मापदण्ड तयार गर्न जुम्लास्थित मौसम मापन केन्द्रबाट बिगत २० वर्ष भन्दा बढीको बर्षातको तथ्याङ्क अध्ययन गरिएको थियो ।

जसअनुसार स्याउको उत्पादनको लागि सबैभन्दा सबैभन्दा महत्त्वपूर्ण २ महिना (अप्रिल र मे) अर्थात मध्ये चैत देखि मध्य जेष्ठमा स्याउको फूल फुल्ने र चिचिला लाग्ने समयमा बर्षात ६० मिलिमिटर वा सो भन्दा कम भएमा बिमा गरेका कृषकलाई क्षतिपूर्ति दिइने ब्यवस्था छ । बिगत ३० बर्षमा जुम्लामा ६ पटक उक्त २ महिनामा ६० मिमि भन्दा कम बर्षात भएको थियो र बर्षात कम भएको बर्ष स्याउको उत्पादनमा पनि कमी भएको थियो ।


यसमा २ महिनाको बर्षात ६० मिमि वा सो भन्दा कम बिमा गरेका कृषक स्वतः दावी योग्य हुने हुनाले भएमा कृषकले दावी गर्नु गर्दैन । साथै दावी भुक्तानीको मापदण्ड २ महिनामा भएको बर्षातमा आधारित हुने हुनाले खेतबारीमा गएको क्षतिको मूल्याङ्कन गर्नुपदैन । जस्तैः यदि २ महिनाको जम्मा बर्षात ५० मिमि भएमा बिमा गरिएको स्याउकोे मूल्यको १८ देखि ३३ प्रतिशत, ४० मिमि भएमा ३५ प्रतिशत दावी भुक्तानी हुने व्यवस्था गरिएको छ ।


जम्मा बर्षात जति कम हुन्छ दावी उति बढ्दै जान्छ । बर्षात १ मिमि मात्र भएमा बिमा गरिएको जम्मा र कम अर्थात १०० प्रतिशत नै दावी भुक्तानी हुन्छ ।
बिना झन्झट र सजिलैसँग दावी भुक्तानी पाइने हुँदा अहिले क्षेत्रमा मौसममा आधारित बाली बिमा लोकप्रिय हुँदै गएको छ । 


मौसम सूचाकाङ्कमा आधारित बिमाको महत्त्व


मौसम सूचाकाङ्क बिमामा दावी गर्दा कृषकहरूलाई तत्काल क्षतिपूर्ति प्राप्त हुन्छ ।
यसमा क्षति भएमा कृषक बिमा कम्पनीमा दावी गर्नुपर्ने र बिमा कम्पनीले बाली लगाएको स्थानमा गएर क्षतिको मूल्याङ्कन गर्नुपर्दैन ।


अहिले संसारभर तापक्रम बढी रहेको र यसले गर्दा अतिबृष्टि, अनाबृष्टि, खडेरी जस्ता जोखिमबाट बालीमा क्षति हुने संम्भावना बढी रहेको परिप्रेक्षमा यस बिमाको महत्व झन बढिरहेको छ ।
यस बिमालाई बिस्तार गर्दै कृषकहरूलाई बाली मौसमको कारणले हुने क्षतिबाट पर्ने आर्थिक सङ्कटबाट तत्काल राहत प्रदान गर्न यस प्रकारको बिमा प्रभावकारी हुँदै गएको छ ।


मौसममा आधारित बिमा वैज्ञानिक अनुसन्धानमा आधारित भएकोले कुनै पनि पक्षले शंका गर्नुपर्दैन । तोकिएको मौसम अवस्था नभएमा दावी भुक्तानी पाउने हुँदा नक्कली बिमा दावी पर्न सक्दैन ।
बिमालेख अन्र्तगत आउन सक्ने क्षति निश्चित गर्ने कार्यमा बिमितलाई सहयोग गर्नको लागि बिमकले स्थानीय प्रतिनिधि, कृषक वा स्थानीय कृषि प्राविधिकसँग मिलेर नियमित रूपमा सम्बन्धित मौसम केन्द्रबाट प्राप्त मौसमी सूचनाको अवलोकन गर्नेछ । 

बिमकले कुन अवस्थामा भुक्तानी नदिन सक्छ ?


१. आणविक विकिरण वा आणबिक इनधनको ज्वलन पछि शेष रहने वेकम्मा पदार्थबाट निस्कने रेडियोधर्मिता (स्वतः जारी रहने अणको बिच्छेदनको ज्वलन समेत) को सक्रियताको संसर्गबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपले हुने कुनै दुर्घटना,
२. आणविक हात हतियारबाट उठेको वा सोसंग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहेको कारणबाट भएको दुर्घटना,
३. बिमालेखको अनुसूचीको अङ्गको रूपमा रहने मापदण्ड अनुसार मौसमी तथ्याङ्मा फरक परेमा बाहेक वर्षात, भूकम्प, बाढी, पहिरो जस्ता दैवी प्रकोपवाट बिमित बालीको क्षति भएमा,
४. बिमालेखको अनुसूचीको अंगको रूपमा रहने मापदण्ड अनुसार मौसमी तथ्याङ्कमा फरक परेमा बाहेक अन्य कुनै पनि घटनाबाट र जुनसुकै प्रकारबाट भए पनि कृषि तथा गैर–कृषि क्षेत्रको उत्पादनमा हुने कमीरक्षति वा कृषि कार्यको खर्च बढेमा बीमिक क्षतिपूर्ति दिन बाध्य हुने छैन ।
५. युद्ध, आकमण, विदेशी शत्रुको कारबाही वा कुनै युद्ध वा कुनै युद्ध सरहको कारवाही (घोषित वा अघोषित), गृहयुद्ध,
६. सैनिक बिद्रोह, दंगा, हडताल, नागरिक बिद्रोह, रिसइवीपूर्ण कार्य, विध्वंसात्मक गतिविधि, आतंकबाद, कान्ति, सैनिक वा शक्ति अपहरण वा जंगी कानून पालन वा घेराबन्दी स्थितिको घोषणा,
७. बिमितले बिमालेखमा उललेख गरे अनुसारको बाली नलगाएमा वा वाली लगाएर वा भएको बालीलाई राम्रोसँग हेरचाह नगरेमा,
८. परिणाम स्वरूप हुने कुनै पनि हानी नोक्सानी,
दावी प्रकृया
यस बिमालेख अन्तर्गत बिमितले दावी गरेमा वा बिमित दावी योग्य भएको निक्र्यौल गर्नको लागि दावी प्रकृया निम्न अनुसार हुनेछ ।
१. बिमकले सम्बन्धित मौसम केन्द्र वा सम्बन्धित मौसम केन्द्रबाट मौसमी अवस्था प्राप्त नभएको अवस्थामा बैकल्पिक मौसम केन्द्रबाट मौसमी अवस्थाको विवरण प्राप्त गरी अभिलेख राख्नेछ र सोहि अनुसार बास्तबिक मौसमी अवस्थाको गणना गरिनेछ ।
२. बिमालेखको अनुसूचीमा उल्लेखित भौगोलिक क्षेत्र र अवधिभित्र बास्तविक मौसमी अवस्था सुरुआती सूचकाङ्क भन्दा फरक परेमा अनुसूचीको अङ्गको रूपमा रहेको मापदण्ड अनुसार तर बिमा रकमको हदमा नबढ्ने गरी दाबी रकम मूल्याङ्कन गरिनेछ ।
३. मौसमी सूचकाङ्क बढी भएमा दावी योग्य हुने अवस्थामा मौसमी अवस्था शुरुआती सूचका भन्दा कम भएमा र मौसमी सूचका कम भएमा दावी योग्य हुने अवस्थामा मौसमी अवस्था शुरुआती सूचकाङ्क भन्दा बढी भएमा बिमक दावी भुक्तानी गर्न बाध्य हुने छैन ।
४ सम्बन्धित मौसम केन्द्रको मौसमी तथ्याङ्क यस बिमालेखको दावी भुक्तानी गर्ने आधार हुनेछ । अन्य मौसम केन्द्रको मौसमी तथ्याङ्कको दाबी भुक्तानी गर्ने मापदण्डसँग कुनै सम्बन्ध हुने छैन र यस्तो मौसमी तथ्याङ्कको आधारमा कुनै विवाद गर्न पाइने छैन ।
५. बिमित जोखिमको बिमा अवधि समाप्तिपछि मात्र बिमकले दावी योग्य भुक्तानी गर्नेछ ।
६. बिमकले दावी भुक्तानी बिमित वा बैंक सम्बन्धी व्यबस्थाअनुसार सम्बन्धित वित्तीय संस्थालाई गर्नेछ ।
७. बिमकले आफ्‌नो नियन्त्रणमा लिएको वा नलिएको अवस्थामा बिमितले बिमा गरेको बालीलाई यसै छोड्न पाउने छैन ।

सम्बन्धित विषय

थप समाचार