नेपालमा मुख्य गरेर पराल, घाँस, स्याउला तथा अन्नका दाना आहारको रूपमा प्रयोग गरिन्छ । नेपालमा उपलब्ध पशु आहाराहरूलाई निम्न वर्गमा पर्दछन्ः
१) कृषिजन्य उप–पदार्थ
२) घाँसहरू
३) पात तथा स्याउला
४) दाना
कृषिजन्य उपपदार्थ
अन्नबालीहरूबाट उब्रिएको पदार्थलाई कृषिजन्य उप–पदार्थ भनिन्छ । जस्तैः नल, पराल, ढुटो, पिना आदि । यिनीहरूलाई सुुख्खा घाँस पनि भनिन्छ । सुख्खा घाँसहरू पौष्टिकताको दृष्टिकोणले अति कमसल हुन्छन् । यसले पशुहरूकोे पेट भर्ने काम मात्र गर्दछन् । प्रायः नल परालमा क्रुड प्रोटिन ३–४ प्रतिशत र कुल पाच्य पदार्थ ३५–४५ प्रतिशतसम्म हुन्छ । अन्नबाली वा गेडागुडीबाट प्राप्त हुने कृषिजन्य उप–पदार्थ ढुटो, पिना, चाकेर अति पोषिलो तथा शक्तिवर्धक हुन्छ । यिनीहरूमा कु्रड प्रोटिन १२–३५ प्रतिशत र कुल पाच्य प्रतिशत ६०–७० प्रतिशतसम्म हुन्छ ।
घाँसहरूः
खेतबारीमा उम्रिएका घाँसहरू, खेती गरिएका घाँसहरू, चरन खर्कमा उम्रिएका घाँसहरू पशु आहाराको प्रमुख स्रोत हो । घाँसहरू अति सुपाच्य तथा पौष्टिक हुनुका साथै अकोसे हरियो घाँसहरूमा सरदर कु्रड प्रोटिन १० प्रतिशत र कुल पाच्य पदार्थ ६० प्रतिशतसम्म हुन्छ । कोसे घाँसहरूमा क्रुड प्रोटिन २२ प्रतिशत र कुल पाच्य पदार्थ ६५ प्रतिशतसम्म हुन्छ ।
पात तथा स्याउलाः
पात र स्याउला पशु आहाराको प्रमुख स्रोत हो । पात र स्याउलाहरूले हिउँद तथा सुख्खा मौसमा हरियो घाँसका आपूर्ति गर्ने गर्दछ । पात र स्याउलाहरूको मुख्य स्रोत रोपिएको डाले घाँसको बिरुवा र जङ्गलका रुख, बिरुवाहरू हुन् । रापिएका डाले घाँसहरूको उत्पादकत्व १५–६० के.जी. सुक्खा पदार्थ प्रतिरुख भएको मानिन्छ ।
दाना
पशुहरूको सन्तुलित भरणपोषण लागि थप आहाराको रूपमा दानाको प्रयोग गरिन्छ । पशुहरूको लागि दाना बनाउँदा (अन्न, मकै, भटमास, गहुँ, जौ आदि) र अन्नको उप–पदार्थ (ढुटो, चोकर, पिना, खुदो आदि) तथा खनिज उत्पादनको लागि आवश्यक पर्ने सबै आवश्यक पौष्टिकतत्व सन्तुलित रूपमा मिसाइएको हुन्छ । पशुहरूको जात, शारीरिक अवस्था र उत्पादन क्षमताअनुसार दाना तयार गरिन्छ । कुखुरा र बङ्गुुर पालन व्यवसायमा दानाको आवश्यकता अनिवार्य हुन्छ भने गाई–भैँसी, भेडाबाख्रा पालन व्यवसायमा थप पोषण आपूर्तिका लागि दाना चाहिन्छ । गाई–भँैसीको दानामा साधारणतया कु्रड प्रोटिन १८ प्रतिशत र कुल पाच्य पदार्थ कम्तिमा ६८ प्रतिशत हुन्छ ।
हरियो घाँसलाई काटेर घाँसमा भएको चिस्यानको मात्रालाई १०–१५ प्रतिशतसम्म रहने गरी उचित तरिकाले सुकाएर राखिएको घाँसलाई हे भनिन्छ । घाँसलाई सुकाएर संरक्षण गर्नु नै हे बनाउनुको मुख्य उद्देश्य हो । घाँसलाई फुल फुल्न अगावै वा फुल लाग्ने बेलामा काट्नुपर्दछ । जै घाँसबाट सबैभन्दा राम्रो हे बनाउन सकिन्छ भने बरसिम र बोडीबाट हे बनाउन सबैभन्दा कठिन हुन्छ । सामान्यतयाः हे मा ९.६ प्रतिशत कु्रड प्रोटिन तथा ४५–५५ प्रतिशत कुल पाच्य पदार्थ हुन्छ ।
महत्त्व
घाँसहरूमा भएको पानीको मात्रालाई १० देखि १५ सम्म रहने गरी रासायनिक प्रक्रिया अर्थात ढुसी आदि बिना सुरक्षित साथ लामो समयसम्मको निम्ति भण्डार गरेर राख्ने ।
घाँसहरूमा भएको पौष्टिक तत्वहरूलाई यथोचित मात्रामा संरक्षण गरी राख्नु (वर्षाको पानीबाट नष्ट हुन नदिई र सुकेको घाँसको पातहरू कम मात्रामा नोक्सान हुनबाट बचाउनु) ।
राम्रोसँग तयार पारिएको हेले दुध उत्पादनलगायत अन्य उद्देश्यका निम्ती पालिएका पशुहरूलाई हरियो घाँसले जस्तै पौष्टिकता प्रदान गर्दछ ।
हरियो घाँस नभएको समयमा पशुहरूलाई सुख्खा चिजहरूको आवश्यक भएमा हेले ठूलो सहयोग गर्दछ ।