बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

पश्चिम एसिया द्वन्द्वका कारण मल आपूर्तिमा असर, वैकल्पिक व्यवस्था गर्न मन्त्रालय सक्रिय

बुधबार, वैशाख ३० २०८३
174 views
पश्चिम एसिया द्वन्द्वका कारण मल आपूर्तिमा असर, वैकल्पिक व्यवस्था गर्न मन्त्रालय सक्रिय

समाचार शेयर गर्नुहोस्

Share this news

नेपाल सरकार कुपकलाई अनुदानमा रासायनिक मल उपलद्ध गराउने नीति तथा कार्यकमको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध रहँदे स्रोतको उपलब्धताको आधारमा मलको आपूर्ति तथा वितरणलाई सहज एवं व्यवस्थित वनाउन हरदम प्रयासरत रहे अनुरुप हाल देशभर सामान्य रुपमा मलको बिक्री वितरण कार्य भै रहेको छ।

यसे सन्दर्भमा, नजिक आइरहेको वर्पे धान वालीको सिजनमा रासायनिक मलको माग र खपत अधिक हुने हुँदा यसलाई लक्षित गरि समयमा नै मल आपूर्ति गर्न मन्त्रालय कुयाशिल रहेको भएता पनि जारी पश्चिम एसिया दन्दको कारण सम्झौता भइ सकेको करिव १ लाख ८५ हजार मेट्रिक टन मलको आपूर्ति हुन नसकेको एवं आगामी दिनमा अन्तर्राष्ट्रिय बजारबाट मल खरिद तथा आपूर्तिमा समस्या आउन सकने देखिएकोले मल आपूर्तिको बैकल्पिक उपायहरुमा मन्त्रालयले काम गरिरहेको छ।

नेपाल सरकारले रासायनिक मल (नियन्त्रण) आदेश, २०५५ को प्रावधान अनुसार रासायनिक मलको उत्पादन, आयात, विक्री-वितरण, भण्डारण तथा गुणस्तर नियन्त्रण सम्बन्धमा नियमन गदैं आईरहेको छ। उक्त आदेशको दफा ५ को उपदफा १ मा नेपाल भित्र पैठारी वा उत्पादन गरिने रासायनिक मलको स्पेशिफिकेशन अनुसूची -१ मा उल्लेख भए बमोजिम हुनेछ।"भन्ने व्यवस्था रहेको र सोही अनुसूचीमा तोकिएका रासायनिक मल, तत्वीय संरचना, न्यूनतम/अधिकतम पोपक तत्वको मात्रा, भौतिक तथा रासायनिक गुणस्तर भएको मल मात्र पैठारी एवं विक्री वितरण गर्न पाइने व्यवस्था रहेको छू।

मल अभावको समयमा विभिन्न तत्वहरुले बजारमा कमसल मल विकी वितरण गने तथा सरकारले अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गने लगायतका कार्य गर्न सकने सम्भावना भएकोले उक्त आदेशको अनुसूची -१ मा उल्लेख भए बमोजिमको स्पेशिफिकेशन अनुसारको मल कृपि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिड कर्पोरेशन लिमिटेडका बिक्री कार्यालय तथा डिपोवाट वा मल आयातकर्ता वा डिलरको रुपमा दर्ता भएको विश्वासिलो स्रोतवाट मात्र खरिद गर्नु हुन सवै कृपक महानुभावमा अनुरोध गरिन्छ।

साथै बजारमा पाइने रासायनिक मलको मूल्य, स्रोत एवं गुणस्तरको बारेमा मल विक्रेतासंग आवश्यक सोधिखोजि गरि गुणस्तर यक्िन गरि मात्र मल खरिद गर्नु हुन र केही कैफियत देखिएमा सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालय एवं कृपिका निकायहरूमा जानकारी गराउनु हुन अनुरोध गरिन्छ।

साथै मल आयातकर्ता एवं डिलरहरुले रासायनिक मल नियन्त्रण आदेशमा उल्लिखित रासायनिक मलको स्पेशिफिकेसन अनुसारका मलहरुको मात्र कारोवार गर्न, सो वाहेकका मलको पैठारी तथा मिश्रण बिकि वितरण नगर्न र आदेशको प्रावधान विपरित गलत विवरण तथा लेवल राखी रासायनिक मल बिकि वितरण नगर्न जानकारी गराइन्द। यो सूचना र उक्त आदेशको प्रतिकूल हुने गरि मलको कारोवार गरेको पाइएमा रासायनिक मल (नियन्व्रण) आदेश, २०५५ र प्रचलित कानून बमोजिम कारवाही हुने व्यवहोरा पनि जानकारी गराइन्छ।

थप समाचार