बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

सुन्तला खेति प्रविधि, रोग तथा किरा व्यवस्थापन, वगैचा व्यवस्थापन विधि

बिहीबार , जेठ ३१ २०८१
50 views
सुन्तला खेति प्रविधि, रोग तथा किरा व्यवस्थापन, वगैचा व्यवस्थापन विधि

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय

सुन्तलाजातका फलफूलहरु संसारमा प्रकृतिको उपहार स्वरुप उपलब्ध भएका उपयोगी,आकर्षक र सजावटी वनस्पति हुन् । सुन्तलाजातका फलफूलहरुलाई समेट्ने एक अंग्रेजी शब्द सिट्रस (ऋष्तचगक) हो। सिट्रस अन्तर्गत सुन्तला, मुन्तला, जुनार, कागती, मौसम, निबुवा, ज्यामिर, भोगटे, विमिरो, ग्रेपफ्रूट, चाक्सी, कमला आदि फलफूलहरू पर्दछन् । सिट्रसको फल कलिलोमा प्राय अमिलो र छिप्पिए पछि अमिलो, गुलियो वा तितो हुने हुन्छ । फलको भित्री भागमा बीयाँ र रसयुक्त केस्रा हुन्छ जसलाई प्रजाति अनुसार बाक्लो वा पातलो छील (बोक्रा)ले बेरिएको हुन्छ । सिट्रसको रंगको सुन्दरता, फूल र फलहरुको सुगन्ध, फलको शानदार स्वादको हाराहारिमा अरु कुनै वनस्पति छैन । सिट्रस जस्तो स्वादिष्ट केक, बिस्किट, अचार, अत्तर, धुप, चुक, तेल, प्राकृतिक रंग, रस जस्ता विविध प्रयोगमा आउने र विविध रुपमा प्रयोग भइरहेको अरु कुनै फलफूल नहोला। त्यसैले संसारका लोकप्रिय तथा अत्यधिक मात्रामा खेती गरिने फलफूलहरुमा सुन्तलाजात फलफूल अग्रस्थानमा पर्दछन् ।


सुन्तलाजात फलफूलको वानस्पतिक उत्पति र वर्गीकरण

सुन्तलाजात फलफूल रूटासी परिवारको फूल फुल्ने वनस्पति हो । यस अन्तरगत धेरै प्रजाति पर्ने भएकोले विभिन्न प्रजातिको उत्पति विभिन्न स्थानमा भएको पाईन्छ । यसका धेरै प्रजातिको उत्पति र विविधिकरण नेपालमा भएको पाईन्छ। सुन्तलाजात फलफूलको वानस्पतिक वर्गीकरण यस प्रकार रहेको छ ।

Kingdom: Plantae

Sub-kingdom: Angiosperms

Division: Eudicots

Sub-division: Rosidae

Order: Sapindales

Family: Rutaceae

Subfamily: Aurantioideae

Tribe: Citreae

Genus: Citrus L., Poncirus, Fortunella

नेपालमा पाइने सुन्तलाजात फलफूलका केही जातहरू
मुख्य जातहरु र तिनका गुणहरुः छिटो पाक्ने जातहरुमा जापानिज उन्सु, ओकित्चु वासे, मियागावा वासे, थाई सुन्तला, ओता पोङ्कान रहेका छन् जुन आश्विन देखि मंसिर सम्ममा पाक्दछन् ।

मध्यम समयमा पाक्ने जातहरुमा नेपाली स्थानिय सुन्तला, जापानिज योशिदा पोङ्कान रहेका छन् । यी जातहरु मंसीर–पौषमा पाक्दछन् भने ढिलो पाक्ने जातहरु मध्ये मरकट, किन्नो रहेका छन् । यी जात माघ–फाल्गुणमा पाक्दछन् ।

सुहाँउदो हावापानीः सामान्यतया १००० देखि १५०० मिटरको उचाईमा सफलतासाथ व्यावसायिक रुपमा सुन्तला खेती गर्न सकिन्छ । सरदरमा २५०–३०० सेन्टिग्रेड तापक्रम, पारिलो घाम लाग्ने तथा औसत ७०० मि.मि. वर्षा हुने स्थानहरु खेतीको लागि राम्रो मानिन्छ ।

सुहाउँदो माटोः पानी नजम्ने, निकासको सुविधा भएको, प्राङ्गारिक पदार्थ प्रशस्त भएको हल्का दोमट, पि.एच. ५.५–६.५ सम्मको माटोमा सुन्तला खेती राम्रो हुन्छ ।

सुन्तलाको बिरुवा उत्पादनः सुन्तलाको बिरुवा उत्पादन मुख्यतः दुई तरीकाबाट गरेको पाईन्छः

  • बिजु विरुवा उत्पादन: सुन्तलाको न्यूसेलर बेर्ना उत्पादन गरिन्छ । यस विधिबाट बेर्ना उत्पादन गर्दा १८–२० महिनामा बिरुवा रोप्नको लागि तयार हुन्छ ।
  • कलमी बिरुवा उत्पादनः कलमी बिरुवा खुला जमिनमा र जाली घर भित्र उत्पादन गरिन्छ| बडिङ्ग तरिकाबाट कलमी गर्न फाल्गुन–आषाढसम्म र ग्राफ्टिङ्ग विधिबाट कलमी गर्न कार्तिक अन्तिम हप्ता देखि शुरु भई माघसम्म गर्न सकिन्छ । कलमी गर्न तयार भएको रुटस्टक बेर्नालाई जमिन देखि १५–२० से.मि. माथिबाट टुप्पो हटाउनु पर्दछ । त्यसपछि रुटस्टकको साईज अनुसार सायन छनौट गरी टिप–सुट वा भिनियर विधिबाट सायन र रुटस्टकलाई काटेर कलमी गरी बिरुवा तयार गरिन्छ ।

सुन्तला बगैचा स्थापनाः सुन्तला वगैंचा स्थापना गर्नु एक दीर्घकालिन सोच र आम्दानीको श्रोत भएकोले यसको स्थापनाका लागि देहाय बमोजिमका विभिन्न पक्षहरुमा ध्यान दिन जरुरी हुन्छ ।

  • जग्गाको छनौटः सिंचाई सुविधा नभएको ठाँउमा पारिलो उत्तर मोहोडा गरेको जग्गा र सिंचाई सुविधा भएको ठाँउमा दक्षिण मोहोडाको जग्गा सुन्तला बगैंचा स्थापनाको लागि उत्तम मानिन्छ ।
  • जग्गाको तयारी र रेखाङ्कन विधिः नयाँ जग्गामा रहेका बुट्यान, रुख, झाडी, ठूटा, कुडाकर्कटहरु तथा जमिनमा रहेका ढुङ्गा हटाउनु पर्दछ । २–३ वर्षसम्म जग्गाको खनजोत गरी हरियो मल र कोसेबाली लगाउने जसले माटोको गुणस्तर सुधार गर्दछ । हावाको गति बढी हुने स्थानहरुमा वायु अवरोधक बिरुवा एक दुई वर्ष अगाडि नै लगाई सक्नु पर्दछ ।
  • बिरुवा रोप्ने दुरीः सामान्यतया बीजु बिरुवा हारमा एक वोट देखि अर्को वोटको दुरी ५.५ देखि ६ मिटर र कलमी बिरुवा ४–५ मीटर दुरीमा रोप्नु पर्दछ ।
  • खाडल खन्ने तथा पुर्नेः रेखाङ्कन गरी किल्ला राखेको स्थानमा १ मिटर गहिरो र १ मिटरको फराकिलो मुख हुनेगरी खाड्ल खन्नुपर्छ ।
  • बिरुवाको छनौटः बिरुवा छनौट गर्दा बेर्नाको जरा सिधा गई प्रशस्त मसिना जरा भएको, कम्तिमा एक देखि डेढ वर्ष पुगेको, उचाई कम्तिमा १.५ फिट अग्लो, तिनपाते सुन्तला रुटस्टकमा कलमी गरेको, हानिकारक रोग कीरामुक्त, संभव भए पोली ब्यागमा उमारेको, भरपर्दो नर्सरीबाट छनौट गरी बिरुवा लगाउनु पर्दछ ।
  • बिरुवा रोप्ने समयः सुन्तलाको बेर्ना लगाउने मुख्य समय आषाढ हो । तर सिंचाई, सुविधा छ भने अन्य समयमा पनि लगाउन सकिन्छ ।

एकिकृत बगैंचा व्यवस्थापनः
सुन्तला बोटको विभिन्न ५ अवस्थाहरुमा (फुल्ने, फल लाग्ने र पाउलिने अवस्था, फल वृद्धि अवस्था, फल छिप्पिने अवस्था, र फल टिपाई पछि) सिंचाई आवश्यक पर्दछ । प्रायःजसो बेसिन प्रणाली, रिङ्ग प्रणाली तथा नाली प्रणालीबाट सिंचाई गरिन्छ । सिंचाई मात्र भएर हुँदैन बगैंचाबाट पानीको निकास पनि राम्ररी हुनुपर्दछ ।

वोटको काँटछाँट तथा तालिमः वोटको भित्री भागमा आएका चोर हाँगा, बाक्ला, खप्टिएका, सुकेका, रोग लागेका र गवारोले प्वाल पारेका हाँगाहरु हटाउनु पर्दछ ।

फल छाँट्नेः सुन्तलाको बोटमा चिचिला १०–१५ मि.मि. आकारको भएपछि इथेफोन १५० देखि ३०० मि.ग्रा. प्रति लिटर पानीमा मिसाइ छर्दा फलको संख्या घटाउन सकिन्छ ।


एकिकृत रोग तथा कीरा व्यवस्थापनः

  • गमोसिसस् 
    लक्षण: रोग लागेको वोटको हाँगाबाट गम निस्कने, बोक्रा खैरो र ठाडो चिरा परेका हुने, बढी गम निस्केमा बोक्रा कुहिने र पुरै वोट सुकेर मर्ने हुन्छ ।
    व्यवस्थापन: लक्षण रोग सहन सक्ने रुटस्टक प्रयोग गर्ने । वोटको नजिकैबाट माटो हटाउने खासगरी हिलो माटो वोटमा टाँसिन नदिने, पानी जम्ने ठाउँमा निकासको व्यवस्था गर्ने । वोटको फेदमा बोर्डो पेष्ट लगाउने ।
  • क्यान्कर
    लक्षण: पात, हाँगाबिँगा, फल, काँडा आदि सबै भागमा, केही उठेका, खस्रा, खैरो–खैरो खालको दागहरुको रुपमा विकसित हुन्छन् ।
    व्यवस्थापन: रोगी हाँगाविँगा वर्षा शुरु हुनु भन्दा पहिले नै काटी हटाउनु पर्छ, बोर्डो मिश्रण वा एग्रोमाइसिन वा स्ट्रेप्टोसाइक्लिन छर्नु पर्दछ ।
  • सिट्रस ग्रीनिङ्गस् 
    लक्षण: पातको बीचको नसा तथा पातको अन्य भागमा फैलिएका नसाहरु पहेँलो भै देखा पर्ने, नसाको बीचमा पनि पहँेलोपन फैलिँदै जाने अन्त्यमा पुरै पात पहेँलो भै झर्ने लक्षण देखिन्छ ।
    व्यवस्थापन: सिट्रस सिल्ला कीराको नियन्त्रण गर्ने, सुन्तलाको बेर्ना १३०० मीटर भन्दा बढी उचाइको नर्सरीको प्रयोग गर्ने, एन्टिबायोटिक्स टेट्रासाइक्लीन ०.०५ प्रतिशत छनु पर्दछ ।

मुख्य कीराहरु

  • सिट्रस सिल्ला

नर्सरी १३०० मीटर भन्दा माथिको उचाईमा राख्ने, कामिनीको वोटहरु नष्ट गर्ने, बगैचाको सरसफाई गर्ने, बिरुवा ओसार पसार गर्दा कडाई गर्ने, स्त्री स्वभावका खपटे तथा माकुरा जस्ता कीराको संरक्षण गर्ने, यो कीरा मार्न मालाथियन वा क्लोरीपाइरिफस जस्ता विषादी १ देखि १.५ मि.लि.प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ ।

  • पतेरो

वरिपरी सफा राख्ने, पतेरोको फुल टिपी नष्ट गर्ने, कीरा समात्ने जालीबाट कीरा संकलन गरी मार्ने, ठाउँ–ठाउँमा डर्टी ट्राप राखी पासोमा पारेर मार्ने, रसायनिक विषादीमा क्लोरोपाइरिफस वा रोगर १ मि.लि. प्रति लिटर पानीमा मिसाई आसपासका सबै बगैंचाधनीले एकै पटक छर्कनु पर्दछ ।

  • सेतो झिङा

व्यवस्थापनः बगैचा सरसफाइ गर्ने, ब्यूभेरिया नामक जैविक ढुसीको प्रयोग गर्ने, पाराथियोन नामक रसायनिक विषादि ३ मि.लि. प्रति लिटर पानीमा मिसाई छनु पर्दछ । 

सुन्तला फल टिप्ने र उत्पादन

साधारणतया सुन्तलामा ७०% पहँेलो रङ्ग चढेपछि फल परिपक्व भएको मानिन्छ । फूल फुलेको करिब २६५ देखि २७ दिनमा फल टिप्न लायक हुन्छ । फल टिपेर हार्भेष्टिङ्ग ब्यागमा राखी विस्तारै क्रेट वा डोकोमा खन्याउनु पर्दछ ।

पोष्ट–हार्भेष्ट प्रविधिः यस प्रविधि अन्तर्गत देहायका पक्षहरु समेटिएका ग्रेडिङ्ग, लेवलिङ्ग, प्याकेजिङ्ग र ढुवानी पर्दछन् ।

ग्रेडिङ्ग गर्नेः बजारको मागलाई मध्यनजर गर्दै टिपिएका फलहरुमध्ये फलको आकार तथा रंगको आधारमा विभिन्न समूहमा वर्गीकरण गरेर बजारको माग अनुसार बेच्नको लागि वर्गीकरण गरिन्छ यसलाई ग्रेडिङ्ग भनिन्छ । नेपालमा उत्पादित सुन्तलाको ग्रेडिङ्ग देहाय बमोजिम गरिएको छ ।

Grading.JPG

सन्दर्भ ग्रन्थ :

१. एकीकृत बाली पात्रो, कृषि विकास मन्त्रालय, सिंहदरबार, काठमाडौं |

२. सुन्तालाजात फलफूल खेती प्राविधिक पुस्तिका, राष्ट्रिय  विकास फलफूल केन्द्र, क्रितिपुर, काठमाण्डौ, आ.व. २०७६/७७ |

 

 

 

 

 

थप समाचार