बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

एउटा गाउँमा एक किसान बस्थ्यो । गाउँदेखि केही पर उसको सानो खेत थियो । रोपाइँ सम्पन्न भएको केही दिनपछि खेतको पिँढीमा एउटा चराले गुँड बनाएर दुईवटा अण्डा पार्‍यो । केही दिनमै ती अण्डाबाट दुई साना बचेरा बाहिरिए र किसानको खेत वरपर रमाउँदै हुर्कन थाले ।

यसैबीच खेतमा धान पाक्यो र बाली काट्ने वेला आयो । गाउँका सबै किसानले आफ्ना खेतमा धान काट्न थाले । एक दिन किसानले आफ्नो खेततर्फ हेर्दै भन्यो, “धान त पाकिसकेछ, भोलि छिमेकीलाई काट्न पठाउँछु।”

किसानको कुरा सुनेर चराका बचेराहरू डराए र आमालाई भनिन्, “आमा, अब त हाम्रो अन्तिम दिन आयो जस्तो छ। हामी राति नै यो ठाउँ छोडेर जानुपर्छ।”

तर माउ चराले भनिन्, “चिन्ता नलागाऊ, बच्चा हो। भोलि छिमेकी धान काट्न आउँदैनन्।” अर्को दिन साँझ खेत हेर्दा धान काटिएको थिएन। माउ चराको अनुमान मिल्यो।

पुनः अर्को दिन किसानले भन्यो, “हत्तेरी, छिमेकी आएनन्। अब त भोलि आफन्तलाई काट्न पठाउँछु।” यो कुरा सुनेर बचेराहरू फेरि डराए र आमालाई भने। माउ चराले आज पनि ढुक्क पारिन्, “उसका आफन्त पनि आउँदैनन्, चिन्ता नगर।”

भोलिपल्ट साँझ खेत अझै नकाटिएको थियो। यसपछि किसानले गनगनाउँदै भन्यो, “अब भोलि म आफैं आएर काट्छु।”

यो कुरा सुनेपछि माउ चराले बचेरालाई भनिन्, “अब बच्चा हो, हामीलाई यो खेत छोड्नु पर्छ। यसपटक ऊ अरूको भरमा होइन, आफ्नै काँधमा जिम्मेवारी लिएको छ। त्यसैले ऊ अवश्य आउँछ।”

त्यस रातै चराले आफ्ना बचेरासहित अर्को सुरक्षित ठाउँमा गइन्।

थप समाचार