अनारको फलभित्र रहेका दाना (बिज) वरिपरी रसिलो खाने भाग (गुदी) हुन्छ र पाकेपछि ताजा दाना खाइन्छ । यसको रसमा गुलियो र केही अमिलोपन रहेको हुँदा स्वादिष्ट चिसो पेय पदार्थ बन्दछ । यसको रसले फाइदा पुर्याउँछ ।
फलको बोक्रा रङ्ग बनाउने काममा प्रयोग गरिन्छ । रसबाट सिरप, जेली र अनाररब (रसमा चिनी मिसाएर पकाएको बाक्लो रस वा सस) बनाइन्छ । यसमा भिटामिन सी, कार्बोहाइड्रेट, प्रोटिन, खनिज पदार्थ आदि पौष्टिक तत्वहरू पाइन्छन् । यसको उत्पत्ति इरानमा भएको मानिन्छ ।
हावापानी
करिब ५००–१४०० मिटरको उचाईमा मध्य पहाडी जिल्लाहरूमा अनार खेती गर्न सकिन्छ । अनार खेतीको लागि लामो समयसम्म घाम लाग्ने, वसन्त ऋतु केही सुख्खा हुने र हिउँदमा चिसो हुने स्थान उपयुक्त मानिन्छ । धेरै वर्षा हुने स्थान अनार खेतीको लागि उपयुक्त हुँदैन । त्यसैले पूर्वी नेपालभन्दा पश्चिम नेपालमा अनार खेती उचित देखिन्छ । वार्षिक वर्षा ५०–६० से.मी. हुने ठाउँ यो फलको लागि उपयुक्त हुन्छ ।
१३–४० डिग्री सेन्टिग्रेडसम्मको तापक्रममा अनार खेती गर्न सकिन्छ । ४० डिग्रीभन्दा बढी तापक्रम भएमा फलमा घामले डढेको जस्तो दाग लाग्न सक्दछ । हिउँदमा अनार शुसुप्त अवस्थामा रहने भएकाले १० डिग्री सेन्टिग्रेड भन्दा तलको तापक्रमले केही नोक्सानी गर्दैन ।
माटो
सबैजसो खालको माटोमा भएता पनि पानि नजम्ने गहिराई भएको दोमट माटो अनार खेतीको लागि उपयुक्त मानिन्छ । पि.एच.५.५ देखि ६.५ सम्मको हल्का अम्लिय माटो अनार खेतीलाई राम्रो हुन्छ । पि.एच. ७.५ सम्मको हल्का क्षारीय माटोमा पनि अनार खेती गर्न सकिन्छ । चिम्ट्याइलो माटोमा अनार रोप्दा रोप्ने स्थानको माटो केही उठाउनु पर्छ भने सिंचाइको राम्रो व्यवस्था गरेमा बलौटे दोमट माटोमा पनि अनार खेती गर्न सकिन्छ ।
बिरुवा लगाउने समय
अनारको बिरुवा पुस–माघमा लगाइन्छ । यदि सिँचाईको सुविधा छैन भने वर्षायाममा मात्रै रोप्नु पर्दछ ।
जातहरू
नेपालमा प्रायजसो अनारका जातहरू भारतबाट भित्र्याइएका छन् भने कतिपय जातहरू व्यक्तिगत प्रयासबाट बिउ निकालेर बिरूवा पनि बेच्ने गरिएको पाइन्छ । नेपालको हावापानी र माटोसँग उपयुक्त हुने जातहरूको अध्ययन तथा विकास भएका छैनन् ।
अनारका केही प्रचलित जातहरू
क. मृदुला
प्रमुख गुणहरूः सदाबहार प्रकृति, गणेश र गुल शाहरेड बिचको वर्णशङ्कर जात, २५०-३०० ग्राम फलकोसाइज, फललको बोक्रा चिल्लो र गाढा रातो, गुलियो र मिठो स्वाद भएको ।
ख. गणेश
प्रमुख गुणहरूः मध्यम आकारको फल, बियाँ नरम र गुलियो तथा हल्का कलेजी रङ्गको हुन्छ, पछौटे जात, २२५-२५० ग्राम (सानोदेखि मझौता दाना हुने, पातलो बोक्रा भएको, सदाबहार खालको जात, अलान्दि जातबाट छानिएको ।
ग. भाग्वा वा सिन्धुरी
प्रमुख गुणहरूः सदावहार जात, सानोदेखि मझौला साइजको फल, पातलो बोक्रा हुने, चिल्लो रातो फल, मिठो स्वाद, नरम बिउ हुने ।
घ. वेदना
प्रमुख गुणहरूः फलको आका मझौलादेखि ठूलो (२५०–३०० ग्राम) हुने, हल्का सेतो र खैरो बोक्रा हुने, चिल्लो रातो फल, मिठो स्वाद, नरम विउ हुने, बियाँ वा बिजुला स्वादिलो, गुलयो तथा नरम र कलेजी रङ्ग भएको सिडले भेराइटी पनि भनिन्छ ।
ङ. कान्धारी
प्रमुख गुणहरूः गाढा रातो रङ्गको ठूलो आकारको फल हुन्छ । फलको रस हल्का अमिलो हुन्छ भने बियाँ कडा र रातो रङ्गको हुन्छ ।
५. विरूवा प्रसारण
बिउ वा वानस्पतिक दुवै तरिकाबाट अनारलाई प्रसारण गरिएता पनि बीउबाट उत्पादन भएका विरूवाहरू स्वंय-परागसेचन मात्र नभई आंशिक वा पूर्ण पर–परागसेचन पनि हुन जाने र जातिय शुद्धता नहुने हुँदा फलमा एकरूपता आउदैन । ढिलो उत्पादन दिने र जातिय शुद्धता पनि नहुने भएकाले व्यवसायिक अनार खेतीको लागि वानस्पतिक प्रसारण उत्तम मानिन्छ । वानस्पतिक प्रसारणमा सरल र सफल विधि कटिङ्ग हो । गुटी (लेयरिङ्ग) विधिवाट धेरै बिरुवा उत्पादन गर्न सकिदैन ।
बगैँचा स्थापना
अनारलाई समथर जग्गा भएमा वर्गाकार, आयतकार, पञ्चबाटिका र षड्कोणकार (त्रिभुजाकार) तथा भिरालो जग्गा भएमा गह्रा प्रणालीमा रोप्न उपयुक्त हुन्छ ।
बर्गाकार प्रणाली
यस प्रणालीमा बोटदेखि वोटसम्मको दुरी र हारदेखि हारसम्मको दुरी बराबर हुन्छ । जस्तैः ४ मि.×४ मि.वा ५ मि.×५ मि.को दुरीमा यो विधिद्वारा बगँैचा स्थापना गरी प्रयाग गर्न सकिन्छ । यो प्रणालीमा कम बिरुवा अट्दछन् र छोटो समयमा उत्पादन लिन सकिने अन्तरबालीहरू जस्तैः केरा, मेवा आदि लगाइन्छ र यस विधिलाई पञ्चबाटिका भनिन्छ ।
आयातकार प्रणाली : यस प्रणालीमा बोटदेखि वोटसम्मको दुरी र हारदेखि हारसम्मको दुरी फरक हुन्छ । जस्तैः ५ मि.×४ मि. वा ४ मि.×३ मि.को दुरीमा बगैँचा स्थापना गर्दा यो विधि प्रयोग गर्न सकिन्छ ।
षड्कोणकार (त्रिभुजाकार) प्रणाली : यस प्रणालीमा समान भुजा हुने गरी त्रिभुजको रेखाङ्कन गरी समबाहु त्रिभुजको कुनामा बिरुवा रोपिन्छ । १५५ बढी बिरुवा आयतकार÷बर्गाकार प्रणालीभन्दा यस प्रणालीमा अट्दछ । यस प्रणालीमा प्रत्येक ६ वटा बिरूवाले षट्कोण बनाउँछ र बिचमा सातौ बिरुवा पर्दछ ।
गह्रा प्रणाली : पहाडी क्षेत्रका भिरालो जग्गामा उपयुक्त हुने यस प्रणालीमा बोटदेखि बोटसम्मको दुरी र हारदेखी हारसम्मको दुरी गह्रैपिच्छे फर पर्न सक्दछ । पुछारको गह्राबाट चिह्न लगाउदै माथितिरको गह्रामा रेखाङ्कन गर्दै पछि गह्राहरू बनाएर गह्राको बिच बिचमा अनारका बिरूवाहरू लगाउनु पर्दछ ।
जग्गाको तयारी
अनार खेतीको लागि घाम लाग्ने, सिँचाईको सुविधा भएको, पानी नजम्ने, तुषारो नपर्ने जमिन उपयुक्त हुन्छ ।
रोप्न छानिएको जमिनको झारपात हटाएर सफा गर्नु पर्छ र राम्ररी जोतेर माटो तयार पार्नु पर्छ ।
जातअनुसार बिरुवा-बिरुवा बीचको दूरी फरक पर्दछ । एक रोपनीमा ३० वटा र एक हेक्टर जग्गामा ६०० बिरुवा अट्ने गरी कम्तिमा ४×४ मिटर लम्बाइ र चौडाइका खाडल खनि माटोको मलिलोपना,
सिंचाई सुविधा आदिलाई ध्यान दिनुपर्दछ । ५×३ वा ५×२ मिटर लम्बाइ र चौडाइमा पनि सघन खेती गर्न सकिन्छ ।
बिरूवा रोप्नु अघि ६० से. मि. लम्बाई, ६० से. मि.चौडाई र ६० से. मि.गहिराईका खाडल खन्नु पर्छ ।
खाडल खनेको माथिको आधा भागको मलिलो माटो र तलको कमसल माटो बेग्ला बेग्लै राख्नु पर्दछ । १५० से. मि.लम्बाई, १० से. मि. चौडाई र ३ से. मि. मोटाई भएको प्लान्टिङ्ग बोर्ड प्रयोग गरि बोर्डका दुबै पट्टि छेउछेउमा र बिच भागमा भएको अंग्रेजी ख आकारको दाँतीमा किला ठोकेर खाडलको निर्धारण गर्नु पर्दछ ।
खाडल खनेर केही दिन सुक्न दिनुपर्छ, दुई डोको (४०–५० के.जी.) राम्ररी कुहिएको गोबर मल र २०० ग्राम बोनमिल (हड्डीको धुलो राखी खाडल जमिनबाट एक फिट माथि सम्म उठाउनुपर्दछ ।त्यसले गर्दा पानी जम्न दिदैन र माटो रोप्दा बसेपछि खाडल जमिनको सतहको बराबर हुन्छ ।
प्लान्टिङ्ग बोर्डको बिच भागमा भएको अंग्रेजी ख आकारको दाँतीमा पर्ने गरि विरूवा रोप्नु पर्दछ ।
मलखाद
प्राङ्गारिक मलखाद राम्ररी कुहाउन र अनारको जरा कुहिने रोग लाग्न नदिन ६से.मी. गहिरो खाडल खनिसकेपछि उक्त खाडलमा विरूवा रोप्नुभन्दा एक महिना अघि नै कम्पोष्ट वा गोबरमल वा हरियोमल हालेर खाडल पुर्नुपर्छ ।
अनार खेती गर्नलाई प्राङ्गारिक वा अप्राङ्गारिक (अजैविक) मलखादबाट दिइने खाद्यतत्वहरूमानाइट्रोजन, फोस्फोरस र पोटास मुख्य तत्वहरू हुन् ।
साउन/भदौ महिनामा फल टिपिन्छ भने पूस–माघ महिनामा मलखाद राख्नेकाम लगरिन्छ । ठूलो बोटलाई मलखाद दिदाँ फेदबाट एक मिटर पर वा बोटको हाँगा जति टाढासम्म फैलिएको छ त्यो भागसम्म र सानो बोटलाई आधा मिटर टाढा कुलेसो वा रिङ्ग बनाएर बोटको उमेर अनुसार मलखाद दिनु पर्दछ । नाइट्रोनको आधा भाग र अन्य सबै मलखादको पुरै भाग अनार फूल फुल्न एक महिना अघि दिनु पर्छ।
नाइट्रोजनको बाँकी आधा भागलाई २ भागमा विभाजन गरी दोस्रो पटक फलको विकास भईरहेको बेलामा र तेस्रो भागर/अन्तिम भाग फल टिपेपछि (भदौमा) दिन उपयुक्त हुन्छ ।
काटँछाट : बोटहरू उत्पादनशील बनाई राख्न बुढो हाँगा रोग/किरा लागेका तथा भित्र भित्रै बाँधिएका हाँगाहरूलाई हटाउन पर्दछ । रोपेपश्चात विरूवा १ मिटर अग्लो भएपछि ७५ से.मी. भन्दा माथिको टुप्पो काट्ने र जमिनदेखि ६०–७० से.मि. माथिका ४–५ वटा तेर्सिएर गएका तथाठूला कोण भएका हाँगाहरू र चारैतर्फ भएका हाँगाहरूलाई छनौट गरेर बाँकी भएका हाँगाहरूलाई हटाउनु पर्दछ । अनारमा ३–४ वटा मूलकाण्ड कायम गर्दा सुरक्षित हुन्छ ।
काँटछाट तथा तालिम अनिवार्य किर्याकलाप हो जसबाट फलको गुणस्तर वृद्धि र रोगर किराको प्रकोपको व्यवस्थानलाई सहयोग गर्छ । अनारमा दुई किसिमले काँटछाट गरिन्छ ।
क) फेदबाट नै काट्ने तरिका
नयाँ हाँगाको वृद्धि रोक्न शाखा हाँगाबिगा आएको भागमा नै काटेर हटाउने तरिकालाई थिनिङ्ग आउट भनिन्छ । यसबाट मुख्य भाग खुल्ला हुन गई प्रकाश छिर्न सहयोग गर्दछ ।
ख) मूल हाँगाहरूलाई छोट्याउने तरिका
शाखा हाँगाको वृद्धि गर्न वा साना हाँगाहरूलाई छोट्याउन वा रोप्नु पहिले जरा र काण्डको अनुपात मिलाउन, हेडिङ्ग ब्याक गरिन्छ । यसरी बिरूवाको काटेको भाग तलबाट सिधा हाँगा आउन र बाक्लो गरि नयाँ हाँगाबिगाँ आउँछन् ।
सिंचाई
सुख्खा सहन सक्ने फलफूल बालि मध्येमा अनार पनि एक भएकाले माटोको चिस्यानलाई ध्यान दिन जरूरी छ । सामन्यतया १२५–१५० से.मी. प्रति वर्ष पानी अनारलाई आवश्यकता पर्दछ । सारेको विरूवाको मूल काण्डलाई पानीले हानि नपु¥याउन बेसिन बनाएर सिंचाई गर्नुपर्दछ । लगाएको खाडल भन्दा अलि चौडा बनाई मात्र बेसिन बनाउदा पानि सबै जरासम्म पुग्छ । पहिलो वर्षको सिंचाईले नै राम्रो र बलियो जरा प्रणालीको विकास गर्ने भएकाले पानी दिँदा तल र बाहिरसम्म भिज्ने गरि हप्तामा १ पटक दिन उपयुक्त हुन्छ ।
हलुका वा बढी बलौटे माटा धेरै पटक कम्तिमा हप्तामा एक पटक) र चिम्ट्याइलो रातो माटो छ भने १०–१२ दिनको फरकमा पानि दिनुपर्दछ । मलखाद राखेपछि, फूल फुल्नु अघि र फूल लागिसकेपछि सिंचाई दिँदा विरूवाले मलखादबाट खाद्यतत्व पर्याप्त लिने तथा फूल र फल झर्नबाट रोक्न सहयोग गर्दछ । चिस्यानको मात्र कम हुँदा फल झर्ने समस्या हुन्छ । व्यवसायिक रूपमा अनार खेती गर्न थोपा सिंचाई प्रविधि उपयुक्त हुन्छ जसबाट लागत र पानिको मात्र बचत हुन्छ ।
बालि व्यवस्थापन
अनारमा वर्ष भरी फूल फूलेतापनि राम्रोसँग फल लाग्दैन।सिंचाई नदिई जराहरूको वृद्धिमा खल्बल्याउदा केही पुराना पातहरू झर्दछन् र तनाव विकास भई अनारको फूल लाग्न मद्दत गर्दछ।वर्षे बालि लिनको लागि मंसिर–पुषमा बगैंचाको माटोलाइ सुख्खा राखी माघमा मलखाद दिँदा फागुनतिर राम्रोसँग फूल लाग्दछ र श्रावण– भदौमा उत्पादन लिन सकिन्छ ।
अन्तरबाली
अनारको उत्पादन ५–६ वर्षपछि मात्र राम्रोसँग हुने भएकाले उपलब्ध खालि ठाउँमा अनारभन्दा होचो हुने दालबालि जस्तै चना, केराउ, मुग, मास, भटमासतथा अन्य तरकारी बालिहरू लगाउन सकिन्छ । अनारलाई दिईएको मलखाद लगायत सिंचाई र सूर्यको किरणसँग प्रतिस्पर्धा हुने भएकाले अनारको १ मिटर वरिपरि झारपात, घाँस वा अन्य बाली विरूवा हुनु हुँदैन ।
फूल फूलाइ तथा परागशेचन
अनारमा मुख्य फूल फुल्ने र फल लाग्ने प्रकृया १ महिना (२०-२७ दिन) लाग्दछ । धेरै जसो पूर्ण फूलहरू पहिलो पटकमा फूलि सक्ने समयमा ३०५ फल बोटमा रहने, पुरै फूल फक्रिसक्ने समयमा (फुल्न शुरू गरेको ४–५ हप्ता) फूलको संख्या र फुल्ने क्रम घट्दै गई अन्ततिर फेरी बढ्छ । पुरै फक्रि सक्ने समयमा लागेका ८०५ फल टिप्ने बेलासम्म बोटमा नै रहन्छन् भने फूल फुल्न शुरू गरेको ४–५ हप्तामा लागेका फूलबाट ९०५ फल लागि उच्च गुणस्तरका फल उत्पादन हन्छ ।
उत्पादन र उत्पादनोपरान्त ब्यवस्थापन
१. फल पाक्ने समय र फल टिप्ने
फूल लागेको ६–७ महिनामा अथवा जात अनुसार फल लागेको १३०–१४० दिनमा फल टिप्न उचित हुन्छ । तर यो अवधि ठाउँ अनुसार फरक पर्ने भएकाले तराई भेगमा यो अवधि अलिक छोटो हुने र मध्य पहाडि भेगमा अलिक लामो हुन्छ । अनारको जात अनुसार अनारको बोक्राको रङ्ग फरक हुने भएकाले टिप्न योग्य हुँदा केही जातहरूमा बाहिरको बोक्रा गाढा रातो हुन्छ भने केही जातमा पहेलो रङ्गमा परिवर्तन हुन्छ । अनारको फल बोटमा नै पाक्ने फल भएकाले राम्रोसँग पाकेपछि मात्र टिप्नु पर्दछ ।
यदी औंलाले छिप्पिएको फललाई फट्कारेर हान्दा धातुको भाँडो बजे जस्तै आवाज आएमा टिप्न योग्य भएको बुझिन्छ । राम्रोसँग पाकेको अनारको फलको रसमा कूल घुलनशील ठोस पदार्थ (टिएसएस) १५ डिग्री ब्रिक्स भन्दा बढी हुन्छ ।
२. उत्पादन
गुणस्तरिय जातको छनौट तथा बगैचाको राम्रो व्यस्थापन गरेमा अनारले २०–२५ वर्ष सम्म उत्पादन दिन्छ र यस्ता बोटमा २००–२५० दाना प्रति बोट अनार फल्दछन् । त्यसपश्चात उत्पादन विस्तारै घटेतापनि राम्रो व्यवस्थापन गर्दा थप १० वर्ष लम्बाउन सकिन्छ ।
३. फलको वर्गीकरण
फल टिपिसके पछि आकार, तौल, रंग, चोटवा दाग नपरेको पाकेको अवस्था हेरि फलहरूलाई वर्गीकरण (ग्रेडिङ, grading) गर्नु पर्दछ । आकार र नाप अनुसार अनार फललाई पहिलो (३५० ग्रामभन्दा माथी), दोस्रो (२०० देखि ३५० ग्रामसम्म) र तेस्रो (२०० ग्राम भन्दा कम) गरि बर्गिकरण गरिन्छ ।
४. फल बेर्ने
फल टिपिसकेपछि बजार वा भण्डारणमा पठाउनु अगाडि प्याकिङ्ग गर्नका लागि फलको साइजको आधारमा फलहरूलाई पुरानो पत्रिका वा अन्य कागजले बेरेर टोकरी वा डोकोमा साईज अनुसार हार मिलाएर राख्नुपर्छ । ढुवानी गर्दा फलहरू एक अर्कामा घस्रेर चोट लाग्नबाट बचाउन टिमिक्क हुने गरी प्याकिङ गर्नुपर्छ ।
५. फलको भण्डारण
अनारलाई चिसो घर (कोल्ड स्टोरमा) १ देखि ४.५ डिग्री सेन्टिग्रेड तापक्रम र ८० देखि ८५ प्रतिशत सापेक्षिक आद्रता कायम गरेर ५-६ महिनासम्म भण्डारण गर्न सकिन्छ ।
अनार बोटमा पाकेपछि अनारको अम्लियपना घट्छ भने कुल घुलनशिल गुलियो पदार्थ (टिएसएस), पिएच र रङ्गको चमक बढ्छ । अनार अन्य फलहरू भन्दा बढी समयसम्म भण्डारण
गर्न सकिन्छ । भण्डारण गर्दा कुहिने रोगबाट अनारलाई बचाउन ०.२५ को बेभिष्टनले उपचार गर्नुपर्दछ ।
६. बजारीकरण
नेपालमा अनारको बजारिकरणमा त्यति समस्या नदेखिएकाले बाह्रैमासा अनारको मुल्यमा कमी आएको पाइदैन । उत्पादन लागत अनुसार उत्पादकहरूले विचौलियाको तुलनामा बढीमात्रमा आर्थिक लाभ उठाउन नसक्नु र उपभोक्ताहरूले चर्को मुल्य तिरी अनार किन्नु पर्ने समस्या प्रमुख रहेको पाइएकाले उत्पादक तथा उपभोक्ता दुवैको हकहितको संरक्षणा गरी बजार व्यवस्थापन गर्न अति जरूरी
रहेको छ ।
अनार फलको रूपमा मात्र नभएर जुस बनाएर पनि निकै उपभोग गरीएको छ । प्राय भारतिय अनार बजारमा उपलब्धता भएको र चर्को मुल्यमा विक्री भईरहेको पाइएकाले नेपालमा अनारको उत्पादन बढाउन उचित जातको विकास गरी उपयुक्त ठाउँमा उपयुक्त स्वस्थ जातको अनार खेती विस्तार गर्नुपर्ने देखिन्छ ।