जल तथा मौसम विज्ञान विभागको मिति २०८३/०१/२५ गते प्रकाशित मनसुन ऋतुको जलवायु
आँकलन अनुसार मधेश प्रदेश लगायत देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना
रहेको देखिन्छ।
सरदर भन्दा कम वर्षाका कारण धान बालीमा प्रभाव पर्न सकने सम्भावना रहेकाले आवश्यक पूर्व तयारी
एवम् सतर्कता अपनाई देहाय बमोजिमको कार्यहरु गर्न गराउनु हुन सम्बन्धित सबैमा जानकारीका लागि
अनुरोध छ।
देहाय
१. धानखेती गर्दा कम पानीमा पनि राम्रो उत्पादन दिनसक्ने र खडेरी सहनसकने जातहरू जस्तै
सुख्खा-१, सुख्खा-२, सुख्खा-३, सुख्खा-४, सुख्खा-५ र सुख्खा-६ आदि छनौट गर्नुहोस्।
२. वर्षाको अनियमिततालाई ध्यान दिंदै आकाशे पानी संकलन (Rainwater Harvesting) गर्ने र
पोखरीहरूमा पानी जम्मा गर्नुहोस्।
३. जलवायुमैत्री संरक्षित कृषि प्रविधिहरू जस्तै सुख्खा तथा हिले छरुवा धान खेती (Wet and Dry
DSR), पालैपालो भिजाउने र सुकाउने (AWD), सघन धान खेती (SRI) प्रविधिहरू
अपनाउनुहोस्।